आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष १९ गते बुधबार

वि.सं. २०७५ मार्गशीर्ष १९ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०५ तारिख,  विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, मार्गशीर्ष कृष्णपक्षको त्रयोदशी तिथि, दिउँसो १२:२६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, विशाखा नक्षत्र, मध्यरात्रीपछि ०४:२७ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, बेलुका १०:२१ बजेसम्म, त्यसपछि बृश्चिक…

पुरा पढ्नुहोस

झापामा घर घरमै पुगेर प्रहरीले असुल्छन् सेटिङको पैसा !

झापा । सेटिङ बापतको रकम असुल्न सर्वसाधरणको घरमै पुगेका झापाका एक प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित रंगेहात फेला परेका छन् । ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका झापाको मेचीनगर—१३, बालुबाडीका यादव भट्टराई छुटाउन सेटिङ मिलाएको भन्दै प्रहरी चौकी चारआलीका इन्चार्ज असई उत्तम कुमार कार्कीले स्थानीय विचौलिया श्रीराम मरासैनीको सहयोगमा बर्दीमै घरमा पुगेर अवैध असुली गरेका हुन् । जिल्ला प्रशासन कार्यालय झापाको आदेशमा गत आइतबार ८ हजार रुपैयाँ धरौटी तिरेर हिरासत मुक्त भएको भोलिपल्ट सोमबार भट्टराईकी श्रीमती किशोरा र उनको परिवारलाई मरासैनीले मुद्धा मिलाउनलाई प्रहरीले सहयोग गरेकाले १५…

पुरा पढ्नुहोस

कतारले खोल्न लागेको भिसा सेन्टर नेपाललाई ‘अमान्य’

१८ मंसिर, काठमाडौं । मलेसिया जस्तै कतार जाने कामदारबाट पनि स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका नाममा सिन्डिकेट खडा गरेर रकम असुल्न खोजिएको भन्दै नेपाल सरकारले कतार सरकारको ध्यानाकर्षण गराएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले मलेसिया कामदार पठाउने सिन्डिकेट तोडेलगत्तै ‘कतार भिसा सेन्टर’का नाममा सिन्डिकेट खडा गर्न लागिएपछि कूटनीतिक तहबाटै रोक्न खोजेका हुन् । सरकारले बिचौलिया संयन्त्र खडा गर्ने विषयमा अमान्य हुने बताएको छ ।श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कतार सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ । कतारसँग श्रम सम्झौता पुनरावलोकनको प्रक्रिया चलिरहेको र शून्य लागतमा कामदार पठाउने…

पुरा पढ्नुहोस

यस्तो छ शृङ्खलालाई ब्यूटी विथ पर्पज अवार्ड दिलाउने दुनियाँको मन छुने भिडियो

काठमाडौँ – चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतिस्पर्धा अन्तर्गत नेपालकी प्रतिस्पर्धी शृङ्खला खतिवडाले महत्वपूर्ण अवार्ड जितेकी छन् । मिस नेपाल शृङ्खलाले ब्यूटी विथ पर्पज अवार्ड जितेकी हुन् ।उनले प्रतिस्पर्धामा सहभागी ११७ देशका सुन्दरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नु पर्ने व्यवस्था अनुसार शृङ्खलाले आफ्नो गृह जिल्ला मकवानपुरको चेपाङ्ग बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् । उनी आर्किटेक्चर हुन् र त्यहि ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अरु भौतिक संरचना बनाएकी हुन् । यसअघि सन्…

पुरा पढ्नुहोस

यो तस्बिर कसको हो बाबुराम भट्टराईज्यू ?

बाबुराम भट्टराई । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक । गोरखाबाट संघीय सांसद । पछिल्लो समय उनको काम सरकारलाई गाली गर्नु भन्दा अरु देखिएको छैन । यो देशलाई उन्नति, समुन्नतिमा लैजान लेख लेख्ने फुर्सद पनि छैन भट्टराईलाई । सरकारविरुद्ध फोस्रा प्रहार गरेर सामाजिक सञ्जालबाट अराजकहरुको वाहवाहको आत्मरतिमा रमाउने उनको आदत बनेजस्तै देखिन्छ । निर्मला पन्तलाई न्याय दिन ट्विटरमा लेखेबापत उहाँको उदाहरणीय काम के हो भनेर उहाँकै एकाउन्टमा खोज्ने हो भने पत्रिकाका समाचार र लेख शेयर गरेको भेटिन्छ । प्रसंग काठमाडौंमा जारी एसिया प्यासिफिक समिटको हो । यतिखेर यो सम्मेलनको नाम…

