अमेरिकी बसाई : जानकारीको अभावमा उल्लु नहुनुस्

काठमाडौँ — जानकारीको अभाब र सिक्न वा जान्ने इच्छा नहुँदा वा त्यो क्षमता नहुँदा अमेरिका बस्ने अधिकांस नेपालीहरुको अबस्था न हाँसको चाल न बकुल्लाको चाल भनेको जस्तो छ । प्रस्तुत आलेखले उच्च शिक्षा लिएर “हाइ पेड जब” गर्ने थोरैको संख्यामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दैन किनकी त्यस्ता ब्यक्ति र समुदायसँग पंक्तिकारको सम्बन्ध र पहुँच छैन । बरु अमेरिकी सरकारले तोकेको न्युनतम् वा त्यो भन्दा कम ज्यालामा काम गर्ने अर्थात् चलनचल्तिको भाषामा “घण्टा हान्ने” हरुको मात्र प्रतिनिधित्व गर्छ । मैले आजसम्म त्यस्ता उच्च शिक्षित ब्यक्तिहरुले म फलानो सम्पर्क समितिको सचिव वा ढिस्कानो सम्पर्क मञ्चको अध्यक्ष हुँ…

पुरा पढ्नुहोस

बल्ल खुल्यो विभागको साईट, यसरी भर्नुहोस लाइसेन्सको लागी अनलाइन बाटै फारम (तरिका)

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार खुलेकाे केही बेरमानै बन्द भएकाे हुदा सेवाग्राहीले भर्न पाएनन् । गत शुक्रबार खुला गरिएको केही छिनमै विभागको सर्भर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको थीयाे । दशैँअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘आइतबार पनि काम हुन सकेन थिएन । एकैचोटि एक लाखसम्मको आवेदन भरेका थिए। बिभागले https लाइ हटाए www.dotm.gov.np मार्फत बिबरण पठाउन अाग्रह गरेकाे थियाे ।तर उक्त सर्भरमा पनि समस्या अाएपछि अाबेदकले बिबरण…

पुरा पढ्नुहोस

निर्मला हत्या प्रकरण : पुनर्बहाली गर्न एसपी विष्ट र इन्स्पेक्टर भट्टको माग

काठमाडौं : निर्मला पन्त हत्याको घटना अनुसन्धानमा लापरवाही गरेको आरोपमा बर्खास्त एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले पुनर्बहालीको माग गरेका छन्। दुवैले पुनर्बहाली माग गर्दै गृह मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराएका हुन्। विष्टले गत आइतबार मन्त्रिपरिषद्‍मा निवेदन दिएका हुन् भने भट्टले मंगलबार निवेदन दिएका छन्। ‘प्रहरी नियमावलीअनुसार बर्खास्त गरेको ३५ दिनभित्र पुनर्बहालीका लागि निवेदन दिन सकिने भएकाले हामीले यो कदम उठाएका हौं’, विष्टले भने, ‘अब मन्त्रिपरिषद्‍ निर्णयको प्रतिक्षामा छौं, त्यहाँबाट निर्णय आएपछि आगामी कदमबारे सोच्नेछौं।’ गृहमन्त्रालय स्रोतले पनि दुवै जनाको निवेदन आएको जनाउँदै मन्त्रिपरिषद्‍मा पठाइएको जानकारी…

पुरा पढ्नुहोस

नायिका श्वेताले निर्माण गरेको ‘माझी बस्ती’ (भिडियो सहित)

ईटहरी/ विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् । धूर्मुस-सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर बस्ती अनि अहिले बन्दै गरेका स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती । हेर्नुहोस् भिडियोमा यत्ति सुन्दर बन्दैछ यो माझी वस्ती…  चौतारा साँगाचोकगढी नगरपालिका-१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ । भिमटारको माझी…

पुरा पढ्नुहोस

पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द

पाल्पा – सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक सोमबारदेखि बुधबारसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पूर्ण रुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिनुभयो । तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा बाटो मर्मतको काम भैरहेकाले  दैनिक सडक बन्द गर्नु परेको जनाइएको छ ।  एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीलाई भने रोक नलगाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो । सडकमा खसेका  ढुङ्गा फुटाएर हटाउनुपर्ने, पहिरो पन्छाउने  तथा सडक मर्मत गर्नुपर्ने भएको हुँदा सडक नै बन्द गर्नु…

पुरा पढ्नुहोस

प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’, के हो ‘वार रुम’ ?

काठमाडौं : अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ।विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधै प्रधामन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको हो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोदबहादुर कुँवरका अनुसार वार रुम तयार भएपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग पनि ‘टेलिप्रिजेन्ट’ मार्फत संवाद गर्न सक्नेछन्।त्यस्तै विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा अन्य सानाठूला समस्या तत्काल समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले वार रुमको व्यवस्था…

पुरा पढ्नुहोस

साना किसानलाई सहयोग हुने नीतिगत व्यवस्था गर्छौं : मन्त्री खनाल

१६ मङ्सिर, राँझा। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले साना किसानलाई सहयोग हुने गरी नीतिगत व्यवस्था गरिने बताएका छन् । आज बाँकेको महादेवपुरीमा बाँके बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गर्दै उनले बाख्रा पालनमा लागेका साना किसानलाई सहयोग गर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताए । उनले भने, “ठूला तथा मझौला किसानले सहयोग तथा अनुदान प्राप्त गरिरहे पनि साना किसान सहयोगको पहुँचभन्दा बाहिर रहेका छन् । अब साना किसानले सहयोग पाउने गरी नीतिगत व्यवस्था गर्नेतर्फ जोड दिनेछु ।” मन्त्री खनालले बाँकेलाई बाख्रा उत्पादन हुने जिल्लाको रुपमा चिनाउन किसानलाई आग्रह समेत गरे । सोही अवसरमा…

पुरा पढ्नुहोस

बालबालिकामाथि आक्रमण गर्ने नरभक्षी चितुवा त्रास अन्त्य गर्न सांसदको अाग्रह

तनहुँ । निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई तत्काल नियन्त्रण गरी जनतामा त्रासको वातावरण अन्त्य गर्न माग गर्नुभएको छ । भानु नगरपालिका–२ ढल्केवरमा शनिबार साँझ चितुवाको आक्रमणबाट १० वर्षीय अमृत गुरुङको मृत्यु भए पछि प्रेस विज्ञप्ति प्रकाशित गरी सांसद श्रेष्ठले बालबालिका यसरी घर आँगनमै वन्यजन्तुको शिकार बन्नुपर्ने अवस्था निकै दुःखद् भएको बताउनुभयो । चितुवाको निरन्तर आक्रमणको अवस्थाको अन्त्य गर्न तथा नरभक्षी चितुवालाई यथाशीघ्र नियन्त्रणमा लिई नागरिकमा व्याप्त त्रास र आतङ्कको वातावरण अन्त्यका लागि सांसद श्रेष्ठले सम्बन्धित निकायलाई ध्यानाकर्षण…

पुरा पढ्नुहोस

विश्वप्रकाशको कार्यको देशभरि प्रशंसा, देवीको परिवारले दियो आशीर्वाद !!

झापा । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले विपन्न र हसाहय परिवारलाई सहयोग गरेका छन् । सुत्केरी अवस्थामा पति गुमाएकी झापा मेचीनगरकी देवी मेचेलाई घर निर्माणका लागि शर्माले जग्गा किनिदिएका छन् । शर्माको यो कार्यको देशैभरि प्रशंसा भएको छ । मेचीनगरपालिका १०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । देवी मेचे अपाङ छिन् । उनका दुई सन्तान छन् । देवीले १२ वर्ष अगाडि करेन्ट लागेर दाहिने हात गुमाएकी थिइन् । एक हातले काम गरेर जीवन चलाउँदै आएकी…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७५ मार्गशीर्ष १७ गते सोमबार

वि.सं. २०७५ मार्गशीर्ष १७ गते सोमबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४० बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, मार्गशीर्ष कृष्णपक्षको एकादशी तिथि, दिउँसो ०२:१४ बजेसम्म, त्यसपछि द्वादशी तिथि,  चित्रा नक्षत्र, मध्यरात्रीपछि ०४:२४ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा कन्या राशिमा, साँझ ०४:४१ बजेसम्म, त्यसपछि तुला राशिमा, सौभाग्य…

पुरा पढ्नुहोस