साउथ इन्डियन सुपरस्टार रजनीकान्तको फिल्म पेट्टाको बुकिङ आक्रामक , पहिलो दिनमै ४० करोडको व्यापार गर्ने अनुमान

काठमाडौं – साउथ इन्डियन सुपरस्टार रजनीकान्तको फिल्म ‘पेट्टा’ अहिले चर्चामा छ । ‘२।०’पछि रजनीकान्तले आफ्ना फ्यानका लागि नयाँ वर्षको शुभकामनास्वरूप ‘पेट्टा’ लिएर आउँदै छन् । केही समयअघि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । जसलाई दर्शकले निकै रुचाएका छन् । ट्रेलरपछि यो फिल्मलाई लिएर दर्शक उत्साहित देखिन्छन् ।

 

मिडियामा छाइरहेको खबर अनुसार ‘पेट्टा’ले प्रदर्शनको पहिलो दिन धमकेदार कमाइ गर्न सक्नेछ । नयाँ पत्रिकामा खबर छ । दर्शकले अहिलेदेखि नै फिल्मको टिकट बुक गरिरहेका छन् । बुकिङका आधारमा फिल्मले पहिलो दिन ३० देखि ४० करोडको व्यापार गर्ने समीक्षकको अनुमान छ । २८ सय स्क्रिनमा रिलिज हुने फिल्ममा रजनीकान्तको साथमा विजय सेतुपति, नवाजुद्दिन सिद्दिकी, सिम्रनलगायत कलाकार छन् । फिल्म आगामी शुक्रबार रिलिज हुँदै छ ।

सम्वन्धित समाचार

Leave a Comment