मुस्लिम समुदायको आक्रोश ओली सरकारविरुद्ध दन्कियो, पुत्ला जलाएर आन्दोलन सुरु !भिडियोसहितः

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कमयुनिष्ट सरकारले सार्वजनिक विदा कटौती गरेपछि मुस्लिम समुदाय आन्दोलित बनेको छ। यसअघि मधेसीलाई हेपेर आलोचित बनेका ओली अहिले मुस्लिम समुदायको निशानमा परेका हुन्। प्रसंग हो मुस्लिम समुदायको महान चाड ईदको विदा कटौती । शनिबार र आइतबार परेको ईदमा एक दिन पनि विदा नदिएको र भएको विदा पनि कटौती गरेको भन्दै विराटनगरका मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन्। बिदा कटौतीको निर्णयको बिरोधमा हातमा कालो पट्टी बाँधेर नमाज पढेका यहाँका स्थानीयहरुले सरकारको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका छन्। इद जस्तो महान पर्वलाई राष्ट्रिय…

पुरा पढ्नुहोस

नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस

इटहरी । नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । थप बिवरण अाउन बाकी रहेकाे छ । 

पुरा पढ्नुहोस

अरुण तेस्रोमा पहिरोले थुनिएका चार जनाको ३९ घण्टापछि उद्दार

संखुवासभा  । शुक्रबार अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाईड निर्माणस्थल फ्याक्सीन्दा दोभानको सुरुङमा पहिरोले थुनिएका चार जनाको उद्दार गरिएको छ । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ३९ घण्टापछि सुरुङमा थुनिएका चार जनाको सकुशल उद्दार गरिएको हो । घटना लगत्तै उद्दारका लागि पहिरो पञ्छाउन थालिएको थियो । लगातारको बर्षा र पहिरोका कारण उद्दारमा ढिलाई भएपनि विष्फोटक पदार्थको प्रयोगबाट बैकल्पिक मार्ग बनाएर उनीहरुलाई निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । शुक्रवार कालिकोटको सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्लाको चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार तथा भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहारका नन्दकिशोर सुरुङभित्र पुरिएका…

पुरा पढ्नुहोस

नेपालगन्जलाई नमूना शहर बनाउन चालिँदैछ यस्तो महत्वपूर्ण कदम

नेपालगन्ज – शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बाँके जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा उहाँले नेपालगन्जको विद्युत् अनियमितताको समस्या पनि छिट्टै अन्त्य गर्ने, औद्योगिक विकासका पूर्वाधार बढाउँदै जाने र सार्वजनिकस्तरका भौतिक पूर्वाधारको निर्माणका लागि सक्दो प्रयास गर्ने आश्वासन पनि दिनुभयो । मन्त्री राईको थप भनाइ थियो, “अब बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाले पनि नागरिकलाई साथ लिएर काम गर्न सक्नुपर्छ, त्यसो गरियो भने मात्र विकास र समृद्धिमा नेपालगन्ज अगाडि बढन सक्छ ।” कार्यक्रममा बाँकेका प्रमुख…

पुरा पढ्नुहोस

सडकमा बगाए किसानले दूधकाे खाेला ! के गर्दै छ सरकार ?

नियानी, झापा। झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताउनुभयो । सात वटा गाई पाल्नुभएका उहाँले दैनिक २० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । “दैनिक २० लिटर दूध उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “यति धेरै दूध घरमै खपत हुँदैन, नबिकेपछि दही बनाएर गाईवस्तुलाई खोले दिने गरेका छौँ ।” सोही स्थानका अर्का पशुपालक किसान भवानी तिम्सिनाले ऋण काढेर…

पुरा पढ्नुहोस

बाजेको सेकुवा बन्द भए संगै काम गर्ने मजदुरले भने– हामी के गर्ने ?

बाजेको सेकुवा रेष्टुरेन्टका विभिन्न आउटलेट बन्द गरिएपछि मजदुरहरु बिचल्लीमा परेका छन्। वर्षौँदेखि कार्यरत थलो प्रहरीले बन्द गरेपछि रोजीरोटी खोसिएको भन्दै मजदुर आन्दोलनमा उत्रने तयारीमा छन्। ३३ किलो सुन तस्करी, सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले काठमाडौं उपत्यकाका ६ वटा आउटलेटमा सिल गरेपछि उनीहरुको जागिर गुमेको हो। रेष्टुरेन्ट सञ्चालक चेतनाथ भण्डारी सुन तस्करीमा संलग्नता रहेको तथा आर्जन गरेको रकम रेष्टुरेन्टमा लगानी गरेको छानबिन समितिले दाबी गरेको छ। ‘हामीले काम गर्ने थलोमा एक्कासी प्रहरी आएर शिल लगाइदिएको छ। सञ्चालकको अपराधमा हामीले समेत दण्ड पाएका छौँ’ १० वर्षदेखि सेफका रुपमा कार्यरत…

