आखिर किन दिय नेविसंघका कार्यकर्तालाई निधि र महतले चेतावनी

काठमाडौँ– काँग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ता र पार्टी नेताहरुबीच चर्काचर्की भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरका स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधानको माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ पूर्व महामन्त्री कुन्दन काफ्ले समूहका कार्यकर्ता र पार्टी नेताहरु विमलेन्द्र निधि तथा डा। प्रकाश शरण महतवीच चर्काचर्की भएको हो । त्यसक्रममा महत र निधिले प्रदर्शन र धर्नाले केही नहुने भन्दै विधानअनुसार निर्णय गर्ने बताएका थिए । निधि पार्टी उपसभापति हुन् भने महत सहमहामन्त्री हुन् । उनीहरुबीच भएको विवादपछि सहमहामन्त्री प्रकाश शरण…

पुरा पढ्नुहोस

सामाजिक सञ्जालको गलत प्रयोग: परिएला कानूनको फन्दामा

काठमाडौँ– सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुधबारदेखि छलफलसमेत शुरु भएको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ । विद्युतीय माध्यमलाई सभ्य, मर्यादित एवं व्यवस्थित…

पुरा पढ्नुहोस

अपार्टमेन्ट नै लिएर नेपाली याैन बजारमा रसियन केटिहरु

भनिरहनु नपर्ला, राजधानीको यौनबजारमा अब नेपाली युवती मात्रै छैनन्, विदेशी पनि उत्तिकै छन् । रसियन युवतीहरुले त अपार्टमेन्टमा महँगो भाडा तिरेर यौनधन्दा नै चलाइरहेका छन् । विदेशबाट यहाँ आएर कसरी चलाइरहेका छन् त उनीहरुले धन्दा ? अनिल यादवले रसियन युवतीको यौन अखडामै पुगेर तयार पारेको रिपोर्ट । तीन महिनाअघि शुक्रबारले विदेशी यौनकर्मीबारे कभरस्टोरी गर्दा महानगरीय प्रहरी वृत्त लैनचोरका तत्कालिन डिएसपी सोमेन्द्रसिंह राठौरले भनेका थिए, ‘रसियन युवतीहरु अपार्टमेन्ट नै खोलेर यौनधन्दामा सक्रिय छन् भन्ने सुनेको छु तर प्रमाण र उजुरी नहुँदा कारबाही गर्न सकिएको छैन ।’ नेपाली यौनबजारमा ‘अफ्रिकी कलगर्ल’बारे कभरस्टोरी…

पुरा पढ्नुहोस

११ अर्बका आयोजनाका लागि ५६ करोड बजेट निकासा

९ फागुन, बुटवल । संघीय सरकार मातहत रहेका योजनाहरु प्रदेशमा हस्तान्तरण भएपनि बजेट अभाब भएको छ । हस्तान्तरण भएका हरेक योजना कार्यान्वयनमा प्रदेश सरकारलाइ सकस भएको छ । योजनाहरु आएपनि त्यस अनुसार बजेट नहुदा कार्यान्वयन कठिन भएको प्रदेश ५ सरकारको भनाइ छ । प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार, केन्द्रले हस्तान्तरण गरेका सडक, खानेपानी, सिँचाइ र आवासका योजना सम्पन्न गर्न १० अर्ब ७५ लाख रुपैयाँ अपुग छ । ‘त्यत्रो योजना कार्यान्वयनका लागि ५६ करोड बजेट आएको छ’, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने, ‘बजेट बिनाका अर्बौका योजना कार्यान्वयनमा…

पुरा पढ्नुहोस

कतारमा चिसो बढे संगै सचेत रहन सरकारको अनुरोध

एजेन्सी । कतारमा चिसो बढेको छ । केहिदिन यता कतारमा चिसाे बढेको र केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको छ । चिसोको कारण कारण कतारमा रहेका कामदार बढी प्रभावित भएका छन् । कतार सरकारले चीसो अझै केही दिन रहने भएकोले सबैलाई सचेत रहन आग्रह गरेको छ । कतारको मौसम विभागले आउँदो शनिबारसम्म चिसो अत्याधिक हुने विभागको अनुमान रहेको छ । हाल कतारको तापक्रम १४ देखि २३ डिग्री सेल्सियससम्म रहेने गरेको छ ।

पुरा पढ्नुहोस

मलाइकाले आफ्नो ड्राइभरलाई कामबाट किन निकालिन् ?

एजेन्सी । अभिनेत्री तथा डान्सर मलाइका आरोडा र अरबाज खानले आफ्नो सम्बन्ध बिच्छेदपछि आ–आफ्नो निजी जीवनलाई अगाडि बढाइरहेका छन् । यता अरबाज खान मोडल जर्जियाको साथमा रिलेशनसिपमा छन् । उनको पूर्व पत्नी मलाइका पनि अभिनेता अर्जुन कपूरसँग अफेयरमा छन् । अरबाज र मलाइका सम्बन्ध बिच्छेद गरिसकेपछि पनि एक असल साथी छन् । खान परिवारको कार्यक्रमहरुमा मलाई पुगेकै हुन्छन् । यसको बावजुद पनि मलाइकाले आफ्नो ब्यक्तिगत जानकारी बाहिर ल्याउन चाहदिनन् । स्पटब्बाईको एक खबर अनुसार पछिल्लो समय मलाइका र अर्जुन कपूरको अफेयरको साथमा ब्यक्तिगत जानकारीहरु बाहिर आइरहरेको छ । यसै कुरालाई…

पुरा पढ्नुहोस

यी हुन् अष्ट्रेलियामा विद्यार्थीलाई अलपत्र पार्ने कन्सलटेन्सीहरू ! के हुन्छ सजाय

काठमाडौं, ९ फागुन । नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन सुरु गरेको भन्दै अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी)कलेज खारेजीमा परेपरेसँगै १ हजार भन्दा बढी नेपाली विद्यार्थीको भविश्य अन्योलमा परेको छ । यूनाइटेड पोष्ट साप्ताहिकलेसमाचार छापेको छ । अष्ट्रेलियन क्वालिटी अथोरोटी (अस्क्वा) ले शैक्षिक कानुन उल्लघंन गरेको भन्दै एआइबिटीको दर्ता खारेज गरेको थियो । सिड्नी र व्रिजबेनमा पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थीहरुको भविश्य अन्यौलमा परेपछि शिक्षा मन्त्रालयले प्रहरीसँग समन्वय गरी एआइबिटीमा नेपली विद्यार्थी पठाउने कन्सलटेन्सीहरुमाथि कारबाहीको तयारी गरेको छ । मन्त्रालयले विद्यार्थीहरुको व्यवस्थापनको…

पुरा पढ्नुहोस

सामाजिक सञ्जाल व्यवस्थित गर्न विधेयकः बास्कोटा

काठमाडौं । सरकारले समाजिक सञ्जालसम्बन्धी संसदमा पेश गरेको विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज नगर्ने स्पष्ट पारेको छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न र करको दायरामा ल्याउन विधेयक अघि सारिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताउनुभयो । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याउने दुरगामी असरलाई नियन्त्रण र नियमन गर्नु सरकारको जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालको प्रयोगले नेपालबाट वार्षिक ३ अर्ब ७५ करोड रुपैयाँ बाहिरिने गरेको भन्दै मन्त्री बास्कोटाले यो रकम करको दायरामा ल्याउनकै लागि पनि दर्ता गरिनुपर्ने दावी गर्नुभयो । विश्वका २६ मुलुकमा सामाजिक सञ्जाल…

पुरा पढ्नुहोस

बीसीसीआईले हटायो इमरानसहित पाकिस्तानी क्रिकेटरको फोटो

मुम्बई : जम्मु-कश्मीरको पुलवामामा ४४ जना भारतीय अर्धसैनिक मारिने गरी भएको आक्रमणपछि भारत र छिमेकी देश पाकिस्तानबीच शीतयुद्ध चर्किएको छ । यो आक्रमणमा पाकिस्तान संरक्षित समूह जैस ए मोहम्मदको हात रहेको दाबी भारतले गरिरहेका बेला पाकिस्तानले भने यसलाई ठाडै नकारिरहेको छ। पाकिस्तानमाथि आक्रोश पोखिरेको भारतले यही मेसोमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो आक्रमणको निन्दा गर्दै मुम्बईस्थित वानखेडे स्टेडियमस्थित आफ्नो मुख्यालयबाट सबै पाकिस्तानी क्रिकेटरको फोटो हटाएको छ। बीसीसीआईले मुख्यालयबाट क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानसहित सबै पाकिस्तानी खेलाडीको तस्बिर हटाइदिएको हो । यसभन्दा पहिले पञ्जाब, कर्नाटक, राजस्थान, विदर्भ, दिल्ली र हिमान्चल…

पुरा पढ्नुहोस

सुनील ग्रोवर ‘कपिल शर्मा शो’मा आउने

कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच गत वर्ष झगडा भएपछि उनीहरूको जोडी छुट्टिएको थियो। कपिल शोमा डाक्टर मसहुर गुलाटीको भूमिकामा हँसाइरहेका सुनीललाई कपिलले जहाजमा दुर्व्यवहार गरे। यो विवाद बढ्दै गएपछि सुनीलले शो छाडे। उनीसँगै अरू कलाकार पनि गए। उनीहरूबिनै केही समयसम्म कार्यक्रम चल्यो। तर शो फ्लप हुँदै गयो। अन्त्यमा बन्दै भयो। यो घटनाको झन्डै एक वर्षपछि गत डिसेम्बरबाट कपिल शो फेरि सुरू भयो। सुनीलले कलर्समा अर्को शो चलाए। सुनीलको शोले खास चर्चा  कमाएन। कपिल शोले भने टिआरपी चार्टमा आफ्नो स्थान बनाउन सफल भएको छ। सोनी च्यानलमा आइरहेको कपिल शोकाको निर्माता सलमान…

पुरा पढ्नुहोस