आजको राशिफल l २०७४-११-२१ गते

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रारम्भमा केही उल्झन देखिए पनि हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे हुनेछ। तर उत्तरार्द्धमा अनावश्यक क्षेत्रमा ध्यान दिनाले झमेला आइपर्ला। स्वास्थ्य कमजोर रहने देखिन्छ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, गोपनीयतामा विशेष ध्यान दिनुहोला। (नेपाली पात्रो) बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे,…

पुरा पढ्नुहोस

किन परे ओली अलमलमा ?

काठमाडौं, २० फागुन । प्रतिनिधि सभाका सांसदहरूलाई जेष्ठ सांसद सदस्य महन्थ ठाकुरले निर्धारित समयभन्दा ३५ मिनेट ढिला पद तथा गोपनीयताको शपथ दिएका छन् । कीर्ते काण्डमा आरोपित पूर्वडिआईजी एवम् एमालेका सांसद नवराज सिलवालले पद तथा गोपनीयताको शपथ लिए । तर, टीकापुर काण्डमा आरोपित राजपा नेपालका सांसद रेशम चौधरीले भने शपथ लिन पाएनन् । शपथका बेला संसदमा जे देखियो – सांसदहरू एक बजेदेखि नै संसद भवनको गेटबाट भित्र प्रवेश गर्न सुरु गरेका थिए । – प्रधानमन्त्री केपी ओली, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका…

पुरा पढ्नुहोस

यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

यूरोप, (संयुक्त अधिराज्य), २० फागुन । यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ । यूरोपका विभिन्न मुलुकबाट प्राप्त जानकारी अनुसार शनिबार पहिले चिसोका कारण १५ जनाको मृत्यु भएको थियो भने शनिबार थप तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म चिसोका कारण स्पेनमा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी चिसोका कारण जनजीवन प्रभावित बनेको आएरल्याण्ड, जर्मनी, इटाली, नर्वे, बेलायत, हङ्गेरी र सर्वियामा सार्वजनिक रूपमा सूचना जारी गरी सम्बन्धित मुलुकका प्रशासनले चिसोबाट बच्न सावधानी अपनाउन निर्देशन दिएका…

पुरा पढ्नुहोस

गंगामायाको एउटै इच्छा: रवि लामिछानेलाई भेट्ने, उनी आउन सक्दैनन् भने उनले जहाँ बोलायो त्यही पुग्छु

काठमाडौं । छोराका हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा रहेकी गंगामाया अधिकारी अहिले वीर अस्पतालको दोस्रो तला, ७ नम्बर क्याविनमा अनशनरत छिन् । अवस्था साह्रै नाजुक भइसकेको छ । हत्यारालाई कारबाही हुने आश्वासनमा उनलाई बारम्बार अनसन तोडाइन्छ । तर, उनको सत्याग्रहमा पूर्णविराम लाग्ने गरी कहिल्यै माग पूरा हुँदैन । उनले पछिल्लो पटक गएको माघ १६ गते शहीद दिवसकै दिन आमरण अनशन सुरु गरिन् । उनले त्यसलाई निर्जल अनशन भनेकी छन् । आइतबार, उनी चिकित्सकसँग भन्दैथिइन् । म अब औषधि खान्न । चिकित्सक विकास सहनी फकाउँदै थिए, ‘औषधि नखाई तपाई…

पुरा पढ्नुहोस

मुखमा एक केश्रा लसुन ३० मिनेटसम्म राख्नुहोस्, जसले तपाइँलाई यस्ता अकल्पनीय फाइदा हुन्छ

लसुनलाई हामीले सामान्यतया खानामा मसलाको रुपमा बढी प्रयोग गर्ने गर्छौं । तर लसुनलाई प्राचिनकाल देखि नै विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्ने गरेको पाईछ। तर आज हामि तपाइलाई लसुनको बैज्ञानिक आधारमा के कस्ता फाईदा छन् भनेर जानकारी दिंदैछौ ।एक पोटि लसुन ३० मिनेटसम्म मुखमा राख्दा हुने यस्ता छन् अकल्पनीय फाइदा लसुन हाम्रो शरिरको लागि अति उपयोगी मानिछ । यसले हाम्रो शरीर रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने कार्य गर्नुका साथै अन्य धेरै कुराको लाभदायक रहेको विशेषज्ञको सोधबाट पत्ता लागेको छ । मानिसको स्वास्थ्य राम्रो र बलियो बनाउन विशेषज्ञद्धारा सिफारिस गरिएको…

पुरा पढ्नुहोस

इन्द्रेणी जस्तै संघीय संसद्

काठमाडौँ, २० फागुन ।  सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ ग्रहण समारोहलाई लिन सकिन्थ्यो । अन्य दिनमा साधारण पोशाकमा देखिंदै आएका अधिकांश सांसदहरु आज आ–फ्ना जातीय वेशभूषामा देखिंदै कतिपयलाई त झट्ट चिन्न पनि गाह्रो पर्दथ्यो । आ–आफ्नै वेशभूषामा सजिएका प्रतिनिधिसभा तथा राष्ट्रियसभा…

पुरा पढ्नुहोस

७ जनाको हत्या अभियोग लागेका सकिललाई कतारबाट नेपाल ल्याइयो

काठमाडौँ, २० फागुन: सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो । इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी…

पुरा पढ्नुहोस

कांग्रेस संसदीय दलकाे नेताका लागि उम्मेदवारी दर्ता, देउवाविरुद्ध प्रकाशमान चुनावी मैदानमा

काठमाडौं, २० फागुन– नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सोमवार हुने संसदीय दलको निर्वाचनका लागि आइतवार अपराह्न मनोनयन दर्ता भएको छ । शभापति देउवा र केन्द्रीय सदस्य सिंहले संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराएका हुन् । देउवाले नेता विजयकुमार गच्छदारको प्रस्ताव र मानबहादुर विश्वकर्माको समर्थनमा उम्मेदवार दर्ता गराएका हुन् । देउवाले नेता बालकृष्ण खाँडलाई वारेशनामा दिएर संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै…

पुरा पढ्नुहोस

रेशमलाल चौधरीसहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशनमा

धनगढी, २० फागुन – टिकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिनुभयो । अनशनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन् । उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग…

पुरा पढ्नुहोस

मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालको वास्तविक रुप पर्दाफास, हेर्नुहोस् अहिलेसम्म नखुलेको भित्री रहस्य भिडियोमा

चर्चित हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकाल बीचको दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याए पछी मिना ढकाल भने खुलेआम गजुरेलको भण्डाफोर गर्न तल्लिन देखिन छिन । उनीहरुको डिभोर्स हुँदा आफ्ना दुई सन्तानका लागि एकअर्का प्रति आरोप प्रतिआरोप नलगाउने सहमति भएको बताएका थिए । तर उनीहरुको सम्बन्ध बिच्छेद पछी आफ्ना दुइ सन्तानका लागि कलाकार मनोज गजुरेल जति गम्भीर देखिन्छन त्यति गम्भीरता मिना ढकालसंग देखिदैन । बरु डिभोर्स पछी पुर्वलोग्ने मनोज गजुरेललाइ विभिन्न मिडियाहरुबाट खुइल्याउने हर्कतमा मिना ढकाल मरिमेटी जुटेकी छिन, भने मीनाको फलोगर्दै मिडियाहरु पनि एकपछि अर्को भिडियो अन्तरवार्ता छताछुल्ल…

पुरा पढ्नुहोस