आजको राशिफल / वि.सं. २०७५ पौष २३ गते सोमबार

वि.सं. २०७५ पौष २३ गते सोमबार तदनुसार ई. सं. २०१९ जनवरी ०७ तारिख, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, आजको मूहुर्त : अग्निवास(होमादि), शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, पौष शुक्लपक्षको प्रतिपदा तिथि, बिहान ०८:०२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, उत्तराषाढा नक्षत्र, बेलुका ०७:४५ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, आजको चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), हर्षण योग, मध्यरात्रीपछि ०३:११ बजेसम्म, त्यसपछि वज्र योग, सुरुमा बब करण बिहान ०८:०२ बजेसम्म, त्यसपछि बालब करण बेलुका ०९:०५ बजेसम्म, अन्तिममा कौलव करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, आजको…

पुरा पढ्नुहोस

कंसाकारलाई कालोमोसो दल्ने वैद्यका कार्यकर्ता पक्राउ

काठमाडौं, २२ पुुस । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शुक्रबार नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंशाकारलाई कालोमोसो दल्ने मोहन वैद्यको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्ता पक्राउ गरेको छ । क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ बर्षिय सुरेश तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरिएको महाशाखा प्रमूख धीरजप्रताप सिंहले जानकारी दिए । वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर कालोमोसो दलेका थिए । कंसाकारले भने चन्दा रकम नदिए पनि आफूमाथि कालोमोसो दलिएको प्रतिक्रिया दिएका थिए ।

पुरा पढ्नुहोस

काँग्रेसले सरकारको लोकप्रियता देख्न नसकेर दुष्प्रचार गर्यो : माधव नेपाल

जनकपुर–नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको दुष्प्रचार गर्न लागिपरेको आरोप लगाएका छन् । वर्तमान सरकारको लोकप्रियता देख्न नसकेकेर प्रमुख प्रतिपक्षी दल काँग्रेसमा हतास र निरासाको प्रवृति बढेको भन्दै उनले दुष्प्रचारबाट बच्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । आइतवार जनकपुरमा नेकपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विरोधीहरुले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउने दुष्प्रचार गेरेको दावी गरे । नेता नेताले कार्यकर्ताहरुलाई दृढताकासाथ सरकारलाई बचाउ गर्न पनि आह्वान गरे । ‘वर्तमान सरकारको काममा केही कमिकमजोरी हुन सक्छ तर सरकारकारको नियतमा बेइमानी छैन…

पुरा पढ्नुहोस

प्रचण्डलाई रुपन्देहीका पत्रकारहरुको ज्ञापन

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका बिभिन्न ब्यक्तित्वहरुको एक समूहले नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । सञ्चार उद्योग, प्रकाशक, सम्पादक, संवाददाता र मिडियामा कार्यरत कर्मचारीहरुको पेसागत सुरक्षा, विश्वसनीयता, आत्मविश्वास र समृद्धिका विषयमा सरकार र जिम्मेवार राजनीतिक दलहरु गम्भिर हुनुपर्ने उल्लेख गर्दै बुटवलमा सो समूहले प्रचण्डलाई भेट गरी आइतबार ज्ञापन पत्र बुझाएको हो । दैनिक पत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक एवं पब्लिसर्स एशोसियसन अफ नेपाल(पान)का अध्यक्ष बालकृष्ण चापागाईंको नेतृत्वमा नेपाल पत्रकार…

पुरा पढ्नुहोस

“सिधा कुरा जनतासंग हैन, सिधाकुरा श्रीमतीहरुसंग चलाउ”

काठमाडौं। पछिल्लो समय चर्चित पत्रकार रवि लामिछानेको समाचारले बनखाएको छ । उनले हालै २४ वर्षलामो वैवाहिक सम्बन्ध टुङ्गयाउँदै चलचित्र विकाश वोर्डकी अध्यक्ष निकिता संग लगन गाँठो कस्ने तयारी गरेका छन् । हालसालै उनकी पूर्व पत्नीले रविका सबै कर्तुत सार्वजनिक गरिदिने भन्दै केहि पत्रकार डाकेको चाल पाए पछि रवि आफैले सबै कुरा खोलेका छन् । यसै बिच रवि आलोचित पनि बनेका छ । खरो रुपमा प्रस्तुत हने रविको यो भित्री कुराको धेरैले विरोध गरेका छन् । टुइटरमा लोकप्रिय डा. एलिया अर्यालले पनि उनलाई व्यांग गर्दै लेखेकी छिन् ‘रवि अब सिधा कुरा…

पुरा पढ्नुहोस

कानुनको ज्ञान नभएकाहरुले सपथ रोकेः दीपक मनाङे

२२ पुस, पोखरा । जेलबाट छुटे लगतै सपथका लागि गण्डकी प्रदेश सचिवालयमा निवेदन दिएका दीपक मनाङे भनिने राजीव गुरुङलाई रेशम चौधरीको सपथले राहत दियो । फौजदारी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीलाई सिंहदरबार ल्याएर सपथ खुवाइयो र फेरि त्यही लगियो । यसले जेलबाट छुटेका मनाङले पनि सपथ लिएर प्रदेशसभामा जाने सपना देखेका थिए । तर, त्यो हुन सकेन । सभामुखले प्रदेश न्यायाधिवक्ता लगायत कानुनविद्सँग छलफल गरे । हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन सदनको कार्यसूची तयार पार्न बोलाइएको बैठकमा छलफल भयो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान,…

पुरा पढ्नुहोस

नयाँ क्रान्तिको शुरुआत भयो : प्रचण्ड

बुटवल / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताउनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उहाँले यस अवसरलाई खेर पाल्न नहुने बताउनुभयो । वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आज बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाउनुभयो…

पुरा पढ्नुहोस

नेपालमा ठूलादरका भारु नोटको प्रतिबन्ध हटाउने तयारी, एक महिना पनि टिकेन निर्णय

काठमाडौँ । नेपालमा भारतीय ठूला दरका नोट नचलाउने निर्णय गरेको एक महिनापछि आफ्नै निर्णयबाट पछि हट्ने प्रक्रियामा नेपाल अघि बढेको छ । नेपालसँग भएका पुराना भारतीय ठूला दरका नोट चलाउन भारत सरकारले चासो नदिएको भन्दै नेपालमा ठूला दरका नयाँ नोट प्रतिबन्ध गर्ने निर्णय मन्त्रिरिषदले गत मंसिर २४ गतेगरेको थियो । यता, नेपाल राष्ट्र बैंकले रिजर्व बैंक अफ इण्डियालाई  (आरबीआइ)  ठूला नोट सटहीको प्रस्ताव गरेर शुक्रबार (पुस २०) पत्र पठाएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले गत शुक्रबार गर्भनर मार्फत आरबीआइलाई पत्र पठाएको जानकारी दिए ।…

पुरा पढ्नुहोस

पूजालाइ करिअरमा साथ दिदै अक्षय

नायक अक्षय कुमार र निर्देशक रोहित सेट्टी पहिलो पटक एकसाथ काम गर्दैछन् । रोहितले निर्देशन गर्न लागेको चलचित्र ‘सूर्यवंशी’मा अक्षय कुमार मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन अप्रिलबाट सुरु हुँदैछ । चलचित्रलाई यही बर्षको अन्त्यमा रिलिज गर्ने तयारीमा रोहित छन् । रोहितले निर्देशन गरेको ‘सिम्बा’ चलचित्रले बक्स अफिसमा धुम मच्चाइरहेको छ । यो चलचित्रको घोषणा भैसँगै फ्यानहरु अक्षयको जोडीको रुपमा कुन नायिका हुनेछिन् भन्ने प्रतिक्षामा छन् । चलचित्रमा नायिकाको भूमिका खासै लामो छैन । चलचित्रमा नायिकाको भूमिका १५ देखि २० मिनेट मात्र हुने वुझिएको छ । नायक अक्षय कुमारले…

पुरा पढ्नुहोस

राजा वीरेन्द्रले आफ्ना छोरा निराजनलाई किनिदिएको जग्गा किन घट्दै छ ?

भक्तपुर : भक्तपुर नगरपालिका- १ सल्लाघारीस्थित ‘९९ रोपनी’ नामले प्रसिद्ध नेपाल ट्रस्टको नाउँमा रहेको जग्गाजमिन निरन्तर खुम्चिँदै आएको छ। तत्कालीन राजा वीरेन्द्रले आफ्ना कान्छा छोरा निराजनको नाउँमा स्थानीय जनताको १३२ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरी खरिद गरेका थिए। तर अहिले उक्त जग्गा खुम्चिँदै खुम्चिँदै १०६ रोपनीमा पुगेको छ। पछिल्लो समय भक्तपुर नगरपालिकाले उक्त जग्गा संरक्षणका लागि पर्खाल बनाउन नापजाँच गर्दा उक्त जग्गाको क्षेत्रफल १०६ रोपनी चार आना तीन पैसा दुई दाम मात्रै देखिएको हो। तर नेपाल ट्रस्टको रेकर्डमा १०८ रोपनी दुई आना एक पैसा रहेको छ। साविक कटुञ्जे गाविसको ९ ख का…

पुरा पढ्नुहोस