‘खेलाडीहरू नै नायक भएको देश’, यस्तो छ विश्वकप छनोट यात्रामा नेपाली क्रिकेट !

नेपाल मात्र यस्तो देश हो, जसले सानो खुसीलाई पनि ब्रान्डेड बनाइदिन्छ। त्यही खुसी ब्रान्डेड बन्यो नेपालका लागि। विश्वका अन्य देशका लागि औसत मानिएला तर नेपालका लागि विश्वकप छनोट यात्राका दौरान जे भयो, त्यो ब्रान्डेड नै भयो। त्यही भएर त अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले लेखे ‘खेलाडीहरू नै नायक भएको देश।’  निर्धारित ५० ओभरमा १९५ रनको लक्ष्य पछ्याउँदै थियो र नेपालको अवस्था १४४ मा नौ विकेटमा रहँदा पनि समर्थकले स्क्रोल रिफ्रेस गर्न छोडेका थिएनन्, जहाँबाट जीत निकाल्नु असम्भवप्राय: मानिएको थियो। अझ भनौँ, निकै दुर्लभ संयोग मिल्यो र जीत निकाल्यो। यो नेपाली क्रिकेटको विश्व क्रिकेट लिग डिभिजन २ को एक प्रसंग हो। जीतका लागि…

पुरा पढ्नुहोस

काजकिरिया नगर्दा पितृ रिसाएर, आफन्त बिरामी भएको भन्दै लाञ्छना !

नेपालगञ्ज– बिरामी नहुने त मान्छे नै हुँदैनन्। कमला पन्त कुँवर पनि बिरामी भइरहन्छिन्। आफन्तहरु पनि बिरामी हुन्छन्। त्यसबेला उनलाई आफन्तहरुले भन्छन्, ‘श्रीमानको काजक्रिया नगरेकाले पितृ रिसाएका हुन्।’कमला बेपत्ता पारिएका व्यक्तिका श्रीमती हुन्। सशस्त्र द्वन्द्वका क्रममा कमलाका श्रीमान रुकुमसिंह कुँवरलाई सुरक्षाकर्मीले लगेर बेपत्ता पारेका थिए। अहिलेसम्म उनको अत्तोपत्तो छैन। कमला भन्छिन्, घरपरिवारबाट श्रीमानको काजक्रिया गर्न दबाब आएको छ । लाश र सासको ठेगान नै नहुँदा कसरी काजक्रिया गर्ने ?’ न्यायका लागि द्वन्द्वपीडित समाज, बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीलाई पनि आफन्तहरुले श्रीमानको काजक्रिया गर्न दबाब दिइरहेका छन्। आफन्तहरु कोही बिरामी हुँदा काजक्रिया नगरेर…

पुरा पढ्नुहोस

प्रदेश २ मा मधेशी–वामगठबन्धनको सरकार नबन्ने निश्चित !

वामगठबन्धनको सरकारले मधेश केन्द्रित दलहरुको माग बमोजिम संविधान संसोधन गर्ने र मधेशी गठबन्धनको सरकार रहेको प्रदेश–२ मा वामगठबन्धनपनि सामेल हुने सम्भावना तत्कालका लागि अन्त्य भएको छ। बुधबार प्रदेश–२ मा भएको मन्त्री मण्डल विस्तारसँगै मधेशी–बाम गठबन्धनको सरकार बन्ने सम्भावना समाप्त भएको हो।दुई हप्ताअघि नै प्रदेश–२ मा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री नियुक्त भएपनि २ जनामात्र मन्त्री नियुक्त भएका थिए। केन्द्रमा वामगठबन्धनको सरकारमा फोरम–राजपालाई सहभागी गराउने प्रयाससँगै प्रदेश–२ को सरकारमा पनि एमाले–माओवादी केन्द्र सहभागी हुने अनुमान गरिएको र प्रयासपनि त्यसैतर्फ केन्द्रित थियो। कतिसम्म भने, प्रदेश–२ मा एमाले संसदीय दलका…

पुरा पढ्नुहोस

टेलिकमले ल्यायो आकर्षक होली अफर, डाटा प्याकसिहत अन्य सुबिधा ! मौकाको फाइदा उठाउनुहोस |

१६ फागुन, काठमाडौं । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ ल्याएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ । अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ…

पुरा पढ्नुहोस

तेह्र दिनको काजक्रिया पाँच दिनमा सिध्याउने !

काठमाडौँ, १६ फागुन । परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ ।फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया सके ।ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहेका उनका ८८ वर्षीय पिता पनि पाँच दिनमै क्रिया सक्न सहमत भएकाले सजिलो भएको बताउँछन् । पाँच दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी भएका थिए । “मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ, बढी उमेरका मानिसलाई विभिन्न…

पुरा पढ्नुहोस

तिर्नुस् कर अब घरबाटै !

