हेनोस् डरलाग्दो तथ्यांक : वार्षिक ६ अर्बको विजुली चोरी र चुहावटमा खेर जान्छ

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले जतिसुकै हल्लाखल्ला गरेर प्रचार गरेपनि देशभर नै करिब ६ अर्ब २० करोड बराबरको विद्युत् चोरी र चुहावट हुने गरेको पाइएको छ । प्राधिकरणले आन्तरिक रुपमा गरेको अध्ययनअनुसार चोरी र चुहावटको मात्रा केही कम भएपनि औसतमा भने ठूलो परिमाणमा विद्युत् चोरी र चुहावट अझै पनि भइरहेको पाइएको छ । प्राधिकरणले पछिल्लो समयामा तराईका विविभन्न जिल्ला र राजधानी काठमाडौँमा आक्रामक रुपमा चोरी नियन्त्रण अभियान सञ्चालन गरेको छ । तर परिणाम भने आशातित रुपमा सफलता हासिल गर्ने खालको नभएको पाइएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको अन्तयसम्म विद्युत्…

पुरा पढ्नुहोस

द्वन्द्वकालमा मारिएका सेनादेखि कर्मचारीसम्मलाई शहीद घाेषणा

सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलामिलाप आयोगको कार्यकाल सकिएकाले एक वर्ष म्यद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । सूचना तथा सञ्चारमन्त्री बस्नेतले बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना म्याद थप्ने निर्णय गरेको पनि बताए

पुरा पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै भएको रहस्यमय दुर्घटनामा सानु बनको मृत्यु

काठमाडौं । नेपालको एउटै मात्र अन्तराष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको दुर्घटनामा थाई एअरवेजका कर्मचारीको मृत्यु भएको छ । नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्यांकरले सोमबार ठक्कर दिँदा थाई एअरवेजका सिनियर टेक्निसियन काठमाडौं कोटेश्वर बस्ने ५५ वर्षीय सानु बनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो । ट्यांकर चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिई छानबिन अघि बढाएको छ। चालक नेपाल आयल निगमकै कर्मचारी हुन् । विमानस्थलभित्रै यसरी भएको दुर्घटना रहस्यमय भएको पीडितका आफन्तहरुले बताएका छन् ।

पुरा पढ्नुहोस

राशिफल मिति 2074-10-23 गते मंगलवार

मेष– आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । वृष– सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । मिथुन– आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । कर्कट– स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । सिंह– चल हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । कन्या–…

पुरा पढ्नुहोस

प्रदेशसभा सदस्यको एउटै स्वर ः अरुभन्दा समृद्ध बनाउँछौँ

पोखरा, २२ माघ ९रासस०ः प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरुले प्रदेश नं ४ लाई अरुभन्दा समृद्ध बनाउने अठोट गरेका छन् । उनीहरूले हिमालदेखि तराईसम्मका भूभाग समेटिएको सो प्रदेशमा उपलब्ध प्रचूर प्राकृतिक साधनस्रोतको उपयोग एकाकार भएर गर्ने बताए । प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, “सबैभन्दा शान्त, सुन्दर, समृद्ध र सभ्य प्रदेश बनाउन जनताले हामीलाई दिएको अवसरलाई खेर जान दिने छैनौँ ।” हरेक दृष्टिले समृद्धिका लागि सम्भावना बोकेको प्रदेशमा औद्योगिकीकरणको कमी भएको बताउँदै उहाँले पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनताको संख्या अन्य प्रदेशभन्दा निकै कम तुल्याइने प्रतिबद्धता गर्नुभयो । प्रदेशसभा…

पुरा पढ्नुहोस

‘अदालतको आदेशानुसार दुई आयोगको ऐन संशोधन हुनुपर्ने’

काठमाडौँ -द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिन सर्वोच्च अदालतको आदेशानुसार अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त हुने गरी दुई आयोगको ऐन संशोधन गर्नुपर्ने जरुरी देखिएको छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको समयावधि यही माघ २६ गते सकिँदैछ । सरकारले अध्यादेशमार्फत एक वर्षका लागि आयोगले समय थप गर्न चाहेका खण्डमा थप्न सकिने गरी ऐन संशोधन गरे पनि सरकारले दुवै आयोगको ऐन संशोधन गरेको छैन । राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘संक्रमणकालीन न्याय’ विषयको अन्तक्र्रियामा आयोगका अध्यक्ष अनुपराज शर्माले सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशानुसार ऐन संशोधन गरी सरकारले दुवै आयोगलाई…

