वैज्ञानिकहरुले दावी गरे ; पृथ्वीमा जीवनको अन्त्य हुनेछ !

वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् कि पृथ्वीको चुम्बकीय ध्रुब परिवर्तन हुन् सक्छ। जस कारण चुम्बकीय कवच कमजोर हुन्छ। सूर्यको हानिकारक विकिरणहरु पृथ्वीको वायुमण्डल हुदै सजिलै पृथ्वीको सतहमा आउनेछन्। त्यसकारण मङ्गल ग्रह जस्तै पृथ्वीको वायुमण्डलको विनाश जीवनको अन्त्यको कारण बन्न सक्छ। वैज्ञानिकहरुका अनुसार पृथ्वीको कोरमा रहेको तरल फलामले एक विशाल विधुत चुम्बक जस्तो व्यवहार गर्दछ , जसको दुई चुम्बकीय ध्रुवहरु छन्। यसले ईलेक्ट्रोम्याग्नेटिक करेन्ट पैदा गर्छ, जो पृथ्वीको वरिपरी एक चुम्बकीय क्षेत्र म्याग्नेटोस्फेयर (Magnetosphere) बनाउँछ। अन्तरिक्षको हजारौ माइलसम्म फैलिएको यस चुम्बकीय क्षेत्रले सूर्यबाट आउने घातक विकिरणहरुबाट पृथ्वीलाई जोगाउँछ। पृथ्वीमा जीवन यो…

पुरा पढ्नुहोस

एक शिक्षक: जसले कालोपाटीमा आकृति कोरेर कम्प्युटर सिकाउँछन्

एजेन्सी: केही दिनयता एकजना व्यक्तिको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। यी व्यक्तिले अन्य मानिसले कल्पना समेत नगरेको विधि प्रयोग गरेर कम्प्युटरको ज्ञान दिएपछि उनी अहिले हिट भएका हुन् । यी व्यक्तिले कुनै पनि ल्‍याप्टप या डेस्कटप कम्प्युटरको सहयोग नै नलिई मज्जाले कम्प्युटर सिकाउँछन् भन्दा तपाईँलाई पत्यार नलाग्ला । तर सत्य यही हो, यी शिक्षकले ब्ल्‍याक बोर्डमै कम्प्युटरका सबै पार्ट्सको तस्बिर बनाएर विद्यार्थीलाई कम्प्‍युटर शिक्षामा पोख्त बनाउँछन् । कुनै कम्प्यूटरको सहयोग नै नलिई आफ्ना विद्यार्थीलाई कम्प्युटर प्रशिक्षण दिए अद्भुत काम गरेका यी व्यक्ति हुन् अफ्रिकन मुलुक घानाको कुमासी क्षेत्रका बासिन्दा ।…

पुरा पढ्नुहोस

हाम्रो पात्रोले ल्यायो नयाँ डिक्सनरी, इन्टरनेट नभए पनि हेर्न मिल्ने

काठमाडौं, १९ फागुन– नेपाली पात्रोले नयाँ संस्करणको एप  सर्वाजनिक गरेको छ । आज (शनिवार) पत्रकार सम्मेलन गरी हाम्रो पात्रोले नयाँ अफलाइन अङग्रेजी– नेपाली डिक्सनरी एप सार्वजनिक गरेको हो । एण्ड्रोइडमा मात्र उपलब्ध उक्त एप नेपालकै पहिलो भएको हाम्रो पात्राको दावी छ । यसमा नेपाली शब्दका अंग्रजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न सकिनेछ भने अनलाईनमा शब्द दर्साउने तस्बिर पनि उपलब्ध भएको नेपाली पात्रोका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले बताए । ‘यस भन्दा पहिले हामीले नेपाली विद्यार्थीलाई लक्षित गरी बनाइएको थियो,’ प्रबन्ध निर्देशक देवकोटाले भने, ‘अहिले हामीले सबैलाई लक्षित गरी ल्याएका छौं ।…

पुरा पढ्नुहोस

दुनियाँको केही अनौठो कानुनहरु, जुन थाहा पाउनु भएमा तपाई तीन छक्क पर्नुहुनेछ !

काठमाडौँ: – आज हामी संसारको अनौठो कानुनको बारेमा चर्चा गर्नेछौँ। यो यस्तो कानुन हो, जुन थाहा पाएर तपाई सोच्न बाध्य हुनुहुनेछ कि सरकारले त्यस्तो कानुन लागु गर्नुको कारण के होला। यस समय, यो भन्न गाह्रो छ, तर हामी तपाईलाई यस्ता अनौठो कानुनको बारेमा जानकारी अवश्य दिनेछौँ। तपाई ती कानुनहरुको बारेमा जानेर चकित हुनुहुनेछ। » यदि तपाई स्विट्जरल्याण्डमा हुनुहुन्छ र त्यहाँ रातको १० बजिसकेको छ भने भुलेर पनि आफ्नो ट्वाइलेटको फ्लश बटन नथिच्नुहोला। सोचमा पर्नुभयो होला कि यो कस्तो वाहियात कुरा हो…वास्तवमा यो गैरकानुनी हो। यदि तपाईले गर्नुभयो भने तपाईलाई सजाय…

पुरा पढ्नुहोस

प्रकाश मानलाई कोइराला परिवारको धोका : देउवालाई नै ‘पुरस्कृत’ गर्दै कांग्रेस !

