बाहुबली’ का ‘कटप्पा’ र ऐश्वर्या संगै फ्लिम खेल्दै

फिल्म ‘बाहुबली’ बाट निकै चर्चामा आएका अभिनेता सत्यराजले बलिउड अभिनेत्री ऐश्वर्या रायले जोडी बाध्ने भएकी छिन् ।अभिनेता सत्यराजले फिल्म ‘बाहुबली’मा कट्प्पाको भूमिका निभाएर निकै चर्चा कमाए । यसैक्रममा एक नयाँ खबर बाहिरिएको छ । अभिनेता सत्यराजले मणिरत्नमको निर्देशनमा बन्न लागेका फिल्ममा काम गर्ने भएका छन् ।

 

उनले अभिनेत्री ऐश्वर्या राय सँग जोडी बाध्ने बताइएको छ ।अभिनेता सत्यराज र पूर्वविश्वसुन्दरी एवम् अभिनेत्री ऐश्वर्या रायले मणिरत्नमले निर्देशन गर्ने फिल्म ‘पोन्निनी सेल्वम’ मा काम गर्ने भएका हुन् । यस फिल्ममा अभिनेता सत्यराज र अभिनेत्री ऐश्वर्या रायले पतिपत्नीको भूमिका निभाउने बताइएको छ ।

एक चर्चित तमिल उपन्यासमा आधारित रहेर बन्ने यस फिल्ममा अमिताभ बच्चन पनि रहने सम्भावना रहेको बताइएको छ ।यस फिल्ममा राजकुमारीले राजासँग विवाह गरेर रानी बनेपछि शक्तिको चरम दुरूपयोग गरेको देखाइन्छ ।यस फिल्म ठूलो बजेटमा बन्ने बताइएको छ ।

सम्वन्धित समाचार

Leave a Comment