सरकारलाई राजश्व तिर्न जाँदा वा सरकारसँग भुक्तानी लिंदा तपाईंले सास्ती ब्यहोर्नुभएको छ? लाइनको झन्झट भोग्नुभएको छ वा धेरै समय खेर गएको छ भने अब बिस्तारै त्यसबाट छुटकारा पाउनुहुनेछ।सरकारले २०७५ वैशाख १ देखि सबै प्रकारका सरकारी आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले कार्यभार सम्हाल्दा पहिलो निर्णय नै यही गरेका छन्। यो निर्णय कार्यान्वयनमा गएपछि करदाता र सेवाग्राहीले सरकारसँग कारोबार गर्दा बैंक वा सेवा केन्द्रसम्म धाउनु पर्नै छैन। विद्युतीय भुक्तानी प्रणाली लागू गरेपछि उपभोक्ताले भुक्तानी लिन र पैसा दिनकै लागि आफैं उपस्थित हुनु पर्ने झन्झटबाट पनि छुटकारा…

पुरा पढ्नुहोस

स्वैच्छिक अवकाशको सुविधाले सरकारको निजामती सेवा अप्ठेरोमा , अवकाशको उमेर बढाउनमा जोड !

नेपाल सरकारको निजामती सेवा अप्ठेरोमा परेको देखिँदैछ । किनभने एकैपल्ट करिब पाँच हजार कर्मचारीले स्वैच्छिक अवकाशको सुविधाको उपयोग गर्ने स्थिति आइपरेको छ । सातवर्षको निवृत्तिभरण (पेन्सेन) अग्रिमरूपमा एकमुष्ट पाइने र पछि निवृत्तिभरण निरन्तर रहने प्रस्ताव आकर्षक भएकोले नै होला, विशिष्ट श्रेणीका सचिव समेतका उच्चपदस्थ अधिकृतहरूले समेत सेवाबाट अवकाश लिने इच्छा प्रकट गरेका छन् । नयाँ खुलेका प्रदेश सचिवालयहरूमा जाने अनिच्छाले पनि कतिपय कर्मचारीलाई स्वैच्छिक अवकाश लिनेतर्फ प्रेरित गरेको जानकार क्षेत्रमा चर्चाको विषय भएको छ । प्रशासनमा बसेर काम गर्दा योग्यता, दक्षता र कार्यकुशलता छँदाछदै पनि वृत्तिविकासमा पछि परिने अवस्थाको सिर्जना…

पुरा पढ्नुहोस

प्रदेश २ मा मन्त्रिमण्डल बिस्तार हुने प्रक्रिया जारि, आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै !

धनुषा, १६ फागुन – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ । संघीय समाजवादी फोरम र राजपाले पाँच–पाँच जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो । दुवै पार्टीले दुई–दुई जना मन्त्री र तीन–तीन जना राज्यमन्त्रीको नाम टुंगो लगाएका छन् । फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले बताउनुभयो । शपथ ग्रहण कार्यक्रम आजका लागि तय गरिएको छ । यता राजपाले आज शपथ लिने…

पुरा पढ्नुहोस

फागुन २० गते , सबै स्कुल, कलेज बन्द हुने, (बिज्ञप्तिसहित) देशब्यापी शैक्षिक हडताल !

काठमाडौँ – फागुन २० गते देशभरका स्कुल तथा कलेजहरु बन्द हुने भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)ले  देशब्यापी आम शैक्षिक हडताल आव्हान गरेपछि देशभरका सबै स्कुल कलेजहरु बन्द हुने भएका हुन्  । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल गर्ने बताएको छ ।  पार्टीले बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । हेर्नुहोस् बिज्ञप्ति   

पुरा पढ्नुहोस

पूर्वाधार विकासमा ६ खर्ब लगानी गर्ने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँग मिलेर आर्थिक विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रसँग मिलेर पूर्वाधारको विकासमा वार्षिक ६ खर्ब रुपैयाँ लगानी गर्ने उनले बताए । औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक विकास सरकारको मुख्य लक्ष्य रहेको भन्दै उनले निजी क्षेत्रका समस्याबारे आफू जानकार रहेको र त्यसलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाए । आजको कारोबार दैनिकमा खबर छ । खतिवडाले एकदेखि दुई खर्ब सरकारले लगानी गर्ने र बाँकी रकम निजी क्षेत्रबाट जुटाउने जानकारी दिए । उनले निजी क्षेत्रले निर्धक्क भएर लगानी गर्ने वातावरणस्वरूप सरकारले लगानी…

पुरा पढ्नुहोस