काठमाडौं फागुन  १९ । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन ‘पार्टीका विध्वंसकारीलाई पुरस्कार’ हुन लागेको एक केन्द्रीय सदस्यले बताए । कांग्रेसले इतिहासमै नव्यहोरेको हार र अस्तव्यस्तताको निर्माणकर्ता असक्षम सभापति शेरबहादुर देउवालाई नै फेरि संसदीय दलको नेतामा छनौट गरी पार्टीलाई दुर्गतिमा पु¥याएवापत पुरस्कृत गरिन लागिएको चर्चा नेताहरुबीच चलेको छ । २०७२ फागुनको अन्त्यमा महाधिवेशन भएको र यो २०७४ फागुनमा दुई वर्ष बितिसक्दा पनि देउवाले पार्टीलाई पूर्णतादिन पदाधिकारी र केन्द्रीय सदस्यहरुको नियुक्ति नगरी पार्टीलाई अपाङ्ग  बनाएर राखेका छन् । साथै उनले केन्द्रीय विभागहरु समेतलाई पूर्णता दिन सकेका छैनन् । पार्टीका पदाधिकारी र विभाग…

पुरा पढ्नुहोस

यी व्यक्तिले हिम्मत नदेखाएका भए मारिने थिए श्रीलंकाको क्रिकेट टिमका सबै खेलाडी

आज ३ मार्च । यो दिन विश्व क्रिकेटको इतिहासमा एउटा कालो दिनको रुपमा चिनिन्छ । २००९ मा यही दिन पाकिस्तानमा खेल्नका लागि गएको श्रीलंकाको राष्ट्रिय क्रिकेट टिममाथि लाहोरमा आतंकवादी आक्रमण भएको थियो । यसमा खेलाडीहरुको ज्यान निकै मुस्किलले बचेको थियो । आतंकवादीहरु श्रीलंकाको पूरै टिमको ज्यान लिने उद्देश्यले आएका थिए तर एक व्यक्तिको हिम्मतले पूरै टिमको ज्यान बच्यो । २००९ मा श्रीलंकाको टिम पाकिस्तानसँग ३ टेस्ट र ३ वन डे खेल्नको लागि पाकिस्तान गएको थियो । १ मार्चदेखि सिरिजको दोस्रो टेस्ट सुरु भएको थियो । ३ मार्चका दिन खेल्नको लागि…

पुरा पढ्नुहोस

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले आइतबार देशैभरीका शैक्षिक संस्था बन्द गर्ने

काठमाडौँ !! नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले भोली आइतबार देशैभरीका शैक्षिक संस्था बन्द गर्ने भएको छ । उक्त संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर पक्राउ गरिएका नेता कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्तालको घोषणा गरेको हो । सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो…

पुरा पढ्नुहोस

एक बर्षमा ५० लाख पर्यटक भित्रयाउने – मुख्यमन्त्री

बिन्दु कुमार चौहान, १९ फागुन ,लुम्बिनी । लुम्बिनीमा बार्षिक १६ लाख पर्यटक आगमनमा कमी भईरहेको बेला प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाँच बर्षमा ५० लाख पर्यटक भित्रयाउने बताएका छन । सो कुरा उनले आज शनिवार बुद्धजन्म स्थल लुम्बिनी साँस्कृतिक नगरपालिका द्वारा खुल्ला दिशामुक्त समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन । आफनो जिम्मेवारी सम्हालेको पहिलो पटक बुद्धजन्म स्थल लुम्बिनीमा सार्बजनिक समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा बार्षिक ५० लाख पर्यटक भित्रयाई अर्थिक सम्बृद्धिको ढोका खोल्ने पाँच नं. प्रदेशको प्रमुख लक्ष्य समेत रहेको खुलासा गरे । मुख्यमन्त्री पोखरेलले ईण्डिया हुदै लुम्बिनी आई…

पुरा पढ्नुहोस

सन्दीप लामिछानेको कमाई: एक महिनाभित्र ५१ लाख

काठमाडौं– नेपाली क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने पछिल्लो एक महिना विश्व क्रिकेटमा चर्चित छन्। गत माघ १४ मा इन्डियन प्रिमयर लिग (आइपिएल) मा आवद्ध हुँदै इतिहास बनाएका सन्दीप बिहीबार राति क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि छनोट हुन सफल भए। करिअरमा ठूलो फड्को मारेका सन्दीपले एक महिनाको बीचमा झन्डै ५१ लाख रुपैयाँ कमाइसकेका छन्। सन्दीप आइपिएल टिम दिल्ली डेयरडेभिल्समा ३२ लाख नेपाली रुपैयाँमा आवद्ध भएका हुन्। सरकारले आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बनेको नेपाली टिमलाई जनही ३ लाख रुपैयाँ दियो। मदन भण्डारी क्रिकेट एकेडेमीले पनि नेपाली…

पुरा पढ्नुहोस

प्रहरी भन्छ- सिलवाल संसद भवन छिरेको हामीलाई थाहा छैन

काठमाडौं, १९ फागुन- सरकारी दस्तावेज किर्ते गरेको अभियोग लागेका पूर्वडिआइजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र देखिए पनि प्रहरीले यसबारे अविज्ञता प्रकट गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका सिलवाल संघीय संसद भवन बानेश्वरभित्र देखिएपछि प्रतिक्रिया माग्दा प्रहरी प्रवक्ता मनोज नेउपानेले यसबारे आफूलाई जानकारी नभएको बताए । ‘मलाई यसबारे थाहा छैन, म बाहिर छु, हाम्रो काठमाडौंको एसएसपीलाई थाहा होला, सोध्नुस् न,’ नेउपानेले लोकान्तरसँग भने । त्यसपछि काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलसँग सम्पर्क गर्दा उनले पनि आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।…

पुरा पढ्नुहोस