एसईईको तयारी पूरा,प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक हुने

यही चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याइसकिएको जानाएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताए । उनले यस वर्ष नियमिततर्फ ५ लाख परीक्षार्थी एसईई परीक्षामा सामेल हुने जानकारी दिए । एक्जाम्टेडतर्फ भने ५० हजार परीक्षार्थी छन् । यस वर्ष केन्द्र र प्रदेश गरी कूल १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि खटाइने सुरक्षाकर्मी तथा निरीक्षक र गार्डहरु स्थानीय तहले नै खटाउने…

पुरा पढ्नुहोस

३४ परीक्षार्थी एसइई परीक्षा दिनबाट बञ्चित

पाल्पा / आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना…

पुरा पढ्नुहोस

शैक्षिक मेलाको तयारी पुरा

२ फाुगन, बुटवल । विद्यार्थीहरुलाई देशभित्र रहेका उत्कृष्ट शैक्षिक संस्थाको बारेमा जानकारी दिने उद्येश्यका साथ शैक्षिक मेला रुपन्देहीमा हुने भएको छ । फागुन ६ र ७ गते बुटवलका सिद्धार्थ कटेजमा हुने मेलाको तयारी पुरा भएको आयोजकले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । भिजन मिडिया ईन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा पाचौ संस्करण शैक्षिक मेला बुटवलमा पहिलोपल्ट गर्ने लागेको हो । कार्यक्रममा देशका विभिन्न विद्यालयका प्रतिनिधीहरुबाट निशुल्क परामर्श दिईने निमित्त क्यम्पस प्रमुख विकास श्रेष्ठले बताए । मेलामा काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयसहित अन्तराष्ट्रिय…

पुरा पढ्नुहोस

बुटवलमा‘बृहत शैक्षिक मेला’हुदै

बुटवल, १ फागुन । बुटवलमा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । फागुन ३ र ४ गते बुटवलको सिद्दार्थ कटेजमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने फेयरको तयारी तीव्र पारिएको आयोजकले जनाएका छन् । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि इभेन्ट कम्पनी ‘वान अप’ ले आयोजना गरेको फेयरको यो तेस्रो संस्करण हो । प्रवेश निशुल्क रहेको फेयरमा वैदेशिक उच्च शिक्षा अध्ययनका लागि रोजाई रहेका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना…

पुरा पढ्नुहोस

एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । मङगलबार मन्त्रालयमा एसईई परीक्षा तयारीका सन्र्दभमा भएको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गरेका हुन् । सो क्रममा परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विषेश ध्यान दिन निर्देशन समेत दिए । बैठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको…

पुरा पढ्नुहोस

कलिलो उमेरमै विद्यालय भर्ना गर्नु बालबालिकाका लागि खतरा

एजेन्सी । मात्र एक वर्षभित्र साना बालबालिकाहरुमा देखिने विकासक्रम बारेमा अभिभावकलाई जति कसलाई थाहा होला र ? एक वर्षको एक बालक मुस्किलले बामे सरिरहेको हुन्छ । त्यसको एक वर्षपछि ऊ तपाईंलाई समाउन हम्मे पर्ने गरि फुत्केर कुद्न थालिसकेको हुन्छ । त्यस्तै सधैँ यताउती हिँड्ने कि त कल्पनामा डुबिरहने र हरेक कुरामा ‘किन’ भनेर प्रश्न गरिरहने चार वर्षकी बालिका त्यसको एक वर्षपछि नै तपाईँको कुरामा अलि एकाग्र हुन थाल्छिन् । बढ्दो अपेक्षा र मानवीय व्यवहार बालबालिकाहरु बदलिएका छैनन् तर उनीहरुबाट गरिने हाम्रा अपेक्षाहरु भने बढेका बढ्यै छन् । एक पुस्ताको फरकमा…

पुरा पढ्नुहोस

एभरेष्ट स्कुलको खेलकुद सप्ताह सकियो

झबिन्द्र देवकोटा २३ माघ, बुटवल । बुटवल सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङमा जारी खेलकुद सप्ताह बुधबार सम्पन्न भएको छ । विद्यार्थी, शिक्षक तथा कर्मचारीमा खेलकुदको विकासका लागि विद्यालयले हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अन्र्तगत सञ्चालित खेलकुद सप्ताह सम्पन्न भएको हो । खेलकुद सप्ताहको अन्तिम दिन बुधबार विद्यार्थीको स्लो साइकल रेस, म्युजिकल चेयर लगायतका खेलहरु सम्पन्न भएका हुन । सप्ताह अन्तरगत स्लो साइकल रेसतर्फ बेदान्त थापा, सनिस जि.सी. र दिव्यार्जन मल्ल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने म्युजिकल चेयरमा प्राची बेल्बासे, जमुना पाण्डे र आरजु नेपाल क्रमशः प्रथम, द्वितीय र…

पुरा पढ्नुहोस

पोखरा विश्वविद्यालयका सभापति र सचिवले थाले आमरण अनशन

८ माघ, पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी सम्बन्धी विवाद अदालत हुँदै आमरण अनशनसम्म पुगेको छ । स्ववियु विवाद समाधानमा विश्वविद्यालयले ध्यान नदिएको र क्याम्पसमा लगाइएको ताला तत्काल नखोलिएको भन्दै स्ववियुका सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझदेखि केन्द्रीय कार्यालयमा आमरण अनशन थालेका हुन् । स्ववियु पदाधिकारी पदावधि सम्बन्धी विवादमा पुस २३ गतेदेखि पोखरा विश्वविद्यालयका केन्द्रीय कार्यालयमा ताला लागेको छ । नेपाल विद्यार्थी संघले आफैंले हस्ताक्षर गरेको नियम बिपरीत स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै विश्वविद्यालयका भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा…

पुरा पढ्नुहोस

इन्टलेक्च्यूअलमा खेल सप्ताह समापन

बुटवल २७ पौष । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगर मझुवामा खेल सप्ताह समापन भएको छ । विद्यार्थीलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाई उनिहरु भित्र रहेको आन्तरिक प्रतिभा लाई उजागर गर्ने उद्घेश्य सहित प्रारम्भ गरिएको हो । खेलकुद सप्ताहको एक समारोहबिच विद्यालयका अध्यक्ष डिल्लीराज अर्याल र संस्थापक एवं प्रबन्धनिर्देशक रामराज पोख्रेलले पुरस्कार वितरण गर्नुभएको थियो । कक्षा प्रि नर्सरी देखि ९ सम्मका विद्यार्थीहरुलाई कक्ष्ाँगत र समुहगत रुपमा सिनीयर तथा जुनियरतर्फ विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो । सप्ताहव्यापि कार्यक्रम सोमबारदेखि शुरु भएको थियो । खेल अवधिभर कुर्चि दौड, कबड्डी,…

पुरा पढ्नुहोस

लोकसेवा आयोगले भर्ना खुलायो, नायव सुब्बा पदमा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

      काठमाडौं–लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ । खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ । आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो । आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते…

पुरा पढ्नुहोस