फिल्म ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली सिटी सेन्टरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली होलीको दिन फिल्म हलमा पुग्नु भएको छ ।

पिता मनप्रसाद ओलीसंगै मन्त्री र पार्टीका नेताहरुलाई लिएर उहाँ फिल्म ‘क्याप्टेन’ हेर्नको लागि कमलपोखरीस्थित सिटी सेन्टर पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बीग मुभिजमा साँझको शोमा अनमोल केसी र उपासना सिंह ठकुरीको लगाएतको कलाकारहरुको अभिनय रहेको फिल्म ‘केप्टेन’ हेर्नु भएको हो । फिल्म फुटबल खेल, राष्ट्रियता र खेलाडीले भाग्नुपर्ने समस्यालाई समाबेस गरेको छ । प्रधानमन्त्रीको साथमा नेकपाका नेताहरु विष्णु पौडेल, रघुवीर महासेठ लगायतले पनि फिल्म हेर्नुभएको हो ।

फिल्म ‘क्याप्टेन’ फागुन १७ गतेबाट रिलिज भएको हो । दिवाकर भट्टराईको निर्देशन रहेको क्याप्टेनबाट दुई नायिका डेव्यु गरेका हुन् । जसमध्ये एक उपासना सिंह ठकुरी र प्रियंका एमभी हुन् ।

सम्वन्धित समाचार

Leave a Comment