पहिलो टेष्ट खेलमा भारत विजयी

२४ मंसिर, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा पाहुना टोली भारतले जित हात पारेको छ । भारतले अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै चार खेलको टेष्ट सिरिज १-० ले लिड समेत गरेको छ । ३२३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले चौथो दिनको समाप्तिसम्म १०४ रन बनाउँदा आफ्नो महत्वपूर्ण चार विकेट गुमाएको थियो । पाँचौ दिन अष्ट्रेलियालाई जितको लागि २१९ रन आवश्यक थियो भने हातमा ६ विकेट बाँकी थियो । अष्ट्रेलियाको लागि हारबाट बच्ने अर्को अप्सन पनि थियो । तर अष्ट्रेलियाले पाँचौ दिन २९१ रन बनाउँदा सबै विकेट…

पुरा पढ्नुहोस

पोखराद्वारा भैरहवालाई २१६ रनको लक्ष्य, सुनिल, लेवी र कोएट्जरको विष्फोटक ब्याटिङ

२३ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्सलाई २१६ रनको कीर्तिमानी चुनौती पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१५ रन बनाएपछि भैरहवाले ठूलो लक्ष्य पाएको हो । यो लक्ष्य ईपीएलकै इतिहासमा सबै भन्दा ठूलो स्कोर हो । अहिलेसम्म ईपीएलको इतिहासमा २०० रनभन्दा स्कोर बनेको थिएन । पोखराका लागि रिचार्ड लेवीले उत्कृष्ट सुरुवात गर्दै ७९ रन बनाए । विष्फोटक ब्याटिङ गर्ने क्रममा उनले ३६ बलमा सात छक्का र सात चौका प्रहार गरेका…

पुरा पढ्नुहोस

न्युजिल्यान्डले टेस्ट सिरिज जित्यो

न्युजिल्यान्डले शनिबार पाकिस्तानमाथि १ सय २३ रनको जित निकाल्दै सिरिज २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानले २ सय ७९ रनको लक्ष्य पाएको थियो । शनिबार पाँचौँ तथा अन्तिम दिन पाकिस्तान ५६.१ ओभरमा १ सय ५६ रनमा समेटिएपछि न्युजिल्यान्ड ३ खेलका टेस्ट सिरिजमाथि कब्जा जमाएको हो । पाकिस्तानले चौथो इनिङ गतिलो ब्याटिङ गर्न सकेन् । न्युजिल्यान्डका ३ बलरले समान ३ विकेट लिएपछि पाकिस्तानले टेस्ट सिरिज गुमायो । टिम साउथीले ४२ रन खर्चेर ३ विकेट लिए । अजाज पटेलले ४२ रन दिएर ३ विकेट हात पारे । सोमेभिलले २० ओभरमा ५२ रन खर्चंदै पाकिस्तानका ३…

पुरा पढ्नुहोस

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीकाे पहिलो हार, चेल्सीसँग २-० गोलले पराजित

काठमाडाैं इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले पहिलो हार ब्यहोरेको छ । सिटी चेल्सीसँग दुई शुन्य गोलले पराजित बन्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा कान्टे र डेविड लुइजले एक–एक गोल गरे । रोमाञ्चक बनेको खेलको पहिलो हाफको अन्तिममा इडेन हाजार्डको पासमा कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । १५ खेलसम्म अपराजित यात्रा गरेको सिटीलाई पहिलो हार चखाउने क्रममा चेल्सीका लागि ७८ औं मिनेटमा डेविड लुइजले फेरी हाजार्डको पासमा गोल गर्दै अग्रता दुई शुन्यमा पु¥याए । त्यसपछि सिटी खेलमा फर्कन सकेन र पराजित भयो । सिटीको हारले लिभरपुललाई फाइदा…

पुरा पढ्नुहोस

इपीएल : राेमाञ्चक खेलमा विराटनगर ३ विकेटले विजयी

शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिगको पहिलो खेलमा विराटनगर वारियर्स ३ विकेटले विजयी भएको छ । ललितपुर प्याट्रियट्सले दिएकाे एक सय ५ रनको सामान्य लक्ष्य विराटनगरले १९.५ अाेभरमा ७ विकेटकाे क्षतिमा प्राप्त गरेकाे हाे । लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि करण केसीले नटअाउट ३६ रनकाे याेगदान गरे। विराटनगरका लागि अनिल शाहले ११ रन, आशिफ शेखले १९ रन र करण केसीले रनको योगदान गर्नु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंक जाेड्न सकेनन् । ललितपुरका लागि बलिङतर्फ गौरव टोमारले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दिप लामिछाने २ विकेट, ललित राजवंशीले १ विकेट…

