अस्ट्रेलिया बस्न चाहनेहरुलाई कडाई गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीको घोषणा

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया बस्ने आप्रवासीहरुलाई कटौती गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री स्कटले सरकारको जनसंख्या नीति बुधबार सार्वजनिक गर्दै वार्षिक ३० हजार आप्रवासी कटौती गर्ने घोषणा गरेका हुन् ।

अस्ट्रेलियाले हरेक वर्ष १ लाख ९० हजार विदेशी नागरिकलाई आफ्नो देशमा भित्र्याउने गरेको छ । स्कटले यो संख्या घटाएर १ लाख ६० हजार बनाउने घोषणा गर्दै ४ वर्षका लागि यो संख्या कायम राख्नेसमेत बताएका छन् ।

स्कटले अस्ट्रेलियाको जनसंख्या व्यवस्थापन आप्रवासीलाई भित्र्याउनु मात्र नभएर भौतिक संरचना, ट्राफिक व्यवस्थापन, रोजगारलगायतको व्यवस्था हुनुपनि उत्तिकै महत्त्वपूर्ण भएको बताएका छन्  ।

दक्ष, सीपसहितको भिसामा अस्ट्रेलिया आएका विदेशीले यहाँको स्थायी बासिन्दाको अनुमतिपत्र ९पीआर० लिन दुर्गम स्थानमा गएर ३ वर्षसम्म बस्नुपर्नेछ । उनीहरूलाई भिसाको प्रोसेसिङमासमेत प्राथमिकता दिइ दुर्गम मानिएका क्षेत्रमा गएर अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने किसिमले छात्रवृत्ति लगायतका कार्यत्रमसमेत ल्याइने बताइएको छ ।

पछिल्लो समयमा आप्रवासीका रूपमा अस्ट्रेलिया भित्रिएका विद्यार्थीहरू अधिकांशको रोजाइ सिड्नी, मेलबर्न लगायतका मुख्य सहर भएको देखिएपछि चाप कम गर्नसमेत यो भिसाको घोषणा गरिएको बताइएको छ ।

सम्वन्धित समाचार

Leave a Comment