काठमाडौंमा सवारी दुर्घटनामा १०५ को मृत्यु !

काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७४-०७५ को ६ महिनामा १०५ जनाले ज्यान गुमाएका छन्। महाशाखाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन्। यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः ४, ३, २, १ र १ जनाले ज्यान गुमाएका हुन्। उपत्यकामा आर्थिक वर्ष २०६९-७० मा १४८, आव २०७०-७१ मा १४३, आव २०७१-७२ मा १३३, आव २०७२-७३ मा १६६ र आव २०७३-७४ मा १८२ जनाले ज्यान गुमाएका थिए। महाशाखाका प्रमुख सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउछन्। “दुर्घटनामा…

पुरा पढ्नुहोस

अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न ! श्रीमान् बोनी कपूरलाई दुबई प्रहरीले सोधपुछ गर्ने |

मुम्बइ । दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ ।दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उनको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचार प्रकाशन प्रशारण गरेका छन् ।उनको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् ।यसैबीच श्रीदेवीको पार्थिक शरीरलाई मङ्गलबार पनि स्वदेश ल्याइएको छैन । कतिपय समाचारमा उहाँले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइएपनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी…

पुरा पढ्नुहोस

होलीमा बन्दैछ शनि को दुर्लभ योगः यी ७ राशिको चम्किँदैछ भाग्य !

एजेन्सी । ज्योतिषाचार्यका अनुसार यो वर्ष होलीमा शनि ग्रहको दुर्लभ संयोग बनेको छ । यो संयोग धेरै समयपछि बनिरहेको छ । भनिएको छ कि होलीको दिन शनि धनु राशिमा हुनेछ । यो भन्दा पहिला यो संयोग १९९० मा बनेको बताइएको छ । यस संयोगले कयौँ राशिका मानिसहरुलाई आउने समयमा लाभ दिलाउने छ । खासगरी यी ७ राशिका व्यक्तिहरुको लागि यसले शुभदिनको संकेत गरेको छ । ती राशिहरु यसप्रकार छन्ः मेष यस राशिका मानिसहरुको सोचमा ठूलो परिवर्तन देखिनेछ । लक्ष्यमा ध्यान केन्द्रित गर्नाले लाभ हुनेछ । यस राशिका व्यक्तिको जीवनमा खुशीयाली बढ्नेछ…

पुरा पढ्नुहोस

आउदै गरेको होलि पर्व लक्षित गर्दे महानगरीय प्रहरीको येस्तो नियम !

महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ ।परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले फागु पूर्णिमा (होली पर्व)का बेला जिल्लामा कुनै पनि किसिमको आपराधिक एवं अवाञ्छित गतविधि गरे सार्वजनिक अपराध ऐनअन्तर्गत कडा कारबाही गर्ने बताए । फागु पूर्णिमाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै उनले सुरक्षा योजना तयार गरी थप पिकेट, तलाशी, गस्ती, मोबाइल गस्तीका लागि स्ट्राइकिङ, रिजर्भ, सादा पोशाकका प्रहरी, पर्यटक प्रहरी र ट्राफिक प्रहरीलाई व्यापक रुपमा परिचालन गरिएको जानकारी दिए ।उनका अनुसार फागुका लागि पर्चा वितरण, सार्वजनिक स्थानमा…

पुरा पढ्नुहोस

राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट ! सक्कली र नक्कली छुट्याउनै गाह्रो !

काठमाडौं: दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए।औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो। उनले तत्कालै प्रहरीमा खबर गरे । कालिमाटी वृत्तको प्रहरीले औषधि खरिद गर्ने धनुषाका धीरजबहादुर ठकुरी र भोजपुर खावाका निगम राईलाई पक्राउ गर्‍यो।महानगरीय प्रहरी वृत्त कालिमाटीमा लगेर उनीहरुलाई केरकार गरेपछि नोट दिने एमएस मोटरसाइकल ग्यारेजका सञ्चालक मनोज केसीको नाम पोले । प्रहरीले केसीलाई सोमबार एकथान पाँच सयको जाली नोटसहित पक्राउ गर्‍यो । केसीले सोलु तिम्ला घर भई कपन बस्ने भेषकुमार थापामगरको नाम पोले…

पुरा पढ्नुहोस

टस जितेर ब्याटिङ गरेकाे युएर्इलार्इ पहिलाे झट्का ! (ताजा अपडेट)

विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्स युएईको अभ्यास खेलमा युइर्इले टस जितेर ब्याटिङ राजेकाे छ । टस जितेर ब्याटिङ गरेकाे युएर्इलार्इ सुरुवाती झट्का लागेकाे छ । नेपालका बलर ललित भण्डारीले युएर्इका राेहन मुस्ताफालार्इ ४ रनमा अाउट गराएका हुन् । भण्डारीकाे बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् ।ताजा अवस्थामा युइर्इ ४ अाेभरमा १४ रन बनाएकाे छ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नै सुरु हुनुपर्ने भए पनि मैदान भिजेका कारण टस हुन सकेको थिएन। नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता…

पुरा पढ्नुहोस

नवराज सिलवाल पक्राउ होइन अब मन्त्री पद् मा नियुक्ति हुने ! (पुराखाबर )

काठमाडौ । नवराज सिलवाल गृहराज्यमन्त्री हुने भएका छन् । ललितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको स्रोतको दावी छ ।जसका लागि प्रचण्डले रामबहादुर थापा बादललाई समेत कन्भिन्सगरिसकेका छ्न । अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो ।फौजदारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरु आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताएका छन् ।फागुन…

पुरा पढ्नुहोस

‘गिनिज वल्र्ड रेकर्ड’ राख्न बृहत्त रक्तदान कार्यक्रम हुदै ! सक्दो शेयेर गरि सबैलाई सहभागिताको लागि आह्वान गरौ |

काठमाडौं, १५ फागुन । विभिन्न सामाजिक संघ–संस्थाहरुको आयोजनामा यही फागुन २४ गते ‘एनआईसी एशिया रक्तदानको लागि गिनिज वल्र्ड रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स क्लब काठमाडौं नेपाल तथा लायन्स क्लब काठमाडौं हिमचुलीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो । काठमाडौंको टुडिँखेलमा आयोजना गरिने उक्त रक्तदान कार्यक्रमले नेपालको नाम विश्वसामु फैलाउन मद्दत पुग्ने आयोजकहरुले विश्वास लिएका छन् ।लायन्स क्लब काठमाडौं नेपालका अध्यक्ष अखिल श्रेष्ठले नेपालको स्वास्थ संस्थामा विधमान् रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि उक्त कार्यक्रम गर्न…

पुरा पढ्नुहोस

संघीय संसद्को प्रथम अधिवेशनको तयारी, चौधरी र सिलवालको हकमा यस्तो निर्णय !

काठमाडौँ । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ ।दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ (१०) बमोजिम गर्नुभएको आह्वानअनुसार यही फागुन २१ गते अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक बस्नेछ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दुवै सदनका सदस्यको शपथ र…

पुरा पढ्नुहोस

पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग !

फागुन १५: दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हेले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।यो मुद्दामा गएको झण्डै एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गएको वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।यस मुद्दाको सुनुवाई दक्षिण कोरियाको…

पुरा पढ्नुहोस