पुरा पढ्नुहोस

खानेपानी लिमिटेडले पेश गरेन पानीको विवरण

काठमाडौँ ।  खानेपानी महसुल निर्धारण आयोगले टं«कलाइन (मूल पाइप) बाट उपभोक्तालाई वितरण गरेको पानीको लाइन परिवर्तन गरी वितरण सञ्जाल बनाएर उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगले शुक्रबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेखी सबै उपभोक्ताई समानुपातिकरुपमा समय तालिका बनाएर पानी वितरण गर्न निर्देशन दिएको अध्यक्ष उपेन्द्रकुमार अधिकारीले राससलाई जानकारी दिनुभयो । आयोग नियमावली २०६४ को दफा १७ (७) अनुसार लिमिटेडलाई यस्तो निर्देशन दिइएको हो । “सबै ग्राहकलाई समय तालिकाको अनुशासन घेराभित्र ल्याउन तथा आयोगबाट समयावधि खुलाई माग गरिएको विवरण पेश गर्न लिमिटेडलाई पत्राचार गरिएकामा प्राप्त भएन, अब उप्रान्त समयमै मागेको…

पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको घर अगाडिनै येस्तो अवस्था ।

काठमाडौं, ३ असार–देशको पुरानो बजार र राजधानीको मुटु मानिने असन बजार वर्षा लागेसँगै हिलाम्मे हुने गरेको छ । पानी पर्दा ढल भरिने असनको पुरानै समस्या हो । अहिले नयाँ समस्या थपिएको छ, हिलो । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको घर समेत असनको लगनमा रहेको छ । काठमाडौं महानगरपालिकाको विकास गर्ने भन्दै जीत हातपारेका मेयर शाक्यले महानगरमा केही नगरेको आरोप लागिहेको बेला उनको दैलो असनको अवस्था हेर्दा महानगरपालिका र समग्र देशको अवस्थाको चित्रण हुन्छ । मेलम्ची खानेपानीको आयोजनाले पाइप विछ्याउन खनेको पाइपलाईन नपुर्दा पानी पर्नासाथ असन असारे खेत जस्तै बनेको छ…

पुरा पढ्नुहोस

“मेरो छोरीलाई पटक पटक छोरी भन्दै अंगालो हाल्थे, अन्तमा, बलात्कार गरि मारे नरपिचाशले”

काठमाडौं । गत जेठ ५ गते बलात्कारपछि हत्या गरिएकी डल्लुकी १० वर्षीया बालिकाको शव आठ महिनादेखि टिचिङ अस्पतालमै राखिएको थियो । डल्लुस्थित चाँगलमा डेरा गरी बस्ने १० बर्षीया अमृता नेपालीको जेठ ५ गते शुक्रबार बलात्कारपछि हत्या भएको थियो । पीडकलाई कारबार्ही नगरेसम्म परिवारले शव नबुझ्ने भनेपछि अमृताको शव महिनौदेखि टिचिङमै राखिएको थियो । मेरो छोरीले न्याय नपाएसम्म हामी शव बुझ्दैनौं, आमा सन्तोषीले भनिन् । न्याय दिने सवै निकायले न्याय दिन आनाकानी गरिरहेको उनको आरोप छ । शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप भएको र अमृतासँग ड्रेस नभएकाले त्यो दिन उनी घरमै बसेकी…

पुरा पढ्नुहोस

प्रधान सेनापति क्षेत्रीलाई प्रमुख अतिथि बोलाएर कार्यक्रममै अपमान !

भक्तपुर । प्रधानसेनापति राजेन्द्र क्षत्रीको भक्तपुरमा आयोजित एक कार्यक्रममा अनादर भएको स्वयम् कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । नेपाल तेक्वान्दो संघ प्रदेश–३ ले शनिबार प्रधानसेनापति क्षत्रीलाई प्रदेश–३ स्तरीय तेक्वान्दो प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहको प्रमुख अतिथि बनाएर अपमान गरेको सहभागीहरुले गुनासो गरेका हुन् । प्रमुख अतिथि बनाइएका प्रधानसेनापति क्षत्रीको नाम नै उल्लेख नगरी कार्यक्रम आयोजकले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेपछि उनीहरुले आपति जनाएका छन् । कार्यक्रममा उपस्थित भएका प्रधान सेनापति क्षत्रीले अन्य व्यक्तिले प्रमुख अतिथिको हैसियतमा हस्ताक्षर गरेको प्रमाणपत्र वितरण गरे । सेनापति क्षत्रीले भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले…

पुरा पढ्नुहोस