अष्ट्रेलिया जाने सोचाईमा हुनुहुन्छ ? एकपटक पढ्नुहोस ‘जानेको ओईरो, समस्या गहिरो’

विदेश जाने रहरसँगै पैसा कमाउने शहरका रूपमा चित्रण गरिएको अस्ट्रेलियामा पछिल्लो समय नेपाली समाजमा केही नराम्रा घटना घटिरहेका छन्। ‘गयौ तिमी आकाशमा उडेर , फर्क्यौं तिमी बाकसमा पुरिएर…’, यो बिरह गीतलाई लोक गायकले भाका दिएर गाएको कतै सुनेको जस्तो लाग्छ। पछिल्लो वर्ष आत्महत्याबाट सिड्नीमा मात्र दुई युवतीसहित ५ नेपालीले ज्यान गुमाइसकेका छन्। त्यती मात्र होइन मानसिक समस्याको चपेटामा परेर आधा दर्जन विद्यार्थी नेपाल फर्किएको उदाहरण छन्। बाबु आमाले डाक्टर र ईन्जिनियर बनाउने उद्धेश्यका साथ उच्च अध्यनका लागि लाखौं खर्चिएर अस्ट्रेलिया पठाएको छोरा छोरी मानसिक रोगी र आत्महत्याको शिकार बन्न पुग्नुमा…

पुरा पढ्नुहोस

प्रवेशिका परीक्षा एसईईको नतिजा प्रकाशित हुदै !

प्रवेशिका परीक्षा एसईईको नतिजा अर्को हप्ता प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार अबको केही दिनमा नै नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार हालसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको र अब अन्तिम चरणको काम बाँकी रहेकाले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । हाल प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिने बताइएको छ । गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थी सहभागी…

पुरा पढ्नुहोस

तुलसीपुरका विद्यालय तीन दिन बन्द हुने

तुलसीपुर, दाङ : तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ । शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताउनुभयो । उहाँले वार्षिक विदाबाट कट्टी हुने गरी आगामी असार १ गतेसम्मका लागि बिदा गरिएको पनि बताउनुभयो । अचानक गर्मी बढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाले विदाका लागि आवाज उठाउँदै आएका थिए ।

पुरा पढ्नुहोस

कक्षा ११-१२ को नयाँ पाठ्यक्रम !

कक्षा ११ र १२ बाट गणित विषय हटाइएपछि सरोकारवालाले विरोध गरेका छन् । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ । सो मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । वायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने…

पुरा पढ्नुहोस

कक्षा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत, यस्ता छन् पढ्ने बिषयहरु !

अब कक्षा ११ र १२ मा नेपाली, अँग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी ४ विषय अनिवार्य र ३ विषय ऐच्छिक रहने छन् ।  कक्षा ९ र १० मा ५ वटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था गरिएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय हुने छ ।बिज्ञान तथा प्रविधि मन्त्रालयको कार्यप्रगति, बिद्यार्थी भर्ना लगायतका विविध बिषयमा प्रस्तुत गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पोखरेलले नेपालको संविधान, शिक्षा ऐन र नियमावली अनुरुप हुने गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित गरेको बताए ।…

पुरा पढ्नुहोस

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडौं । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । अाजकाे राजधानी दैनिकमा खबर छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । योसँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली…

पुरा पढ्नुहोस

कक्षा ११ र १२ को पाठ्यक्रममा परिवर्तन, १० को पनि येस्ता बिषय हटाइयो !

सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो ।राजधानी दैनिकका अनुसार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । योसँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली हटाइएको छ ।…

पुरा पढ्नुहोस

विद्यालयहरूले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने !

सामुदायिक विद्यालयहरूले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन्।सरकारद्वारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो। उक्त विधेयक कानुन आयोगद्वारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाइसकेको आजको समाचारपत्र दैनिकमा  समाचार छ ।उक्त विधेयकमा भनिएको छ– ‘आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्यालयमा भर्ना भई माध्यामिक तहसम्म अध्ययन गर्दा उनीहरूसँग भर्ना शुल्क, अध्ययन गर्दा वा परीक्षामा सामेल हुँदा निज वा निजको अभिभावकबाट भर्ना, मासिक वा अध्ययन शुल्क, प्रयोगशाला शुल्क, खेलकुद वा अन्य कुनै नाममा शुल्क, दस्तुर, सहायता, चन्दा, दान…

पुरा पढ्नुहोस

अब देखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाइने

काठमाडौं सामुदायिक विद्यालयहरूले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन्। सरकारद्वारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो। उक्त विधेयक कानुन आयोगद्वारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाइसकेको बताइन्छ। उक्त विधेयकमा भनिएको छ– ‘आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्यालयमा भर्ना भई माध्यामिक तहसम्म अध्ययन गर्दा उनीहरूसँग भर्ना शुल्क, अध्ययन गर्दा वा परीक्षामा सामेल हँुदा निज वा निजको अभिभावकबाट भर्ना, मासिक वा अध्ययन शुल्क, प्रयोगशाला शुल्क, खेलकुद वा अन्य कुनै नाममा शुल्क, दस्तुर, सहायता, चन्दा, दान वा अनुदान…

पुरा पढ्नुहोस

सबै सामुदायिक विद्यालयमा नि:शुल्‍क इन्टरनेट सेवा उपलब्‍ध गराउने !

सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा नि:शुल्‍क रुपमा उपलब्‍ध गराउने भएको छ। सूचना प्रविधिमैत्री शिक्षाका लागि ग्रामीण दूरसञ्‍चार कोषमा रहेको रकम मार्फत नि:शुल्‍क इन्टरनेट उपलब्‍ध गराउने भएको हो। विहीबार केन्द्रीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सो कुराको जानकारी दिएका हुन्। यस्तै प्राविधिक तथा व्‍यावसायिक शिक्षाका लागि सबै स्थानिय तहमा प्राविधिक तथा सामुदायिक विद्यालय बनाउने भएको छ।प्राविधिक शिक्षाको पुनसंरचना गरी तालिम तथा स्नातक पढिरहेका विद्यार्थीका लागि इन्ट्रनको व्‍यवस्था गरेको छ।

पुरा पढ्नुहोस