‘सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई किन चाहियो १८ करोडको महँगो गाडी ?’

काठमाडौं – सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्ने राय दिएको बताउनुभयो । उहाँले गरिब देशमा महंगो गाडी आवश्यक नभएको बताउनुभयो । ‘गरिब देशलाई यत्रो महँगो गाडी किन चाहियो ?’, उहाँले प्रश्न गर्नुभयो । सांसद यादवले सांसदहरु टेम्पो र माइक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो भन्दै प्रश्न गर्नुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पनि महँगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महँगो गाडी खरिद…

पुरा पढ्नुहोस

त्रिभुवन विमानस्थल परिसरको पार्किङ सर्‍याे, ट्याक्सी पार्किङको ठाउँमा अब हरियाली

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश पनि जाम अनि जमिनमा पनि जाम हुँदै आएको छ । विमानस्थलको क्षमता कम तर उडान र अवतरण धेरै हुँदा आकाशमा जहाजको जाम हुने गरेको छ । त्यस्तै विमानस्थल परिसरमा पनि गाडीको जाम हुँदै आएको थियो । तर आइतबारदेखि भने विमानस्थलको टर्मिनल भवन बाहिर जाम हुने छैन । किनकी विमानस्थलको छेउमा आइतबारदेखि नयाँ पार्किङ क्षेत्र सञ्चालमा आएको छ । रिङरोडको छेउमा रहेको भवनमा बनाइएको पार्किङ भवनको आइतबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभयो । आइतबारदेखि विमानस्थल यात्रु पुर्‍याउन जाने र लिन जाने…

पुरा पढ्नुहोस

काङ्ग्रेस र सेनाको समर्थनमा राजतन्त्र फर्किदै:बाहिरियो रहस्य…तपाईको पनि समर्थन भए सक्दो सेयर गर्नुहोस

काङ्ग्रेस र सेनाको समर्थनमा राजतन्त्र फर्किदै: प्रमाण सहित बाहिरियो रहस्य…तपाईको पनि समर्थन भए सक्दो सेयर गर्नुहोस देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्रबीच एकता भइ शक्तिशाली कम्युनिष्ट पार्टी बनेको र दुई तिहाई मत सहित सरकार बनाएपछि अहिले राजा र नेपाली कांग्रेस आत्तिएको छ । राजाको भक्तिगान गर्न गणतन्त्रपछिपनि पछि नपरेको नेपाली सेनालेपनि यो बाम सरकारलाई कही न कतै असयोग गर्ने मनासय बोकेको आरोप लगाइन्छ । शक्तिबीचको वाम एकताले बढ्दो राजनीतिक धुव्रीकरणको अवस्थामा पूर्वराजाले कडा कदम चाल्ने तयारी गरेको एक विश्वस्त स्रोतले बतायो…

पुरा पढ्नुहोस

चितवनमा भारि मात्रामा लागूऔषधसहित दुई युवा पक्राउ

९, मंसिर, चितवन । चितवन प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंं २ समीचोकबाट लागूऔषध र नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर २ बस्ने वर्ष २५ का केशव घले र सोही वडामा बस्ने वर्ष २४ का विशाल घले रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको छ । यस्तै उनीहरुको साथबाट डाईजेपाम २७१ एम्पुल, नुफिर्न २७१ एम्पुल, फेनारगन २७१ एम्पुल बरामद गरेको छ । भरतपुर-२ समिचोकमा केही व्यक्तिहरुले लागूऔषध बेचबिखन…

पुरा पढ्नुहोस

अयोध्यामा २२१ मिटर अग्लो भगवान् रामको मूर्ति, सरदार बल्लभ भाइ पटेललको भन्दा ३९ मिटर अग्लो

नयाँ दिल्ली : राम मन्दिर निर्माणको मागबीच भारतको उत्तर प्रदेशस्थित योगी आदित्यनाथ सरकारले ठुलो निर्णय लिएको छ । योगीले अयोध्यामा भगवान रामको २२१ मिटर अग्लो मूर्ति बनाउने निर्णय गरेका हुन् । यो प्रतिमा गुजरातस्थित विश्वकै सबैभन्दा अग्लो स्ट्याच्यु अफ युनिटी भन्दा करिब ३९ मिटर अग्लो हुनेछ । स्याच्यु अफ युनिटीको उचाई १८२ मिटर रहेको छ । भगवान रामको मूर्तिको डिजाइन तयार भइसकेको छ । यसलाई मुख्यमन्त्री योगी आदित्यनाथले अनुमति दिइसकेका छन् । मूर्ति बनाउनेबारे जानकारी दिँदै उत्तर प्रदेश सरकारले ट्वीटमा भनेको छ, ‘राम जन्मभूमि अयोध्यामा मर्यादा पुरुष भगवान् श्रीरामको विशाल प्रतिमा…

