शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ, ९ फागुन । बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार बिहीबार भने झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १० उपसमूहमध्ये…

पुरा पढ्नुहोस

सुनको मूल्यमा नयाँ रेर्कड, कारोबार रकम ६ वर्षयता कै उच्च

काठमाडौँ । सुनको मूल्य आकाशीएको छ । मंगलबार प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ६३ हजार ३ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य ६ वर्षयता कै उच्च हो । माघ मसान्तमा प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कारोबार भएकोमा फागुन १ मा सुनको भाउ दुई सय रुपैयाँ घटेको थियो । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ८५ रुपैयाँ पुगेको छ ।

पुरा पढ्नुहोस

बढ्यो युके पाउण्ड र कुवेती दिनारसहित सबै देशको मूल्य , हेर्नुहोस् कुन देशको कति ?

काठमाडौँ । आज सोमबार नेपाली बजारमा युके पाउण्ड र कुवेती दिनार सहित केही देशको मुल्य बढेको छ। आजको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २६ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ।   मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ…

पुरा पढ्नुहोस

खुल्यो शिवम् सिमेन्टसको आईपीओ, प्रतिकित्ता ३ सय रुपैयाँमै पाइने

६ फागुन, काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडकोे साधारण (सेयर) का लागि आज सोमबारदेखि आवेदन खुला भएको छ । ४१ लाख २० हजार कित्ता आईपीओका लागि आजदेखि आवेदन खुला भएको हो । यस कम्पनीको आईपीओ प्रतिकित्ता ३ सय रुपैयाँमै किन्न पाइने भएको छ । यस अघि प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा पि्रमियम वापत ३ सय रुपैयाँ थप गरी प्रति सेयर ४ सय रुपैयाँ भनिएकोमा नेपाल धितोपत्र बोर्डको निर्देशन पछि प्रतिकित्ता एक सय रुपैयाँ पि्रमियम २ सय रुपैयाँमात्र गरेर जम्मा ३ सय रुपैयाँमै कम्पनीले सर्वसाधारणका लागि सेयर बेच्न लागेको हो ।…

पुरा पढ्नुहोस

पारदर्शी नभए बैंकिङ क्षेत्रमा हस्तक्षेप हुनसक्छः अर्थमन्त्री

५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैकिङ क्षेत्र पारदर्शी तरिकाले नचलेमा हस्तक्षेप हुने बताएका छन् । उद्योगी-व्यवसायीले बैंक ब्याजदर नियन्त्रणका लागि सरकार गुहारिरहँदा खतिवडाले वित्तिय बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुनसक्ने बताएका हुन् । नेसनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) सञ्चालनको १० बर्ष पुगेको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा ‘प्रतिस्पर्धा हुनपर्छ । न्यूनतम नाफा कमाउने कुरामा द्विविधा छैन, तर बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुन्छ ।’ शनिबार प्रधानमन्त्रीले आफ्नै निवासमा उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले ब्याजदर घटाउनुपर्ने बताएका थिए । आइतबार नै अर्थमन्त्रीले बैंकको ब्याजदरको सन्दर्भमा नैतिक समस्या देखिएको बताए ।…

पुरा पढ्नुहोस

कर्जा लगानी दोब्बर बढेपछि बैंकिङ प्रणालीमा असहज अवस्था

काठमाडौं । बैंकहरु आक्रामक हुँदा ३ वर्षमा गरे १३ खर्ब ७८ अर्ब लगानी भएको छ । ३ वर्षमा कर्जा लगानी दोब्बर बढेपछि बैंकिङ प्रणालीमा असहज अवस्था आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो ३ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले १३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्था आक्रामक हुँदा ठुलो रकम कर्जा प्रंवाह हुन पुगेको हो । २०७२ साल असारसम्म बैंकको कर्जा विस्तार १३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । कर्जाको माग बढेपछि बैंकहरु आक्रमक रुपमा लगानी गर्दा बढेको…

पुरा पढ्नुहोस

सुन तोलाको ६२ हजारमा कारोबार

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ स्थानीय बजारमा आज सोमबार तोलाको ६२ हजारमा कारोबार भइरहेको छ । यो हिजोको दाँजोमा १ सय रुपैयाँले कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार सुनको भाउ तोलाको ६२ हजार १ सय थियो । गएको साता शुक्रबार पनि ६२ हजार १ सय, बिहीबार ६२ हजार, बुधबार ६२ हजार ४ सय, मंगलबार ६२ हजार ६ सय, सोमबार ६२ हजार ५ सय तथा आइतबार ६२ हजार ३ सयमा कारोबार भएको थियो । खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर…

पुरा पढ्नुहोस

नेपाल मा लगानी गरौ : अर्थमन्त्रि

काठमाडौँ, २१ माघ । अर्थमन्त्री डा युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताउनुभएको हो । अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री खतिवडाले धन्यवाद दिनुभयो । करीब चार लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै उहाँले साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरीबी न्यूनीकरण,…

पुरा पढ्नुहोस

सातामा ११ अंक घट्यो नेप्से

अघिल्लो साता ओरालो लागेको नेप्से गत साता पनि ओरालो लागेर बन्द भएको छ । लगानीकर्ताहरू गत साता ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । सूचीकृत कम्पनीहरूले चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । कम्पनीहरूले पहिलो ६ महिनामा आर्जन गरेको वित्तीय विवरणअनुसार लगानीको निर्णय गर्छन् । सबै कम्पनीहरूको वित्तीय विवरण आइनसकेकोले लगानीकर्ताहरू पर्खाइमा रहेका हुन् । यसका साथै बजारलाई बढ्दो सेयर आपूर्ति र बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरले पनि प्रभावित पारिरहेको छ । बजार सारांश गत साता नेप्से परिसूचक ११ दशमलव १५ अंक घटेर १ हजार १ सय ६१ दशमलव ६३ बिन्दुमा पुगेको छ ।…

पुरा पढ्नुहोस

बर्तमान सरकारको जनतालाई कोशेली, पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ । गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय…

पुरा पढ्नुहोस