बस र ट्रक आपसमा ठोक्किदा चालकसहित ११ यात्रु घाइते !

धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठक्‍कर लागेर  चालकसहित ११ जना घाइते भएका छन्।भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्‍सलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चालकसहित एघार यात्रु घाइते भएका हुन। विपरीत दिशाबाट आउँदै गरेको बसले अर्को बसलाई ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।घाइते चालक र यात्रुलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका असहय ज्ञान बहादुर कार्कीले जानकारी दिए।उनका अनुसार बसले जानी जानी ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।

पुरा पढ्नुहोस

ओली सरकारका १०० दिन , येस्ता छन् स्वास्थ्य सेवा सम्बन्धि १० उपलब्धिहरु !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पुरा भएको छ। यो अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व राज्यमन्त्री पद्मा अर्यालले सम्हाल्दै आइरहेकी छिन्। तर, स्वास्थ्य क्षेत्रमा भने यो अवधिमा जनताले अनुभूत गर्ने गरि उपलब्धि भने भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय दिनको अवधिमा भएका १० वटा उपलब्धि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको छ। स्वास्थ्यले बुझाएको उक्त १० बुँदे उपलब्धि हेर्दा स्वास्थ्य मन्त्रालयले कुनै पनि काम गरेको जस्तो देखिन्न। विगतका समयमा भएका नीति तथा ऐनको मस्यौदालाई नै सय दिनको उपलब्धिमा राखिएको छ। मन्त्रालयलको पहिलो नम्बरको उपलब्धि नै…

पुरा पढ्नुहोस

३३ किलो सुन काण्ड प्रकरणको लिस्ट झन् लम्बिदो ! एमालेका कार्यकर्ता र सांसद मुछिन थाले, मन्त्री पण्डित भन्छन् – कारबाही अवस्य हुन्छ !

साढे ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थालेका छन् । गोरेले जिल्ला अदालत मोरङमा दिएको बयान अनुसार एमाले सांसद घनश्याम खतिवडाले गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको छ ।मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको खुलासा भएको हो ।प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने पूर्व एमाले कार्यकर्ता रेवत आचार्य पक्राउ परिसकेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो…

पुरा पढ्नुहोस

पाटनको कृष्णमन्दिर छेउमा भीषण आगलागी ! {भिडियोसहित}

काठमाडौँ। विद्युत शर्ट हुदाँ ललितपुर मंगलबजारको तीनवटा घरमा आगलागी भएको छ । शुक्रबार बिहान साढे ८ बजे स्थानीय नरहरिप्रसाद लाखेको घरबाट सुरु भएको आगोका कारण सानुप्रसाद लाखे र गीताप्रसाद लाखेको घरमा पनि नोक्सान पुगेको छ । आगलागीले घर पूर्णतया: क्षतिग्रस्त भएको छ भने घरमा रहेका अन्य सामानहरु जलेर खरानी भएका छन्। आगलागीबाट लगभग ३० लाख भन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ ।अहिले आगो नियन्त्रणमा आएको छ । Δημοσιεύτηκε από Mohan Sainju στις Πέμπτη, 24 Μαΐου 2018

पुरा पढ्नुहोस

भारतसंगको खुल्ला सिमा अब बन्द गर्ने :- गृहमन्त्री थापा !

गृह मन्त्रालय सरकारको वास्तविक मुहार मानिन्छ, यसर्थ कानुन कार्यान्वयन गराउने यो अड्डा सरकार सफलता, असफलताको पहिलो कडी पनि हो, रामबहादुर थापा गृहमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरे यता सुन तस्करीविरुद्धको अपरेसन, सिन्डिकेटविरूद्धकाे अभियान र अध्यागमनमा नीतिगत सुधारको थालनी गरेका थापासँगले गरेको वार्ताको अंशः छिमेकी देशहरुसँगको सीमा सुरक्षा र सीमावर्ती क्षेत्रमा हुने गतल क्रियाकलाप बढ्दो देखिन्छ। त्यसलाई व्यवस्थित गर्ने विषयमा गृहको तयारी के छ? विगतको सम्झौताका कारणले हाम्रो देशको दक्षिण, पूर्व र पश्चिममा खुला सीमा छ। यो खुला सीमाले तस्करी र अपराधलाई बढवा दिइरहेको छ। त्यसैले हामीले पहिला हाम्रो पुराना सन्धि सम्झौतालाई…

पुरा पढ्नुहोस

अब बैदेशिक रोजगारको लागि जान चाहनेका लागि वैदेशिक रोजगार ‘एप’ !

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिए । “रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन…

पुरा पढ्नुहोस

आज शुक्रबार, आजका दिन यी काम भुलेर पनि नगर्नुहोस !

आज शुक्रबार, आजका दिन यी काम भुलेर पनि नगर्नुहोस हैन भने यस्ता प्रभाव पर्न सक्छन् |हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ । यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन । जसका लागि तपाई नयाँ…

पुरा पढ्नुहोस

आज शुक्रबार, आजका दिन यी काम भुलेर पनि नगर्नुहोस !

आज शुक्रबार, आजका दिन यी काम भुलेर पनि नगर्नुहोस हैन भने यस्ता प्रभाव पर्न सक्छन् |हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ । यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन । जसका लागि तपाई नयाँ…

पुरा पढ्नुहोस

विवाहलगत्तै नगर्नुहोस यी चार काम !

विवाह अगाडि र पछाडिको सम्बन्ध उस्तै हो भन्ने सोच छ भने परिवर्तन गर्नुहोला । व्यक्ति एकै भए पनि विवाह अगाडि र पछाडिको सम्बन्धमा केही विषय परिवर्तन हुन्छ । परिवर्तन हुने सम्बन्धसँगै व्यवहारसमेत परिवर्तन भयो भने सम्बन्ध सुमधुररूपमा अगाडि बढ्न सक्छ । विवाहलगत्तै बिर्सिएर पनि यी पाँच विषय आफ्नो पार्टनरसँग नगरेको राम्रो । १. विवाहमा भएको खर्च : विवाहपछि आफ्नो पार्टनरसँग विवाहमा भएको खर्चको बारेमा छलफल नगरेको राम्रो । विवाहमा दुवैतर्फबाट अनावश्यक माग भएर फजुल खर्च भएको हुनसक्छ । विवाह लगत्तै यो विषयमा छलफल गर्दा प्रारम्भिक दिनमै मनमुटाव हुनसक्छ । २.…

पुरा पढ्नुहोस

सरकारले गर्यो २८ सहसचिवको सरुवा ! (नामावलीसहित )

सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ। १६ सहसचिवको सरुवा तथा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो।सरुवा भएका अधिकांश सहसचिवलाई स्थानीय तहमा पठाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। सोही मन्त्रालयका शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ। चक्रपाणि पाण्डेलाई दाङ घोराही उपनपा कार्यालयमा सरुवा गरिएको छ। मन्त्रालयका सुमन घिमिरेलाई धरान उपमहानगरपालिका कार्यालय सुनसरीमा, तोयनारायण सुवेदीलाई नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा, शिवकुमार कार्कीलाई जितपुर सिमरा उपमहानगरपालिका कार्यालय बारामा तथा छविलाल रिजाललाई इटहरी उपमहानगरपालिक कार्यालयमा सरुवा गरिएको छ।…

पुरा पढ्नुहोस