बङ्लादेशका पूर्वप्रधानमन्त्रीलाई पाँच वर्ष जेल सजाय

ढाका — बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई पाँच वर्ष जेल सजायको फैसला सुनाएको हो । कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गरेको अधिकारीहरूले जनाएका छन् । अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दस/दस वर्षको जेल सजाय सुनाएको छ । बङ्लादेशका कानूनमन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भने, “उहाँ (खालिदा जिया)लाई बिहीबार नै जेलमा लगिनेछ ।” उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताए…

पुरा पढ्नुहोस

राशिफल मिति 2074-10-26 गते शुक्रवार

मेष– परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । वृष– प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ । मिथुन– अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । कर्कट– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । सिंह– ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । कन्या– प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । तुला– छर–छिमेकमा…

पुरा पढ्नुहोस

अशोकले घोषणा गरे ‘जय भोले’, स्वस्तिमासँग खगेन्द्रको रोमान्स

काठमाडौं –लामो समयपछि निर्माता निर्देशक अशोक शर्माले नयाँ चलचित्र घोषणा गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै उनले आफुले बनाउने नयाँ चलचित्र ‘जय भोले’ घोषणा गरेका हुन् । चलचत्रिमा खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद रहेको चलचित्र १ फागुनबाट छायाँकनमा जानेछ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य रहने चलचित्रमा एक्सन रोशन विक्रम भट्टराईको रहनेछ । झापा…

पुरा पढ्नुहोस

शरद भेषावकर पनि बाहिरिए, नेपाललाई जितका लागि ३६ रन आवश्यक

माघ २५ –आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालको पारी कमजोर बनेको छ । आशा गरिएका शरद भेषावकर आउट भएपछि नेपालको पारी धरापमा परेको हो । शरद र रोहित पौडेलले नेपालको पारी सम्हाल्दै ३७ रनको साझेदारी गरेपछि शरद थाङेनी लुगामेनीको बलमा क्रेग विलियम्सबाट क्याच आउट भए । टिकेर खेलेका रोहित पाैडेल पनि १७ रनमा अाउट भएपछि नेपाल गर या मरकाे स्थितिमा पुगेको छ । त्यसअघि उनले ६७ बल खेल्दै २९ रन बनाए । उनले दुईवटा चौका पनि प्रहार गरेका थिए । भेषावकर आउट भएपछि उनको स्थानमा सोमपाल…

पुरा पढ्नुहोस

​कांग्रेसको आकस्मिक बैठक भोलि बस्दै

काठमाडौं, माघ २५ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाइएको र बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुने कांग्रेसले जनाएको छ । बैठकमा नेता डाक्टर मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन् । यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा, नयाँ सरकार गठन, प्रतिनिधिसभाका समानुपातिकतर्फबाट चुनिने सांसदहरुको नाम टुंगो लगाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

पुरा पढ्नुहोस

यी नेपाली युवाको कम्पनीले जित्यो ‘फेसबुक सोसल इण्टरप्रेनरसीप ग्रान्ड अवार्ड २०१७’

सामाजिक सञ्जाल फेसबुकले प्रदान गर्ने फेसबुक सामाजिक व्यवसाय (फेसबुक सोसल इण्टरप्रेनरसीप) ग्रान्ड अवार्ड २०१७ नेपालका अभिनव खनालको कम्पनीले जितेको छ। बिन भोयेजका सह-संस्थापक रहेका अभिनवले ५५ हजार डलर अवार्ड प्राप्त गरेका छन्। उक्त रकम बराबर फेसबुकले विज्ञापन र फेसबुक भाइस प्रेसिडेन्ट (भीपी) अफ ग्लोबल मार्केटिङ क्यारोलिनले क्षमता विस्तारको लागि मार्गदर्शन गर्नेछिन्। बिन भोयज एक सामाजिक संस्था हो जसले महिला कफी उद्यमीहरूलाई विश्वभर सहायता गर्छ। फेसबुकले ‘वान योङ वल्र्ड’ नामक सामाजिक संस्थासँग सहकार्य गर्दै यो अर्वाड दिने सुरूआत गरेको हो। फेसबुकमार्फत समाजमा सकारात्मक प्रभाव छोड्ने उद्यमीलाई फेसबुकले यो वर्षदेखि ‘सोसल इण्टरप्रेनरसीप…

पुरा पढ्नुहोस

​के हो ३० वर्षअघि मालदिभ्समा भारतीय सेनाले गरेको ‘क्याक्टस अपरेसन’ ?

माघ २५ – सन् १९८८ नोभेम्बर ३ तारिख । मालदिभ्सका राष्ट्रपति मौमू्न अब्दुल गैयूम भारत यात्रामा आउन लागेका थिए । उनलाई ल्याउनका लागि एउटा भारतीय विमान दिल्लीबाट उडिसकेको थियो । विमान आधा बाटोमा हुँदा नै भारतका प्रधानमन्त्री राजीव गान्धी अचानक दिल्लीबाट बाहिर जानुपर्ने भयो । राजीव गान्धीले गैयूमलाई फोन गरेर पछि भारत आउन सल्लाह दिए । तर गैयूमको विरुद्ध विद्रोह गर्ने योजना बनाएका मालदिभ्सका व्यापारी अब्दुला लुथूफी र उनका साथी अहमद इस्माइल मनिकले विद्रोह स्थगित नगर्ने बताए । उनीहरुले राष्ट्रपति गैयूम मालेमा भएको मौका पारेर विद्रोह गर्ने योजना बनाए ।…

पुरा पढ्नुहोस

यस वर्षकै पहिलो सूर्यग्रहण फागुन ४ गते: यी ७ राशिको चम्किनेछ भाग्य, ५ राशिलाई नोक्सान!

काठमाडौँ: लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् गफुं ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ । यो भन्दा पहिले गत महिना जनवरी ३१ मा पहिलो चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट देखिनेछ । यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरीपछि केही राशिहरुमा यसको नकारात्मक असर पर्नेछ भने केही राशिहरुको भाग्य चम्किने छ । मेष राशि ; चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा…

पुरा पढ्नुहोस

प्रदेश ३ को मुख्यमन्त्री मै हो, केपी ओलीको पनि समर्थन छ : पाण्डे

काठमाडौं– एमालेका नेता राजेन्द्र पाण्डेले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । काठमाडौमा बिहिबार भएको साक्षात्कारमा उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री चयन गर्छौ, यदि सहमति भएन भने निर्वाचनमार्फत अघि बढ्छौं, संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ, मेरो उम्मेद्धवारी हुन्छ, मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ ।’ नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको व्यक्ति भएको उल्लेख गर्दै भने,‘म ४ पटकसम्म लगातार संसदमा काम गरेको अनुभव…

पुरा पढ्नुहोस

गोपालमान श्रेष्ठले पोखे शिक्षा मन्त्री हुनुको दुख

भक्तपुर, माघ २५ – शिक्षक सेवा आयोगको स्थापना दिवसमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले आफू शिक्षा मन्त्री भएपछि शिक्षाका समस्यामा आफूलाई तगारो बनाइएको बताउनु भएको छ । स्थानीय तहसँगको शिक्षा मन्त्रालयको विवाददेखि शिक्षा क्षेत्रको भष्ट्राचार र शिक्षकको समस्यामा आफूलाई तगारो बनाइएको शिक्षा मन्त्रीको दावी छ । भक्तपुरको सानोठिमीमा शिक्षक सेवा आयोगको दोस्रो स्थापना दिवसमा बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयका कर्मचारी र स्थानीय तहबीच द्धन्द्ध बढेको बताउनु भएको छ । ‘शिक्षा मन्त्रालय र मातहतका कार्यालयहरु विघटन गरिएको छैन तर स्थानीय तहले सबै अधिकार पायौँ…

पुरा पढ्नुहोस