सरोकारवालाहरु भन्छन, होली भड्किलो नबनाउ, राम्रो संग खेलौ

६ चैत, रुपन्देही । फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । उनिहरुले पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले होली मनाउन सुझाब दिए ।
सञ्चारिका समुह लुम्बिनीले आज बुटवलमा आयोजना गरेको होलीको मौलिकता र विकृति विषयक अन्तर्किया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी होली मनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य तथा कांग्रेसका सचेतक निर्मला क्षेत्रीले रमाइलोका नाममा उच्छृङ्गखल गतिविधि गर्न नहुने धारणा राख्नुभयो र्। सकारात्मक सोचका साथ होली मनाउ, उहाँले भन्नुभयो ।
प्रदेश सभाका अर्का सदस्य थान कुमारी थापाले होलीको मौलिकता र संस्कृति जोगाउदै चाड मनाउन अनुरोध गर्नुभयो । चाडपर्वका नाममा हुने विकृति र विसंगती अन्त्य गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विकले होलीका नाममा कसैको भावनामा चोट पुर्याउने काम गर्न नहुने धारणा राख्नुभयो र्। चाडमा हुने विकृतिले महिलालाइ बढि पिडा हुन्छ ,उहाँले भन्नुभयो –होली खेल्दै गर्दा यस्ता कुरामा ध्यान पुरयाउनुपर्छ ।’
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद राजेन्द्र कुमार आचार्यले पछिल्लो समय होली मनाउने नाममा अत्याधिक मदिराजन्य वस्तुको प्रयोगले समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो र्– होलीको मौलिकता र संस्कृति जोगाउन जरुरी छ , चाड मनाउदा अनावश्यक खर्च गर्न जरुरी छैन । ’
पत्रकार महासंघ प्रदेश ५ का प्रमुख भरत केसीले होली आपसी सदभाव र एकताको पर्व भएकाले यसलाइ भड्किलो बनाउन नहुने धारणा राख्नुभयो । उहाँले सबैको धर्म र संस्कृति स्विकार गर्दै मनाइने होली पर्वले आपसी सदभाव र एकताको बाटोमा डोर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्लले कसैको आत्मसम्मानमा चोट नपुग्ने गरी सभ्य तरिकाले होली मनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो र्– सिमा नाघेर गरीने कुनै काम सह्य हुदैन, जर्बजस्ती रंग लगाउन र लोला हान्ने काम भए कारबाहि हुन्छ । ’
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी , पुर्ब अध्यक्ष दिपक ज्ञवाली र शान्ती समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले शान्ती र मर्यादित ढंगले होली मनाउनुपर्ने बताउनुभयो ।
सस्थाका अध्यक्ष निरु गौतम, सस्थाका सल्लाहकार माया गौतम, नेकपाका प्रदेश कमिटि सदस्य सावित्रा अर्याल, अधिकारकर्मिहरु देबि वाग्ले , मिनाच्छी न्यौपाने, सरिता श्रीस, रीता सेन, सस्थाका उपाध्यक्ष मिना ढकाल , सचिब अस्मिना पाण्डे, प्रतिमा गौतम लगायतले बोल्दै होलीका नाममा हिंसाका घटना बढि हुने हुदा सबै सचेत हुनुपर्ने बताउनुभयो ।

सम्वन्धित समाचार

Leave a Comment