‘गली ब्वाइ’मा रणवीर र आलियाको कथा

चलचित्र ‘सिम्बा’ले बक्स अफिसमा २ सय करोडको कमाई गरिसकेको छ । योसँगै बलिउडमा नायक रणवीर सिंहको राज चल्न थालेको देखिन्छ । रणवीरको यो चलचित्र रिलिज भएको साढे २ महिनापछि अर्को नयाँ चलचित्र रिलिज हुँदैछ । उनी अभिनित चलचित्र ‘गली ब्वाइ’ फ्रेवुअरी १४ बाट रिलिज हुँदैछ । यो चलचित्रको आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एउटा गल्लीमा भौतारिने यूवाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा रणवीर सिंह र नायिका आलिया भट्टको मुख्य भूमिका छ । जोया अख्तरले निर्देशन गरेको यो चलचित्रलाई एक्सल इन्टरटेन्मेन्ट र टाइगर बेबीको ब्यानरमा निर्माण गरिएको हो…

पुरा पढ्नुहोस

कम्युनिस्ट नेता जसको शव नेपाल ल्याउन दिइएन

जयगोविन्द साह नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रज नेताको नाम हो । वि.सं. १९७६ सालमा सिरहा जेलमा जन्मिएका साहको बाल्यकाल अत्यन्त कठिनाइपूर्वक बित्यो । पिता मिश्री साह र माता जगतकुमारी प्रेमका कारण जेल परेका थिए । जेल पर्दा गर्भवती रहेकी उनकी माताले उनलाई त्यही जन्म दिएकी हुन् । जयगोविन्द चार वर्षको उमेर भएपछि उनकी माता जेल सजाय भुक्तान गरी रिहा हुँदा साह पनि खुल्ला आकाशमा आइपुगे । जेलको बन्द कोठरीबाट खुला आकाशमा आएको एउटा बालकमाथि एकाएक अनेक समस्या आए । बाल्यकालमा अर्काका भैंसी चराउने काम गर्दागर्दै पढ्न सिके, सङ्गीत सिके, रामलीला समूहमा…

पुरा पढ्नुहोस

पोखरेलको ‘कति राम्री’ एल्बम सार्वजनिक

काठमाडौँ : ईश्वर पोखरेल (अविरल) काे ‘कति राम्री’ गीती एल्बम  सार्वजनिक भएकाे छ। उनले अस्ट्रेलियामा नै करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड  गराईकसकेका छन्। दुईवटा सोलो एल्बम  ‘शीतल’ र ‘अराइज’ पनि अस्ट्रेलियामा नै सार्वजनिक गरेका थिए। अस्ट्रेलियाबाट सामुहिक गीती एल्बम ‘उडान’ २ वर्षअघि रिजिल गरेका थिए। उनी विदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका छन्। ‘केही गीतहरु (रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोच्छाै होला, कति बज्यो भनेर सोधम कि?) आदि दर्शक स्रोताले मनपराएका हुनाले उनलाई नयाँ एल्बम निकाल्ने रहर जागेको उनी…

पुरा पढ्नुहोस

राष्ट्रियसभा बैठक : काँग्रेसले माग्यो मन्त्री अधिकारीको राजीनामा

काठमाडौं– नेपाली काँग्रेसले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।  राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्यहरुले वाईडबडी विमान खरिद प्रकरणमा भएको र्आिर्थक अनियमितताको नैतिक जिम्मेवारी लिँदै विभागीय मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले विभागीय मन्त्रीले राजीनामा गरेर भ्रष्टाचार छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनुपर्ने बताएका हुन् । उनले २ सय ४२ मेट्रिकटन तौलको विमान ल्याउनुपर्नेमा २ सय ३० मेट्रिक टन तौलको मात्रै विमान खरिद गरेर सिधा–सिधा भ्रष्टाचार गरिएको भन्दै वाईडबडी विमान खरिद प्रकरणमा…

पुरा पढ्नुहोस

नेपाल को ‘क’ बर्गका बैंकलाई लक्षित गर्दै साइबर हमला जारी, ह्यकर्हरुले पठाय एस्तो इ-मेल

नेपाल को क बर्ग का बैंकलाई लक्षित गर्दै साइबर हमला भएको छ l बिगत केहि दिन देखी नेपाल राष्ट्र बैन्क को सिस्टम ह्यक गरी ह्यकर ले बिभिन्न बैन्क तथा बित्तिय सस्था संग सम्बन्धित ब्यक्तीहरु लाई भाइरस (माल्वेर) सहित को इ-मेल पठाइ रहेका छन् l तपाईंले वा तपाईंको सस्था ले कुनै एस्तो इ-मेल प्राप्त गर्नु भएको छ भने होसियार हुनुहोला, यो सँग आएका कुनै पनि लिन्क व फाइल लाई नखोल्नु होला यदी खोल्नु भएमा तपाईंको पूर्ण जान्कारी र नियन्त्रन उनिहरुको हात मा सजिलै जने छ जस्को कारणले तपाईंको खातामा भएको रकम…

पुरा पढ्नुहोस

आफूसँग भएको सहमति सरकारले तोडेको डा. केसीको आरोप, बस्लान त १५ औं अनसन !

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले आफूसँग भएको सहमति तोडेर सरकारले धोका दिएको आरोप लगाएतका छन् । नेकपाको बहुमतका आधारमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पारित गर्नुलाई केसीले धोका भनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आफ्नो १५ औं अनसनका क्रममा भएका सहमति विपरीत सरकारले ऐन बनाउन लागेको केसीको आरोप छ । प्रधानमन्त्रीले इमान्दारिता नदेखाएको र दुई तिहाइको दुरुपयोग गरेको भन्दै केसीले माफिया र दलाल पोस्ने कानूनविरुद्ध थप संघर्ष गर्ने आजै चार बजेबाट अनसन बस्न लागेको जानकारी पनि दिए । केसीले इलाममा अनसन बस्ने तयारी…

पुरा पढ्नुहोस

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो – राष्ट्रपति ट्रम्प

वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताउनुभएको छ । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । अमेरिकी संसदले पर्खाल निर्माण कार्य “अनावश्यक र बढी खर्चिलो” भन्दै राष्ट्रपति ट्रम्पले माग गर्नुभएको करिब ६ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ । राष्ट्रपतिले बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राख्नुभएको छ । संसद र राष्ट्रपतिका अडानका कारण विगत…

पुरा पढ्नुहोस

राकेश रोशनलाई क्यान्सर, ऋतिकले भने–‘सर्जरी राम्रो भयो’

नायक ऋतिक रोशनका पिता निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको र सर्जरी समेत गरिएको जानकारी ऋतिकले ट्विटरको माध्यमबाट दिएका छन् । ऋतिकले ट्विट गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गरेर राकेशको शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए । ऋतिकले मोदीको ट्विटमा जवाफ दिदै पिताको सर्जरी राम्रो भएको उल्लेख गरेका छन् । राकेशको घाटीमा क्यान्सर भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राकेशका भाई राजेश रोशनले पनि अहिले स्वास्थ्य स्थिती राम्रो रहेको बताएका छन् । उनले केही दिनमा नै राकेशलाई अस्पतालबाट डिस्चार्ज मिल्ने उल्लेख गरेका छन्…

पुरा पढ्नुहोस

काठमाडौँ उपत्यकामा बढ्यो तापक्रम

काठमाडौँ– काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । ‘माघ महिना आउन बाँकी नै रहेकाले उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ’ उनले भने । उच्च हिमाली भेगका कही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

पुरा पढ्नुहोस

अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी डेढ करोड ठगी गर्ने युवक पक्राउ

२५ पुस, काठमाडौं । अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकोछ । मंगलबार पक्राउ परेका पाल्पा रिब्दीकोट गाउँपालिका ३ का निश्चल भन्ने  गणेश ढकालले २५/३० जना मानिसलाई अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस