आज जीतगढी उत्सव: प्रधानमन्त्री सहितका शीर्ष नेता सहभागि हुदै

बुटवल । आज बैशाख ७ गते ऐतिहासिक दिन । बुटवलको जीतगढी किल्लाबाट तत्कालिन नेपाली सेनालाई जीत्न नसकेर अंग्रेज सेना फर्किएको दिा । जुन दिनलाई गत वर्षदेखि बुटवल उपमहागरपालिकाले जीतगढी उत्सवका रुपमा मनाउन सुरु गरेको छ ।

आज शनिवार भएकाले स्वत सार्बजनिक बिदा भएपनि अन्य वर्षमा जीतगढी उत्सवको दिन बुटवल उपमहानगरपालिकामा सार्बजनिक बिदा दिने निणर्य नगरपालिकाले गरीसेको छ ।

गतवर्ष मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा उत्सव मनाईएकोमा यस वर्ष अर्थात आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्यतामा उत्सव मनाईदै छ ।

बिशेष समारोहमा प्रधानमन्त्री ओलीका संगै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा महासचिव बिष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु लगायतको उपस्थिति रहने छ ।

बिशेष समारोह १० बजे पश्चात जीतगढीमा नै हुने भएपनि त्यसअघि अहिले बिहान बुटवलमा झाकि सहितको प्रभातफेरी अर्था बिजयउत्सव र्याली निकालिदै छ ।

बिशेष समारोहमा तत्कालिन युद्धमा अग्रेजलाई परास्त गर्ने नेपाली सेनाको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

Leave a Comment