डेङ्गुसार्ने लामखट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान

रत्ननगर, चितवन २९ फागुन । चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार भरतपुर महानगर, राप्ती नगरपालिका र कालिका नगरपालिकामा लामखुट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान शुरु भएको हो । गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलनसक्ने भएकाले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिनुभयो । चितवनको राप्ती नगरपालिकामा सोमबारदेखि तीन दिने अभियान शुरु भएको छ ।…

पुरा पढ्नुहोस

नेपालमा बर्षेणी हवाइ दुर्घटना – आयोग बन्छ तर प्रतिवेदन कार्यान्वयन हुँदैन

काठमाडौँ । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक÷पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । नेपालभित्रै भएका ठूला हवाई दुर्घटनामध्ये युएस बंगला एयरको विमान दुर्घटना आठौँ ठूलो हो । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको…

पुरा पढ्नुहोस

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

काठमाडौँ । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो ।

पुरा पढ्नुहोस

ओलीको प्रस्ताब किन ठाडै अस्वीकार गरे प्रचण्ड ले ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद राजपालाई दिने ओलीको प्रस्तावलाई माओवादी अध्यक्ष प्रचण्डले भने समर्थन गरेका छैनन् । प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्ड वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडानमा अडिक छन् । यसअघि ओली–प्रचण्डबीच उपराष्ट्रपतिबारे सहमति भएपनि राजपालाई सरकारमा सहभागी गारउन ओलीले अध्यक्ष ठाकुरलाई यस्तो प्रस्ताव गरेका हुन् ।

पुरा पढ्नुहोस

पार्टीमा दण्डहीनता मौलायो : एमाले अनुशासन आयोग

काठमाडौँ / नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी दण्डहीनता मौलाइरहेको बताएको हो । बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षणसमेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिनुभयो । यस्तै, बैठकले पार्टीका कमिटीहरु प्रायः निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकसमेत राम्ररी नभएको समेत जनाएको छ । बैठकपछि आयोगका अध्यक्ष अमृतकुमार बोहराले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको…

पुरा पढ्नुहोस

मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज

काठमाडौं, फागुन २९ – सोमबार काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका आफन्त बोकेर बंगलादेशबाट जहाज काठमाडौंका लागि उडेको छ ।४६ जना आफन्त र ७ जना सरकारी अधिकारी बोकेर यूएस बंगलाको विशेष विमान हजरत सहजलाल विमानस्थलबाट काठमाडौंका लागि उडेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यूनले जनाएको छ । सोमबार काठमाडौंमा भएको जहाज दुर्घटनामा ५० जनाको ज्यान गएको थियो । चालक दलका सदस्यबाहेक दुर्घटनामा २१ जना बंगलादेशी नागरिकको ज्यान गएको पुष्टि भएको छ । श्रोत : ujyaaloonline.com/news

पुरा पढ्नुहोस

हिज भएको विमान दुर्घटनामा मर्नेको संख्या ५१ पुग्यो |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन्। दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए । सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो। गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति  

पुरा पढ्नुहोस

सनीले पोर्न उद्योगमा नम्बर बाँडेको आरोप

कन्ट्रोभर्सी क्विनको उपनामले समेत कहलिने गरेकी आइटम गर्ल राखी सावन्त फेरि एकपटक चर्चामा आएकी छिन् । हालै एउटा अन्तर्वार्तामा राखीले पूर्वपोर्नस्टार सनी लियोनलाई गम्भीर आरोप लगाएकी छिन् । जसकारण उनको अहिले चर्चा चलेको छ । सनीले आफ्नो नम्बर पोर्न उद्योगका पुरुषहरूलाई बाँडेको राखीको आरोप छ । त्यसकारण अचेल पोर्न फिल्म निर्माता तथा अभिनेताबाट लगातारजसो फोन आउने गरेको र ती फोनहरूले आफूलाई निकै डिस्टर्ब गरेको राखीको दाबी छ । ‘सनीले मेरो नम्बर पोर्न इन्ड्रस्टिजमा बाँडिन्, जसकारण अचेल मलाई लगातार उनीहरूको फोन आउने गरेको छ,’ आक्रोशित राखीको भनाइ छ, ‘अनेक प्रकारका मान्छेको…

पुरा पढ्नुहोस

त्रिभूवन विमानस्थलमा विमान दुर्घटना भै ठुलो क्षेति भएपछि बंगलादेशले नेपालमाथि लगायो यस्तो गम्भीर आरोप !

काठमाडौं। नेपालको एयर ट्राफिक कन्ट्रोल(एटिसी)ले गलत सूचना दिंदा आज विमान दुर्घटना भएको युएस बं‌गला विमान कम्पनीले दाबी गरेको छ। विमान दुर्घटना भएको केही समयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले त्रिभूवन विमानस्थलको एटिसिले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दाबी गरेका हुन्। ‘एटिसीले हाम्रा पाइलटलाई मिस गाइड गर्यो, उनीहरुले रनवेमा कहाँ ल्याण्ड गर्ने भन्ने सहि सूचना पाएनन्,’ उनले भने।विमानमा कुनै पनि प्राविधिक गडबढी नभएको दाबी गर्दै उनले भने, ‘हाम्रो जानकारीअनुसार दुर्घटनामा एटिसीको लापरवाही छ, हाम्रा पाइलटको तर्फबाट होइन।’ तर नेपालको एटिसिले भने चेतावनीका वावजुद विमानले गलत ठाउँबाट ल्याण्डिङ गर्दा…

पुरा पढ्नुहोस

चर्चित गायक उदित नातायण झाका छोरा आदित्य नारायण झा पक्राउ, यस्तो छ उनीमाथि आरोप

काठमाडौं – चर्चित गायक उदित नातायण झाका छोरा आदित्य नारायणलाई मुम्बईको बर्सोवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। उनले चलाइ रहेको गाडीले एक रिक्सालाई ठक्कर दिएपछि प्रहरीले पक्राउ गरेको हो। मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले उक्त रिक्सालाई ठक्कर दिएको हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ। उनी विरूद्ध प्रहरीले इन्डियन पेनल कोडको ३३८ तथा २७९ आइपिसी अन्तरगत केस दर्ता गरेको छ। पछिल्लो पटक उनी विमानस्थलका कार्मचारीसँग विवाद गरिरहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए ।

पुरा पढ्नुहोस