यूएईविरुद्ध नेपाल ४ विकटले विजयी, पारसको अर्धशतक

२८ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ ।

पुरा पढ्नुहोस

राशिफल मिति 2074-10-29 गते सोमवार

मेष– उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । वृष– नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । मिथुन– तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । कर्कट– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । सिंह– विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ…

पुरा पढ्नुहोस

रसियाली विमान दुर्घटना, सबै ७१ यात्रुको ज्यान गएको आशंका

काठमाडौं– रसियाको मस्को विमानस्थलबाट युरल्सका लागि उडेको साराटोभ एयरलाइन्सको विमान मस्कोको दक्षिणपूर्वी भेगमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार रहेको र उनीहरु जिवितै रहने सम्भावना कम रहेको बीबीसीले उल्लेख गरेको छ । एन्टोनोभो–१४८ कल साइनको उक्त विमान मस्कोस्थित विमानस्थलबाट उडेको केहि मिनेटमै सम्पर्क विहिन भएको थियो । विमानमा ६ चालक दलका सदस्य र ६५ यात्रु सवार थिए ।

पुरा पढ्नुहोस

सिद्धबाबा दर्शनकालागि शिवरात्रीमा छुट्टै बस सेवा

बुटवल, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर बिकास समितिले शिवरात्रीको दिन बुटवलको योगीकुटीदेखि सिद्धबाबासम्म बस सेवा सञ्चालन गर्ने भएको छ ।नीजि बस व्यबसायीसंग सहकार्य गरेर बिहानैदेखि मध्यान्न १२ बजेसम्म भक्तजनलाई सुविधान दिनकालागि ४ वटा बस सेवा सञ्चालन गर्न लागिएको मन्दिर बिकास समितिका अध्यक्ष दलबहादुर गुरुङ्ले जानकारी दिनुभयो ।यहि फागुन १ गते परेको शिवरात्रीमा सिद्धबाबामा बिशेष मेला लाग्ने भएकोले भक्तजनको समेत भिडभाड हुनेहुँदा भक्तजनलाई दर्शनकालागि सहज व्यबस्थापन मिलाईएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।मन्दिर जान पनि समस्या नहोस भन्नकालागि छुट्टै बस सेवा सञ्चालन गर्न लागिएको र मन्दिरमा…

पुरा पढ्नुहोस

पाँच नम्बर प्रदेशको स्थायी राजधानी बुटवल नै हो : पौडेल

बुटवल, २८ माघ । नेकपा एमालेका उपमहासचिव तथा संघीय संसदका सदस्य विष्णु पौडेलले पाँच नम्बर प्रदेशको स्थायी राजधानी पनि बुटवल नै हुने बताउनु भएको छ । काँग्रेस नेतृत्वको सरकारले अस्थायी मुकाम रुपन्देहीको बुटवल तोकेर सोही अनुसार संवैधानिक प्रकृयाका कामहरु भईरहँदा नयाँ बन्ने सरकारले के गर्दा भन्ने जिज्ञासाका विच उहाँले अव बन्ने सरकारले पनि बुटवललाई नै पाँच नम्बर प्रदेशको स्थायी केन्द्र बनाउने बताउनु भएको हो ।उहाँले प्रदेशको केन्द्र बुटवल भएपनि समग्र प्रदेशलाई विकासको गतिमा अंगाडी बढाउन प्रतिवद्ध रहेको बताउनु भयो । पश्चिम नेपाल बस व्यबसायी संघको २३ औं साधारण सभा तथा…

पुरा पढ्नुहोस

भारतीय सैन्य क्याम्पमा आक्रमण, कम्तिमा ९ जना मारिए

कश्मिर: जम्मुस्थित पाकिस्तानसँग सिमाना जोडिएको इलाकास्थित भारतीय सैन्य क्याम्पमा शनिबार रातिदेखि भएको आक्रमणमा कम्तिमा पनि ९ जना मारिएका छन् । जम्मुको सुन्जवानमा रहेको भारतीय सेनाको क्याम्पमा भएको आक्रमणमा ५ भारतीय सैनिक, एक सर्वसाधरण र ३ जना आक्रमणकारी मारिएका हुन् । यो सैन्य क्याम्पमा ३५ घण्टादेखि भिडन्त जारी छ । यस भिडन्तका क्रममा अहिलेसम्म पाँचजना भारतीय सैनिक मारिएका छन् भने एक जवानका बाबु पनि यो घटनामा मारिएका छन् । भिडन्तका क्रममा ११ जवान घाइते भएका छन् । जसमा महिला र बालबालिका पनि परेका छन् । आतंकवादी हमलाको जाँचका लागि नेशनल इन्वेस्टिगेशन…

पुरा पढ्नुहोस

पार्किङस्थलको अभावमा आकाशमा ‘होल्ड’ हुन्छन् जहाज

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने स्थिति आएको हो । ट्राफिक चाप बढेका कारण हेटौँडा, नौबिसे, नगरकोट, बनेपामाथिको आकाशमा जहाज होल्ड गर्नुपरेको विमान कम्पनीले जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले पार्किङ र जहाजको चापका कारण लामो समयसम्म जहाज आकाश नै उडाइराख्नुपर्ने समस्या देखिएको बताए । फागुन…

पुरा पढ्नुहोस

अरुण तेस्रो जलविद्युत् आयोजनाको भवनमा बम विस्फोट

संखुवासभाः बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणस्थल पुखुवास्थित कार्यालय भवनमा शनिबार राति अज्ञात समुहले बम बिस्फोट गराएको छ । दिदिङ्ग गाउँपालिका–३ पखुवामा रहेको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए । बमले आयोजनाको पाँच कोठे उक्त भवनका दुई कोठा पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । त्यस स्थानमा दुई वर्षअघि पनि विप्लप समुहले त्यही भवनमा आगजनी गरेका थिए । विष्फोटबाट भएको क्षतिबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । प्रहरीले कुकर बम पड्काएको अनुमान गरेको छ । घटनाको हालसम्म कुनै समुहले जिम्मेवारी लिएको…

पुरा पढ्नुहोस

भूकम्पपीडितले अझै पाएनन् निर्ब्याजी ऋण

२८ माघ, काठमाडौं । सरकारले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि दिएको अनुदान रकम अपुग भएमा आवास निर्माणका लागि थप ऋण दिने कार्यक्रम ल्याए पनि सो प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसअघि सरकारले भूकम्पमा पूर्णरुपमा घर क्षति भएकालाई रु तीन लाख अनुदान घोषणा गरेकामा यही माघ १० गतेको मन्त्रिपरिषद् बैठकले रु एक लाख थप गर्ने निर्णय गरेको थियो । भूकम्पलगत्तै अनुदानबाहेक आवश्यकताअनुसार घर पुनःनिर्माणका लागि दुई प्रकारका ऋण दिने घोषणा सरकारले गरेको थियो । बन्दै गरेको घर धितोमा राखी रु तीन लाखसम्म निब्र्याजी ऋण दिने र काठमाडौँ उपत्यकामा रु २५ लाख…

पुरा पढ्नुहोस

कोरियामा फेरी एक नेपालीको क्रेनमा चेपिएर निधन.LIVE भिडियो क्रेन दुर्घटनाको,कैद क्यामारामा(भिडियोसहित)

पछिल्लो समय कोरियामा औधोगिक दुर्घना हुनेक्रम बढ्दो छ । यसैक्रममा हिजो शुक्रबार विहानै कोरियाको ख्यागंसाइ० नाम्दो बुसानको यांसान स्थित एक फलाम कम्पनीमा कार्यरत काठमाण्डौ गोकर्ण निवासी ४० वर्षिय कृष्ण केसीको औधोगिक दुर्घटनामा परी निधन भएको छ । कम्पनीमा विहान काम सुरु गरेकै बेला क्रेनमा चेपिएर घटना स्थलमै निधन भएको ख्यागंसाइ० नाम्दो क्षेत्रका एचआरडी कर्मचारी स्नेह तामाइ०ले बताइन । तीन वर्ष अघि इपिएस मार्फत काम गर्न आएका मृतक केसी शुरुदेखि नै सोही कम्पनीमा काम गर्दै आएका थिए । करिब डेड सय जति कर्मचारी रहेको सो कम्पनीमा १६ जना नेपाली कामदार रहेका…

पुरा पढ्नुहोस