पुरा पढ्नुहोस

कर्मचारी समायोजन अध्यादेश स्वीकृत, समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई अवकाश

काठमाडौं, १८ मंसिर । सरकारले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरी एक लाख नौ हजार कर्मचारीको समायोजन प्रक्रिया अघि बढ्ने भएको छ । संघीयता कार्यान्वयनको महत्वपूर्ण र पेचिलो विषयको रुपमा रहेको कर्मचारी समायोजन प्रक्रिया सुरु नहुँदा प्रदेश र स्थानीयस्तरमा सरकारी काम हुनै सकेका छैनन् । राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा सूचना प्रकाशन भएकै…

पुरा पढ्नुहोस

कांग्रेस बैठकमा गगनको प्रस्तावः ७० वर्षे उमेर हद तोकौं

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिमा विधानमाथि भएको छलफलमा भाग लिँदै थापाले पार्टीको कार्यकारी पदहरुमा ७० वर्षे उमेर हद लागू गर्न माग गरेका हुन् । पार्टीमा कुनै उमेर हद छैन । विधान संशोधन मस्यौदा समितिले पनि कुनै उमेर हद तोक्ने प्रस्ताव गरेको छैन । तर, कांग्रेसले हालै मात्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ उमेर हद लागू गरेको छ । नेता थापाले धेरैभन्दा धेरैलाई पार्टीको सदस्यता दिने र उनीहरुको प्रत्यक्ष मतका आधारमा सभापति…

पुरा पढ्नुहोस

जितेश्वरी माध्यमिक विद्यालयले ३७ औ वार्षिकोत्सव मनायो

टवल १३ मा रहेको जितेश्वरी माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी ३७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रलाई गुणस्तर र प्रविधिमैत्री बनाउनको लागि जोड दिनु पर्ने बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका उहाले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले ब्यवहारिक ज्ञानको आवस्यकता रहेको दाबी गर्नु भयो । बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले सामुदायिक विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप गरेर विद्यार्थीहरुमा सिकाईलाई जोड दिनु पर्ने बताउनु भएको छ । सामुदायिक विद्यालयमा दरबन्दीको अभावले…

पुरा पढ्नुहोस

अझै खुलेन मलेसिया, मन्त्री विष्टमाथि छानविनको माग

१८ मंसिर, काठमाडौं । मलेसियासँग श्रम समझदारीपछि पनि रोजगारी खुला नभएपछि राजनीतिक तहमा प्रश्न उठ्न थालेको छ । कांग्रेस र राप्रपाका नेताहरुले श्रममन्त्री गोकर्ण बिष्टमाथि छानविन गर्न प्रधानमन्त्रीसँग सार्वजनिक रुपमै माग गरेका छन् । सरकारले सिन्डिकेटधारी बिचौलिया संयन्त्रहरुको खारेजीका लागि दबाव दिन भन्दै मलेसियामा कामदार पठाउन रोकेको ६ महिना बितिसकेको छ । यसकै बलमा मलेसियाले नेपालसँग श्रम समझदारीसमेत गरिसकेको छ । तर, समझदारी भएको एक महिना बित्दा पनि कामदार पठाउने प्रक्रिया नटुंगिँदा नेपाली कामदारले अझै मलेसिया जान पाएका छैनन् । कामदारलाई ठगी गरेको आरोप लागेका कम्पनीहरुलाई बिचौलियाका रुपमा राख्न नसकिने…

पुरा पढ्नुहोस

सकियो तिलोत्तमा व्यापार मेला, २० करोडको आर्थिक कारोवार भएको र २ लाख ५० हजार दर्शकले अवलोकन

मणिग्राम, १८ मंसिर । ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार बिबिधीकरण’ भन्ने नाराका साथ रुपन्देहीको तिलोत्तमामा सञ्चालन गरिएको तिलोत्तमा औद्योगिक व्यापार मेला सकिएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजना तथा उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा यही मंसिर ६ गतेदेखि संचालित महोत्सवको समापन गर्दै प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले नेपाल कृषिमा आधारित अर्थतन्त्रमा निर्भर रहेकाले अब सरकारले कृषिलाई प्राथमिकता दिने र नीजी क्षेत्रलेपनि त्यसमा सहयोग गर्न उनले आग्रह गर्नुभयो । उहाँले उत्पादक र उपभोक्ता बीचको प्रत्यक्ष मिलन…

पुरा पढ्नुहोस