पार्टी कार्यालय ‘रातो घर’मा हस्तक्षेपबारे नेकपाको चेतावनी (विज्ञप्तीसहित)

बुटवल ४, चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय पाल्पारोड स्थित ‘रातो घर’मा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा हस्तक्षेप गरिएको प्रति नेपाल कम्युनिष्ट पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ । एक विज्ञप्ती सार्वजनिक गर्दै पार्टी कार्यालयको ताल्चा फोरेर पार्टीको झण्डा, ब्यान, साईनबोर्ड लगायत महत्वपूर्ण सामग्री कब्जा लिएको प्रति घोर भत्र्सना तथा निन्दा गरेको हो ।आफूहल्े १३ बर्षदेखी पार्टी कार्यालय संचालन गर्दै आईरहेको उक्त कार्यालयमा विना सुचना हस्तक्षेप गरिएको र कार्यालयमा बस्दै आएका मजदुरहरुलाई २ दिनभित्र द्दर खाली गर्न चेतावनी समेत दिएको बताउँदै विज्ञप्तीमा यस्तो हर्कत नदोहो¥याउन समेत चेतावनी दिएको छ ।जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘कम्युनिस्टको नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता कार्यकर्ताहरुको गिरफ्तारी तथा जनविरोधी हर्कत विरुद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौं र गृहप्रशासनको यस्तो फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कत विरुद्व सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील समेत गर्दछौं ।’वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तीमार्फत जानकारी दिदैं फेरी पनि त्यस्तो खालको हस्तक्षेप गरेमा पार्टीले गम्भीर र कठोर निर्णय लिन बाध्य हुने र हस्तक्षेप विरुद्ध पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत विज्ञप्तीमार्फत दिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment