आजको राशिफल / वि.सं. २०७५ पौष २४ गते मङ्गलबार

आज वि.सं. २०७५ पौष २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी ०८ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पौष शुक्लपक्षको द्वितीया तिथि, बिहान १०:०५ बजेसम्म, त्यसपछि तृतीया तिथि, श्रवण नक्षत्र, बेलुका १०:१७ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, आजको चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), वज्र योग, मध्यरात्रीपछि ०३:४० बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा कौलव करण बिहान १०:०५ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपूर्व ११:११ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो…

पुरा पढ्नुहोस

कोरियाबाट फर्केर बाख्रा पालनबाट लाखौ आम्दानी गर्छन भीमप्रसाद !

बलेवा, २३ पुस – पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो । कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो । उहाँले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाल्नुभयो । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आउनुभएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उहाँले १० बाख्रबाट बाख्रापालन थाल्नुभएको…

पुरा पढ्नुहोस

विवादास्पद राजदूत शेर्पा बर्खास्त, आफ्नै सहयोगीले डुबाए

काठमाडौं– सरकारले अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो । छानबिन समितिले उनलाई राजदूतमा निरन्तरता दिन नसकिने ठहरसहितको प्रतिवेदन बुझाएपछि उनी बर्खास्तीमा परेकी हुन् । यद्यपी बर्खास्तीमा पर्ने थाहा पाएसँगै आफ्नो पद जोगाउनको लागि तीब्र दौडधूप गरेपनि त्यो फलदायी हुन सकेन । शेर्पामाथि…

पुरा पढ्नुहोस

आवश्यक बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिबेशन सम्पन्न

२३ पुस, बुुटवल । श्री आवश्यक बचत तथा ऋण सहकारी संस्था बुटवलको छैठौ साधारण सभा तथा दोस्रो अधिवेसन बुटवलमा सम्पन्न भएको छ । अधिवेसन बाट आगामी कार्यकालको लागि पुनः नुरुद्दिन शाहको अध्क्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ गठन भएको कार्यसमितिको उपाध्यक्षमा पवन कुमार अग्रहरी, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा मुकेश कुमार वर्णवाल चयन भएका छन् ।यस्तै सदस्यहरुमा पारसनाथ कहारी, मनोज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राज कुमार गुप्ता, वेदना राई, हुस्ना वानु चयन भएका छन् । यस्तै विष्णु बहादुर खत्री संयोजकत्व रहेको लेखा समितिको सदस्यहरुमा रिम बहादुर सारु र लक्ष्मण गौतम…

पुरा पढ्नुहोस

बुटवल प्रहरीको नियन्त्रणमा लागूऔषध प्रयोगकर्ता

२३ पुस, बुटवल । २१ बर्षकी सुनिता खड्का पढ्नकै लागी भनेर स्याङ्जा वालिङबाट ६ बर्ष अगाडी बुटवल आएकी सुनिता खड्का र खोटाङबाट रुपन्देही बस्दै आएकी २४ बर्षिया ममता राईलाई पुष ९ गते विहान बुटवलको बसपार्क नजिकैबाट लागू औषधसेवन गरेर लठ्ठ भएको अवस्थामा समातिए । उनीहरुसँग नुफिन१८, डाईजेपाम १८, फेनरागन १८ एम्पुल्स औषधी समेत थियो । सोही दिन बुटवल १०, औद्योगिक क्षेत्रमा चेकजाचँ गर्दा लु ३९ प ८२५ नम्बरको स्कुटीमा सलिना थापा क्षेत्री र २३ बर्षकी सना कुँवरको साथबाट १३ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित समातियो । विदेश जाने तयारीमा रहेका…

पुरा पढ्नुहोस

म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्छु, ओली र प्रचण्डले मलाई समर्थन गर्नुपर्छ : श्रृंखला खतिवडा (भिडियो)

म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्छु, ओली र प्रचण्डले मलाई समर्थन गर्नुपर्छ : श्रृंखला खतिवडा (भिडियो) Kathmandu, 7th Jan: The Miss Nepal 2018, Shrinkhala Khatiwada is a smooth speaker. Apart from being an architect, she is a poet and a writer. She is in control when she speaks. It can be clearly seen in the following interview video of the beauty with brain. In the following interview, Shrinkhala has clearly stated that she is not interested in acting or modelling. As she is an architect she is going to work in…

पुरा पढ्नुहोस

सरकारद्वारा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख ‘बर्खास्त’

पुस २३, २०७५ काठमाडौं– सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । स्रोतका अनुसार उनको ठाउँमा गणेश अधिकारीलाई नियुक्त गरिएको छ । उनले सोमबार राती नै पदभार ग्रहण गरिसकेका छन् । यसअघि अनुसन्धान विभागका प्रमुखको कार्यकाल ४ वर्षको रहेकोमा सरकारले कार्यकाल तीन वर्षमा सीमित गर्दै उनलाई पदमुक्त गरिदिएको स्रोतको भनाई छ । रेग्मी ०७२ जेठमा अनुसन्धान प्रमुखमा नियुक्त भएका थिए । काँग्रेस नेतृत्वको तत्कालीन सरकारले पर्वतका उनलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको थियाे…

पुरा पढ्नुहोस

रोल्पाको जुतुङखोलामा बस दुर्घटना : २ जनाको मृत्यु, २३ घाइते

रोल्पा – रोल्पाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बा १ ख ५५२१ नम्बरको बस जुतुङखोलाको उकालो घुम्तीमा चिप्लिएर दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका २४ वर्षीय चालक नवराज आले र लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाका ११ महिने बालक नितेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा ३० जना सवार रहेकोमा अन्य २३ जना घाइते भएको र तीमध्ये २ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक…

पुरा पढ्नुहोस

आफू भन्दा कम उमेर भएकासँग विवाह गर्ने बलिउड नायिका यी हुन्

एजेन्सी, बलिउडका स्टारहरु सधै जमाना अर्थात् समयभन्दा अगाडी हुन्छन् । हिन्दि सिनेमाका चर्चित अभिनेत्रीहरुले मायामा उमेरको प्रवाह न पहिले गरे न अब गर्न चाहन्छन्। उनीहरुले मायाको मामिलामा धेरै नियमहरु ब्रेक गरे। केहि यस्ता अभिनेत्रीहरु छन् जसले आफ्नो उमेरभन्दा कम उमेरको व्यक्तिसँग विवाह गरे। जसले उमेरको बन्धन तोडेर आफ्नो उमेर भन्दा कान्छोसंग नाता जोडे। १. नेहा धूपिया: अभिनेत्री नेहा धुपियाले अंगद बेदीसंग विवाह गरेकी छिन्। ३७ वर्षकी नेहाले आफ्नो उमेरभन्दा २ वर्ष कान्छो अंगद बेदीलाई श्रीमान बनाईन्। नेहा र अंगदले दिल्लीको गुरुद्वारमा गोप्य विवाह गरेका हुन् । विवाहपश्चात दुवैले सामाजिक संजालमा…

पुरा पढ्नुहोस