मनकामना दर्शनको लागि गएको बस घुम्ती मोड्ने क्रममा त्रिशूलीमा खस्दा २ जनाको ज्यान गयो, उद्धार कार्य हुँदै

काठमाडौँ – धादिङमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।काठमाडौंबाट मनकामना दर्शनको लागि गएको उक्त बस धादिङमा दुर्घटना भएको हो ।धादिङको बेनीघाट रोराङ(३ मा बा ४ ख १४१५ नम्बरको बस सडकबाट करिब सय मिटर तल त्रिशूलीमा खसेको बताइएको छ ।

रोराङमा घुम्ती मोड्ने क्रममा बस सडकबाट खसेर दुर्घटनाग्रस्त भएको गजुरी प्रहरी वृतले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार ओभरटेक गर्ने क्रममा दुर्घटना भएको बताएका छन् । प्रहरीका अनुसार घाइतेहरुको उद्धार कार्य भइरहेको छ ।

सम्वन्धित समाचार

Leave a Comment