नायिका वर्षा शिवाकोटी भन्छिन् ; “कलाकारको भ्यालु घटाउने टिकटक बन्द हुनुपर्छ”

नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि काम गर्दे आएकी नायिका हुन बर्षा सिवाकोटी । उनीसंग संगै पर्दामा भित्रिएका नायिकाहरुले निकै लोकप्रियता कमाईरहदा बर्षाले भने त्यो अनुसारको लोकप्रियता कमाउन सकेकी छैनन् । त्यसबीचमा उनले केही ठुला फिल्ममा काम पनि गरिन् तर नत फिल्म चल्यो नत बर्षाको नामको सिक्का ।

राम्रो अभिनय गर्ने क्षमता भएकी यी नायिकाले आफुले फन्डा चलाउन नसकेको कारण आफु हिट हुन नसकेको भन्दै गुनासो समेत गर्छिन् । त्यसोत केही समय अगाडी उनले मिडियासंग पनि गुनासो पोखेकी थिईन । अरु कलाकारहरुको यता उता फर्केको पनि न्युज आउने तर आफुले सपोर्ट माग्दा कोहीबाट नपाएको भन्दै आक्रोस पोखेकी थिईन् ।

उनले स्टाटसमार्फत पनि लेखेकी थिईन हिट हुनलाई की त स्टारकिड्स हुनु पर्छ की त कसैको लभर भनेर समेत लेखेकी थिईन् । यसैबीच उनले चर्चित एप टिकटक बन्द गर्नु पर्ने माग गरेकीछिन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दे उनले यस्तो बताएकी हुन् । उनले टिकटककै कारण कलाकारको भ्यालु घटेको भन्दै प्रतिबन्ध गर्नु पर्ने बताएकी हुन् ।

उनले लेखेकीछिन् “कलाकारको भ्यालु घटाउने टिकटक जस्ता अरु एप साथै केशी युट्युवका लाजमर्दो कार्यक्रमहरु पनि ब्यान गर्न जरुरी छन्” । उनले यस्ता स्टाटस लेखेपछि विभिन्न खाले प्रतिक्रियाहरु आए । ती प्रतिक्रियापछि बर्षाले उक्त स्टाटस डिलिट गरेकीछिन् ।
यतिबेला टिकटककै कारण सेलिब्रेटी बनेका हस्तीहरु म्युजिक भिडियो र फिल्ममा भित्रिने क्रम जारी छ । सम्भवत यही कारण पनि बर्षालाई औडाहा भएको हुन सक्छ । नत्र त कलाकार र टिकटकबीच खासै ठुलो समस्या हुनै त केही देखिँदैन । यस्तोमा बर्षाले यस्तो भन्नु त्यती जायज भने देखिदैन । किनकी कलाकारको भ्यालु त उनीहरुले गर्ने काम र राम्रो फिल्म दर्शकलाई दिएर नै हुने हो नत्र त टिकटकसंग किन डराउनु ? बर्षाको यतिबेला वीर विक्रम २ फिल्म रिलिजको तयारीमा रहेको छ । फिल्म जेठ ३ मा रिलिज हुँदैछ । फिल्मी करियरमा खासै उत्साहजनक सफलता नपाएकी बर्षालाई यसले फिल्मले ठुलो राहत दिने अपेक्षा गरिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment