आजको राशिफल / वि.सं. २०७५ पौष २७ गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका…

पुरा पढ्नुहोस

अब छोराछोरीको तलब महिनैपिच्छे बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने, नगरे कारबाही

काठमाडौं । सरकारले जेष्ठ नागरिकको सुरक्षा गर्न भन्दै छोराछोरीले कमाएको तलबको निश्चित प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ । जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले स्वीकृत गरेको हो । संसदमा प्रस्ताव गरिएको विधेयकमा ‘सार्वजानिक पद धारण गरेका, स्वरोजगार र पेन्सन लिइरहेका प्रत्येक व्यक्तिले आफूले बुझ्ने तलबको वा आयको निश्चित प्रतिशत रकम प्रत्येक महिना आफ्ना बाबुआमाको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताब गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । ‘बाबुमाआ सँधै भए बाबुआमाको संयुक्त खातामा, छुट्टाछुट्टै भए व्यक्तिगत खातामा जम्मा गर्नुपर्नेछ,’ बास्कोटाले…

पुरा पढ्नुहोस

विश्वकै सर्वाधिक धनी व्यक्तिको सम्बन्ध विच्छेद

वासिङ्टन : हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ। संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन्। अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका छन्। उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन्। ‘लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,’ वक्तव्यमा भनिएको छ। एक अर्काप्रति…

पुरा पढ्नुहोस

मोदीले ल्याएकाे गरिब बाहुन र क्षेत्रीलाई आरक्षण दिने विधेयकविरुद्ध मुद्दा

एजेन्सी नयाँदिल्ली : आर्थिक विपन्नलाई १० प्रतिशत आरक्षण विधेयको विरोधमा भारतीय सर्वोच्च अदालतमा मुद्दा परेको छ।  गैरसरकारी संस्था ‘यूथ फर इक्विलिटी’ले उक्त विधेयक लागू नगर्न भन्दै मुद्दा दायर गरेको हो। आर्थिक रूपमा विपन्नलाई आरक्षण दिनु भारतीय सर्वोच्च अदालतको भावनाविपरीत भएको उसको दाबी छ।  उक्त संस्थाले आर्थिक आधारमा नभई जातीय, धार्मिक, लैंगिक आधारमा आरक्षण हुनुपर्ने जिकिर गरेको छ। गरिब बाहुन, क्षेत्रीले पनि रोजगार र शैक्षिक संस्थामा १० प्रतिशत आरक्षण दिने विधेयक प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले प्रस्ताव गरेको थियो। उक्त विधेयक मंगलवार लोकसभा र बुधवार राज्यसभाबाट पारित भएको थियो। दुवै सदनबाट पास भएपछि…

पुरा पढ्नुहोस

नेपाल-जापान श्रम सम्झौता काठमाडौंमा हुने

काठमाडौं : नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ। नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार गरेको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराएका हुन्। सो अवसरमा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त भएको थियो। उनले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीसँगको भेटमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि…

पुरा पढ्नुहोस

यी ३ राशि भएका केटाहरुसँग धेरै आकर्षित हुन्छन् युवतीहरु

काठमाडौ । ज्योतिशी शास्त्र अनुसार १२ वटा राशीहरुमध्ये केही राशीहरु सगँ मात्रै युवतीको आकर्षण हुने बताउछन् । किनभने हरेक राशीहरुको आ आफ्नै छुट्टै किसिमको प्रभाव हुन्छ । कोही मानिसहरु प्रेम भनेपछि घृणा गर्ने हुन्छन् । भने कोही छिट्टै प्रेममा आकर्षित हुन्छन् ।त्यसैगरी कोही युवाहरु राम्री युवती देख्ने बित्तिकै आफ्नो प्रेममा पार्न खोज्छन् । तर यी ३ राशी भएका पुरुषहरुप्रति महिला धेरै आकर्षित हुन्छन् । हेरौ कुन कुन हुन् ? पहिलो सिंह राशी ,,यो राशी हुने पुरुषहरु धेरै रमाइला , सधै खुसी हुने र आफ्नो प्रेमीलाई धेरै माया गर्ने भएकाले युवतीहरु…

पुरा पढ्नुहोस

दरबार हत्याकाण्ड अघि र पछि कहाँ, के गर्दै थिए ज्ञानेन्द्र ?

१८ जेठ ०५८ को मध्याह्न । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह भतिज नीराजनका साथ चितवनको सौराहामा थिए । ज्ञानेन्द्रको मोबाइलमा युवराज दीपेन्द्रको फोन आयो । दीपेन्द्रले १९ गते शुक्रबारको भोजमा उपस्थित हुन काका ज्ञानेन्द्रलाई अनुरोध गरे । युवराजको यो अनुरोध शाही परम्पराअनुसार आदेशबराबर थियो । नाताले काका भए पनि शाही मर्यादामा युवराजको अनुरोध अधिराजकुमारले नकार्ने परम्परा दरबारमा थिएन । तर, नीराजनलाई १९ गते बिहान हेलिकप्टरबाट काठमाडौं पठाएर ज्ञानेन्द्र पोखरातर्फ लागे । १९ गते राति नै नारायणहिटी हत्याकाण्ड भयो, राजा वीरेन्द्रको वंश नै विनाश भयो । अधिराजकुमार ज्ञानेन्द्र भोलिपल्ट बिहान १० बजे…

पुरा पढ्नुहोस

पृथ्वी जयन्तीको अवसरमा नेपालगञ्जमा सार्वजनिक बिदा दिने निर्णय

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा नगर कार्यपालिका, वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।  नेपाल कम्युनिष्ट पार्टीको गम्भीर असहमतिका बाबजुद पृथ्वी जयन्तीमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राप्रपाबाट निर्वाचित मेयर डा. धवल शमशेर राणाले बिहीबार भएको कार्यपालिका बैठकबाट नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको समर्थनमा बहुमतका आधारमा बिदा दिने निर्णय गराउनुभएको हो । ३३ सदस्यीय नगर कार्यपालिका बोर्डमा नेकपाका सबैभन्दा बढी १२…

पुरा पढ्नुहोस

पक्ष र विपक्षमा बाडिएको डा. केसीको अहिलेको अनशन ?

काठमाडौं, २६ पुस । डा. गोविन्द केसीले बुधबारदेखि इलाममा थालेको १६ औं पटकको अनशन पक्ष र विपक्षमा विवादीत जस्तो देखिन थालेको छ । खासगरी डा. केसीले अनशन अघि दिएको अभिव्यक्तिका आधारमा सामाजिक सञ्जालमा यस्तो विवाद देखिएको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले विधेयक पास गरेपछि आफ्ना माग सम्बोधन नभएको भन्दै केसी अनशनमा छन् । केसीका केही समर्थकहरू उनी भन्दा पनि उनले उठाएका मुद्दा सम्बोधनका पक्षमा उभिएका छन् । उनले प्रधानमन्त्री केपी ओली र सत्तारूढ दल नेकपाका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डविरुद्ध चर्को अभिव्यक्ति दिएका थिए । फेसबुकमा राधिका…

पुरा पढ्नुहोस

राजतन्त्र फर्कने सपना नदेखे हुन्छ : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ । दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन् ।” प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै…

पुरा पढ्नुहोस