पुरा पढ्नुहोस

युभेन्टससँग तेस्रो स्थानको इन्टर मिलान पराजित

लण्डन, २२ मंसिर । इटालीयन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टसले तेस्रो स्थानको इन्टर मिलानलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई १–० ले हराएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा युभेन्टसको जितमा मारियो मान्जुकीले गरेको गोल नै निर्णायक बन्यो । मान्जुकीले ६६ औँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका हुन् । यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् । जितपछि शीर्ष स्थानको युभेन्टसको १५ खेलबाट ४३ अंक भएको छ । उ दोस्रो स्थानको नापोली भन्दा ११ अंकले अघि रहेको…

पुरा पढ्नुहोस

पाकिस्तानविरुद्ध न्युजिल्यान्ड विजयी

एजेन्सी– पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिज न्युजिल्यान्डले २–१ ले जितेको छ । युएईमा सुक्रबार तेस्रो तथा अन्तिम टेष्टमा न्युजिल्यान्डले पाकिस्तानलाई एक सय २३ रनले हराउँदै सिरिज जितेको हो । न्युजिल्यान्डले दिएको दुई सय ८० रनको लक्ष्यसहित दोस्रो इनिङ थालेको पाकिस्तान ५६.१ ओभरमा सबै विकेट गुमाएर एक सय ५६ रनमा समेटिएको थियो । पाकिस्तानका बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ खेले । सर्फराज अहमेदले २८ र इमाम उलहकले २२ रन बनाए । न्युजिल्यान्डका टिम साउथे, अजाज पटेल र विलियमले समरभिल्लेले तीन तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको…

पुरा पढ्नुहोस

कारबाहीमा परे लिभरपुलका प्रशिक्षक क्लोप, के हो कारण

काठमाडौंः इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप कारबाहीमा परेका छन् । एभर्टनसँगको डर्बी भिडन्तमा खुसीयाली मनाउने क्रममा दुर्व्यवहार गरेको भन्दै फुटबल एसोसिएशनले कारबाही गरेको हो । घरेलु मैदानमा एर्भटनविरुद्वको खेलमा ९६ औ मिनेटमा जित हाँसिल गरेपछि प्रशिक्षक क्लोपले मैदानमा दगुर्दै खुसीयाली बनाएका थिए । उनी गोलकिपर एलिसनसंग गएर अंगालो हालेर खुसी साटासाट गरेका थिए । लिभरपुलले सो खेल १–० ले जित्दै प्रिमियर लिगको लिग लिडर म्यान्चेष्टर सिटी भन्दा २ अंकले पछाडी रह्यो । क्लोपले अन्तिममा सो गतिविधिमा माफी मागेका थिए । जर्मन प्रशिक्षक क्लोपले भने, ‘म माफी माग्छु । किनकी…

पुरा पढ्नुहोस

नेसन्स लिगः सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्ने

१८ मंसिर, काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ ।युरोपियन फुटबल एसोसिएसनले नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक गरेको हो । ड्रअनुसार सेमिफाइनलमा इंग्ल्यान्डले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल २०१९ को जुन ६ तारिखमा पोर्चुगलको गुइमरेसमा हुनेछ । त्यस्तै, अर्को सेमिफाइनलमा पोर्चुगलले स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । यो खेल जुन पाँच तारिखमा पोर्चुगलको पोर्टोमा हुनेछ । फाइनल खेल भने जुन ९ तारिखमा पोर्चुगलको पोर्टोमा हुनेछ ।

पुरा पढ्नुहोस

च्याम्पियन्स लिगमा नेयमारको रेकर्ड, बने सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टार नेयमारले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन् । बुधबार राति लिभरपुललाई २–१ ले हराएको खेलमा नेयमारले समेत गोल गरेका थिए । उनको गोलले पिएसजीलाई महत्वपूर्ण जित दिलायो नै सँगै उनले व्यक्तिगत रेकर्ड समेत बनाउन सफल भएका छन् । उक्त गोलसँगै उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी बनेका छन् । लिभरपुल विरुद्धको गोल नेयमारले च्याम्पियन्स लिगमा गरेको ३१ औं गोल थियो । योसँगै उनले काकालाई पछि पारेका छन् । च्याम्पियन्स लिगमा काकाले ३० गोल गरेका थिए भने रोनाल्डोले २७ गोल गरेका थिए ।…

पुरा पढ्नुहोस