सञ्चारिका समुह लुम्बिनीले हाेलीमिलनसंगै अन्तक्रिया गर्ने

सञ्चारीका समुह लुम्बिनीको बैठकले चैत्र ६ गते फागु पूर्णिमाकाे दिन बुटवलमा  कार्यक्रम गर्ने निर्णय गरेको हो ।

शनिबार सञ्चारीका समुह लुम्बिनीकी अध्यक्ष निरु गौतमको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समयमा होलिमा देखिने गरेको विकृति र विसंगतीलाई कसरी हटाउन सकिन्छ भनेर कार्यक्रम गर्ने निर्णय गरेको हो ।

साथै फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमीक दिवसको अवसरमा बुटवलको पुस्पलाल पार्कमा गरेको दिप प्रज्ज्वलन कार्यक्रमलाई सहज रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत गरेको थियो ।

सञ्चारिका समूह लुम्बिनीकी महासचिव विन्दु थापा निहारिकाको सञ्चालनमा भएको कार्यक्रममा सञ्चारीका समुह लुम्बिनीको कार्यसमिति सदस्य फुलु सुनार सवारी दुर्घटनामा घाइते भएको हुँदा उनको सिघ्र स्वास्थ्य लाभको कामना समेत ब्यक्त गरीएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment