डिभोर्स गरिसकेका अरबाज र उनकी गर्लफ्रेन्डको मलाइकासँग अचनाक रेड कार्पेटमा भयो भेट (भिडियो)

काठमाडौँ । केही समय अगाडी नै डिभोर्स गरेर बसेको बलिउड अभिनेता अरबाज खान र उनकी पूर्व पत्नी मलाइका अरोरा रेड कार्पेटमा भेट भएकाछन् । मुम्बाइमा मंगलबार भएको जीयन सिइन अवार्ड २०१९ मा उनीहरुको भेट भएको हो ।

डिभोर्स गरिसकेका यी दुई रेड कार्पेटमा देखेपछि सबैजना चकित भएका थिए ।रातो रेश्मी गाउनमा रेड कार्पेटमा देखिएकी मलाईका निकै सुन्दरी बनेकी थिइन् भने अरबाज पनि रेट कार्पेटमा सुन्दर बनेर उपस्थित भएका थिए ।

अरबाजसँग डिभोर्स गरेकी मलाईका अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छन् भने अरबाज इटालियन मोडेल जर्जियासँगको अफयरमा रहेका छन् ।

सम्वन्धित समाचार

Leave a Comment