आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष २१ गते शुक्रबार

वि.सं. २०७५ मार्गशीर्ष २१ गते शुक्रबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, मार्गशीर्ष कृष्णपक्षको  अमावस्या तिथि, दिउँसो १२:३३ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, ज्येष्ठा नक्षत्र, मध्यरात्रीपछि ०६:२४ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, मध्यरात्रीपछि ०६:२४ बजेसम्म, त्यसपछि धनु राशिमा,  धृति…

पुरा पढ्नुहोस

के अब प्रचण्ड प्रधानमन्त्री बन्दैछन् ? माधव नेपालसँगको अन्तरवार्ता (भिडियो)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा कहाँबाट आयो भन्दै पत्रकार प्रश्न गरेका छन् । प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा  कुरा गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । नेता नेपालले अहिले प्रचण्ड प्रधानमन्त्री कुनै सम्भावना नरहेको जिकिर समेत गरेका छन् । त्यस्तै उनले प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा आफूसँग खासै छलफल र सहमति नखोजेको पनि गुनासो पोखे । उनले भने,‘मेरो सहमतिअनुसार प्रदेश कमिटी चयन हुनुपर्दछ ।’ 

पुरा पढ्नुहोस

इन्स्टाग्राममा सवैभन्दा धेरै मोदीका ‘फलोअर्स’

नयाँ दिल्ली / तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ । इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो । संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ । मोदीपछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो रहनु भएको छ भने तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको ‘इन्डीया टुडे’ ले लेखेको छ । पोप फ्रान्सिस, जोर्डनकी रानी रानीया…

पुरा पढ्नुहोस

फिल्म ‘जिस्म २’ छायांकन हुदै, अर्चना पनेरूलाई पछि पार्ने सिन दिदै रेजिना ( तस्विरहरू सहित)

काठमाडौ/ चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को यति बेला धमाधम छायांकन भई रहेको छ । चलचित्रको छायांकन पोखरामा भइ रहेको छ । चलचित्र ‘जिस्म’को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यसको चर्चा चलचित्र नगरीमा एकदमै भएको थियो । ‘जिस्म २’लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाइ निर्देशक सुचिन्द्र परियारले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशकबाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए । सुरज कुँवरले…

पुरा पढ्नुहोस

हत्याकाण्डमा हतियार उपलब्ध गराएको भनिएकी माया ५ लाख धरौटी तिरेर रिहा

मंसिर २०, २०७५ काठमाडौं– गुन्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन (बस्नेत) ५ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा आफ्ना पति समीरमानलाई सघाएको प्रमाण फेला परेको भन्दै मायालाई प्रहरीले पक्राउ गरेको थियो । मायालाई महानगरीय प्रहरी परिसर काठमाडौंले गत कात्तिक १८ गते काठमाडौंको ठूलो भर्याङबाट पक्राउ गरेको थियो । जेलमा रहेका पति समीरमानको निर्देशनमा दोस्रो हत्याकाण्डको योजना बनाइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको थियो । तर, बिहीवार जिल्ला अदालत काठमाडौंले मायालाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ ।…

पुरा पढ्नुहोस

साउदी अरबमा काम गर्ने नेपालीका लागि आयो यस्तो खबर, रियादस्थित नेपाली दूतावासले पनि गर्यो यस्तो आग्रह !

काठमाडौँ, २० मङ्सिर – साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ । करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महीनाअगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनःप्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । दूतावासले श्रमिकको समस्या समाधानका लागि साउदी अरबको कानूनबमोजिम कामदार र रोजगारदाताबीच सहमति गराउने तथा श्रम अदालतमा…

पुरा पढ्नुहोस

सर्वेन्द्र खनाल आफैं निर्मलाका दोषी खोज्न जुटेपछि रातारात चमत्कार, कन्चनपुरबाट दुई जनालाई काठमाडौं झिकाइयो (भिडियो सहित)

धेरै लामो समय देखि १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले सडक देखि सदन सम्म यो बिषयलाइ लिएर तताइरहेको छ । सडक सडकमा निर्मलाको न्यायको लगी आवाज मात्र सुनिएको छ । देशका विभिन्न छापा मिडियाहरुमा पनि यो सँग सम्बिन्धित विभिन्न बहस तथा समाचारहरुले निकै ठूलो ठाँऊ लिइरहेका छनु । लामो समय सम्म पनि निर्मला पन्तको बलात्कार पछि हत्याको दोषि पत्ता नलाग्दा वर्तमान केपि ओली सरकारको निकै आलोचना पनि भइरहेको छ । त्यसै क्रममा विभिन्न व्यक्तिहरुको अनुसन्धानको दायरामा आए त पनि ठोस प्रमाण नभेट्दा उनीहरुलाई रिहा पनि गरियो…

पुरा पढ्नुहोस

कैलीलीकी पूजाले किन कलेजको छतबाट हामफालिन् ? प्रेम कि तनाब

काठमाडौं । घर कञ्चनपुर–बेलौरी । १७ वर्षीया पूजा चौधरी । क्याम्पसको हाफ छुट्टी हुन करिब ५ मिनेट बाँकी थियो । समय १ बजेर ४० मिनेट बितेको थियो । विद्यार्थी क्याम्पसको चौरमा रमाइलो गफमा थिए । पूजा एक्लै छतमा थिइन् । तर, अरु दिन जस्तो उनको अनुहारमा कान्ति थिएन । लाग्थ्यो उनी निकै दुःखी छिन् । साथीहरुले सधैँझै देखेका थिए उनलाई । सोध्ने कुरै भएन के भइरहेको छ पूजालाई ! साथीहरु गफमै थिए । पूजा भने हाम फाल्नका निम्ति तयार भइसकेकी रहिछन् । एकजना छात्र कराए पूजा पूजा…. तर उनले फर्केर…

पुरा पढ्नुहोस

न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने, कामदारको हितमा अगाडी बढ्दै मन्त्री बिष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन् । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्र्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए । उनले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त योजनामा सहभागी गराइने बताए । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिँदै उनले ती क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षाले समेट्ने…

पुरा पढ्नुहोस

सरकारविरुद्ध पूर्वाग्रही ढंगले नकारात्मक प्रचार गरियोः अध्यक्ष दाहाल

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध पूर्वाग्रही ढंगले नकारात्मक प्रचार गरिएको बताउनु भएको छ । सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको आज भैरहवामा उद्घाटन गर्दै अध्यक्ष दाहालले जनचाहनाअनुसार तीव्र काम गर्न नसके पनि सरकारले गलत भने नगरेको दावी गर्नुभएको हो । सरकारको आलोचना गरेर, धर्मका कुरा उठाएर संघीयता नै उल्ट्याउन सकिन्छ कि भनेर कल्पना नगर्न चेतावनी दिनु भएका दाहालले बाँकी चार वर्षमा सरकारले धेरै गरेर देखाउने पनि दावी गर्नुभयो । मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितिमा आइपुगेको भन्दै अध्यक्ष दाहालले आर्थिक समृद्धितर्फ लैजान सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा…

पुरा पढ्नुहोस