पुरा पढ्नुहोस

​पूर्वमन्त्री शाहको अध्यक्षतामा नेपाल–रुस विज्ञान समाज गठन

काठमाडौं, माघ २२ – पूर्व विज्ञानमन्त्री गणेश शाहको अध्यक्षतामा नेपाल–रुस विज्ञान समाज गठन भएको छ । दुई देशको विज्ञानसम्बन्धी ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले सोमबार काठमाडौंको कमलपोखरीस्थित रुसी विज्ञान तथा संस्कृति केन्द्र अर्थात रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा शाहको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन भएको हो । शाह २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा विज्ञानमन्त्री हुनुहुन्थ्यो । यसै वर्ष शाह अध्यक्ष रहेको नेकपा संयुक्त र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । समाजको उपाध्यक्षमा डा. चिरञ्जीवी रेग्मी र महासचिवमा सुरेश भट्टराई चयन हुनु भएको छ । यस्तै सदस्यमा सुशीला उप्रेती,…

पुरा पढ्नुहोस

इन्टरनेट र भ्वाइस कलमा टेलिकमका यस्ता छन् अफर

नेपाल टेलिकमले उपभोक्ताहरुको लागि विभिन्न सेवामा अफर प्याकेजहरु ल्याएको छ। वार्षिकोत्वसको अवसरमा उपभोक्ताहरुलाई सहुलियत र अफर दिने घोषणा उसले गरेको छ। माघ २३ देखि फागुन ८ गतेसम्म अनलिमिटेड नाइट भ्वाइस प्याकेजमा ३ दिनका लागि ३५ रुपैयाँमात्र तिर्नुपर्ने छ। अनलिमिटेड अल टाइम डाटा ५० र नाइटको १५ रुपैयाँ एक दिनको लाग्ने छ। त्यस्तै माघ २९ गतेसम्मको लागि ५०, १०० र ५०० रुपैयाँको रिचार्जमा १० प्रतिशत, ५०० र १००० को रिचार्जमा १५ प्रतिशत बोनश टेलिकमले दिने छ।

पुरा पढ्नुहोस

छिनछिनमा भोक लाग्नु रोगको संकेत

टन्न खाना खाएपनि छिनछिनमा भोक लागिरहेको हुन्छ । भोक लाग्नु राम्रै हो तर आवश्यकताभन्दा बढी भोक लाग्नुमा कुनै रोग कारण हुनसक्छ । खाना आएपछि पेट खाली भएको लाग्यो भने यो समस्यालाई बेवास्ता गर्नु हुन्न । बारम्बार भोग लाग्नुको मुख्य कारणहरु यस्तो रहेका छन् । क्यालोरीको कमी: शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहार जरूरी हुन्छ । कम क्यालोरीयुक्त भोजनले छिट्टो भोक लगाउँछ । जतिखेर पनि खाना नखाएको अनुभव हुन्छ । त्यसैले क्यालोरीले भरपूर खानेकुरा खानुस् । प्रोटीन र फाइबरको कमी:भोजनमा प्रोटीन र फाइबर सही मात्रामा हुनुपर्छ । खानामा यसको कमी भएमा…

पुरा पढ्नुहोस

साझाले ल्यायो नेपालकै महंगो ‘सेमी लो फ्लोर’ सिटी बस

२२ माघ, काठमाडौं । साझा यातायातले शहरी सार्वजनिक यातायातका लागि नेपालकै पहिलो सेमी लो-फ्लोर (ज्यान) काठमाडौं ल्याएको छ । यो नेपालको सार्वजनिक यातायातमै सबैभन्दा महंगो र स्तरीय बस भएको छ । भारतीय कम्पनी अशोक ले-ल्याण्डले तयार गरेको बस भारतबाट सोमबार काठमाडौं ल्याइएको हो । अब यो बस रूट पर्मिट लिएर सञ्चालनमा अाउनेछ । साझाले एउटा सेमी-लो फ्लोर बससहित २० वटा सिटी बस र ल्याउन लागेको छ । यो बस झण्डै ३५ लाखमा किनिएको साझा यातायातले जनाएको छ । बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको…

पुरा पढ्नुहोस