आफ्ना पुर्व पतिको जन्मदिनमा सुजैनले लेखिन् यस्तो भावुक मेसेज!

एजेन्सी, बलिउड एक्टर ऋतिक रोशनले १० जनवरीमा आफ्नो बर्थडे सेलिब्रेट गरेका छन् । जन्मदिनमा उनकी पुर्व पत्नी सुजैन खानले उनलाई मनछुने शुभकामना दिएकी छिन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुजैनले आफ्ना पुर्व पती ऋतिकसँगको एक तस्विर शेयर गर्दै जन्मदिनको शुभकामना व्यक्त्त गरेकी छिन् । तस्विरको साथ उनले एक स्पेशल मेसेज पनि लेखेकी छिन् । उनले ऋतिकलाई आफ्नो पोस्टमा ‘सोलमेट’ पनि बताएकी छिन् । सुजैनले पुर्व पति तथा एक्टर ऋतिकलाई विश गर्दै लेखेकी छिन्,’जन्मदिनको शुभकामान मेरो प्यारो र सधैको साथी । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’

सुजैनको यस पोस्ट पश्चात केहि यूजरले यसो पनि भनेका छन् कि तपाई दुई फेरी विवाह गर्नु पर्छ । यहाँहरुको जानकारीको लागि, केहि समय अघि मात्र ऋतिक रोशनलाई सुजैन खान र दुई छोराको साथ मुम्बईको सिनेमा हलको बाहिर स्पट गरिएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment