सैन्य शिविरमा ड्रोन आक्रमण : ६ सैनिकको ज्यान गयो

यमन – यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको ड्रोन आत्रमणमा परी छ सरकारी सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ ।

अल अनाद एयर बेसमा भएको यो आक्रमणका जिम्मा भने सिते हुथी विद्रोही समूहले लिएका छन् । यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो ।

यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरुसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको जनाइएको छ ।

सम्वन्धित समाचार

Leave a Comment