पुरा पढ्नुहोस

दर्दनाक दृश्य : आमा अर्कैसँग हिडेपछि दाम्लोमा बालक, प्लाष्टिकमा खाना

भीमकुमार बाँस्कोटा- पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोले बाँधेर राखिएका छन्। उनका बुवा बुवा आशिकराम वैदेशिक रोजगारीमा छन्। उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ। उनले दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन्। नसकेपछि उनी रुँदै चिसो भुइँमा लडिबुडी गर्छन्। बच्चाको मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेको हजुरबुवा र हजुरआमा बताउँछन्। ‘आमाले छाडेपछि बच्चा रेखदेख गर्ने कोही छैन’, हजुरआमाले भनिन्, ‘बच्चालाई बाँधेर हामी बूढाबूढी काममा निस्किन्छौं।’ रातको समयमा पनि बाँधेरै राख्ने गरिएको उनले सुनाइन्। दाम्लो खोले बच्चा जथाभावी कुद्ने र जे पायो त्यही खाने उनको भनाइ छ। बच्चाको…

पुरा पढ्नुहोस

लेखा समिति भन्छ : वाइडबडीमा ६ अर्ब ५९ करोड घोटाला, २ अर्ब ४० करोड कमिशन पनि गायब

काठमाडौँ : नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज ल्याउँदा भएको घोटालाबारे संसदले सरकारसँग जवाफ मागेको छ । संसदको सार्वजनिक लेखा समितिको आइतवार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ क्रेताले पाउने कमिशन पनि गायब बनाइएको निचोड निकालिएको हो । समितिका सभापति भरत साहले नेवानिका दुई वाइडबडी ल्याइँदा भएको घोटालाबारे सरकारसँग जबाफ मागेका हुन् । साहले दुई वाइडबडी ल्याउँदा उठेका प्रश्नहरुको फेहरिस्त बैठकमा प्रस्तुत गर्दै क्रेताको कमिशन नै गायव गरिएको उल्लेख गरे । ‘हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत कमिशन क्रेतालाई दिने गर्छन् भनिन्छ तर २४ अर्बको…

पुरा पढ्नुहोस

सरकार चलाउनेकै आफन्तले बलात्कार गरेको विप्लवका प्रवक्ताको ठोकुवा !!

९ मंसिर, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अर्को टि्वस्ट आएको छ । शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यो घटनामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् । सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र दाबी गरेनन्, उनले अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर बलात्कारी र हत्यारालाई कारवाही समेत गर्ने बताए । विभिन्न हिंसात्मक कारवाहीहरु गर्दै आएको विप्लव समूहले हत्यारालाई कारवाहीको धम्की दिएको र त्यसमा सरकार सञ्चालकलै सन्तानको संलग्नता रहेको…

पुरा पढ्नुहोस

जन्ती लिएर नेपाल आउँदैछन् योगी आदित्यनाथ, निधि कता सेलाय

काठमाडौं, ९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निजी बिमानमा २६ मंसिरमा जन्ती लिएर जनकपुर उत्रिने भएका छन् । प्रदेश सरकारले रामजानकी विवाह महोत्सवको तयारी जारी राखेको छ । उक्त महोत्सवमा आदित्यनाथ आउनुको साथै रंगभुमी मैदानमा हुने स्वयंवर कार्यक्रममा सहभागी हुनेछन् । सम्बोधन पनि हुनेछ । महोत्सवलाई प्रभावकारी बनाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू जितेन्द्र सोनल, मेयर लालकिशोर साहलगायतले तयारीलाई तिव्रता दिएका छन् । योगी आदित्यनाथको सुरक्षाका लागि प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र…

पुरा पढ्नुहोस

रिएल कि रिल लाइफ, देख न राजा, सुन न राजा ! अष्ट्रेलियामा दीपकसँग मख्ख दीपा

काठमाडौं – ‘छक्का पञ्जा ३’ को अपार सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अष्ट्रेलियामा छन् । ‘छक्का पञ्जा ३’को प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका यी दुई सेलिब्रिटी घुमघाममा पनि उत्तिकै सक्रिय देखिन्छन् । घुमघामका क्रममा अष्ट्रेलियाका विभिन्न लोकेसनमा यी दुईले पोज-पोजका तस्वीर समेत लिन भ्याएका छन् । ती तस्वीरहरू फेसबुकमा राख्दै दीपाले लेखेकी छन्- ‘देखन राजा, सुनन राजा ।’ दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ नेपालमा प्रदर्शनको ५१औं दिन नजिक छ ।

पुरा पढ्नुहोस