सञ्चारिका समूह लुम्बिनीको पदस्थापन सम्पन्न

२५ पुस, बुटवल । सञ्चारिका समूह लुम्बिनीको पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ ।

निर्वाचित नवकमिटीलाई एक कार्यक्रमका बिच पदस्थापन गराइएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ प्रदेश पत्रकार महासंघका उपाध्यक्ष पत्रकार भरत केशी पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसी संगै सञ्चारिका समूह लुम्बिनीका निर्वतमान अध्यक्ष अमृता अनमोलले संयुक्तरुपमा पदस्थापन गराए ।

सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ प्रदेश पत्रकार महासंघ उपाध्यक्ष केशीले महिला पत्रकारिताको क्षेत्रमा सञ्चारिका समूहले निकै महत्वपुर्ण योगदान दिएको बताए । सञ्चारिका समूहका कतिपय सदस्यहरु राम्रो मिडियाहरुमा समेत आवद्य भएको बताए । साथै उनले पत्रकारिता र सञ्चारिका समूहको लागि पत्रकार अमृता अनमोलको योगदान निकै महत्वपूर्ण रहेको बताए ।

त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले रुपन्देहीको पत्रकारितालाई निकै महत्वकासाथ हेरिएको बताए । उनले हामी सबै एकै ठाउँमा रही काम गर्नुपर्ने साथै पत्रकारिता क्षेत्रमा अवसर सँगसँगै विभिन्न चुनौतिहरु पनि रहेको समेत बताए । सो अवसरमा अध्यक्ष जिसीले मोफसलको हाम्रो पत्रकारिताका अन्य प्रदेशको तुलनामा धेरै अगाडि रहेको समेत बताए ।

त्यस्तै कार्यक्रमकी क्रृयाशिल महिला पत्रकारका अध्यक्ष भगवती पाण्डेयले अहिले रुपन्देहीका धेरै महिला पत्रकारहरु केन्द्रिय मिडियामा समेत काम गरिरहेको र यसलाई अझ निरन्तरता दिनुपर्ने र गुणात्मक तरिकाले यो संख्या बढिरहेको बताए । साथै क्रृयाशिल महिला पत्रकार संस्था र सञ्चारिका समूह प्रतिष्पर्धि नभई सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा अग्रज पत्रकार साथै सो समूहकी सल्लाहकार दुर्गा पौडेलले महिला पत्रकारको ठुलो जमात तयार भएको र यसलाई अझ निरन्तरता दिनुपर्ने बताए । साथै उनले संख्यात्मकरुपमा नभएर गुणात्मकरुपमा महिला पत्रकारको संख्या बढाउनुपर्ने बताए ।

साथै कार्यक्रममा निवर्तमान अध्यक्ष अमृता अनमोलले विभिन्न चुनौतिका बिच सञ्चारिका समूहको यो अवस्थामा आइपुगेको र यसलाई अझ उत्कृष्ट तरिकाले नवनिर्वाचित समूहले अघि बढाउने आशा र शुधेच्छासमेत व्यक्त गरे ।

त्यस्तै नवविर्नाचित अध्यक्ष निरु गौतमले महिला पत्रकारको अझ क्षमता बढाउने र सञ्चार माध्यममा टिकाइराख्नको लागि विभिन्न किसिमका योजना र कार्यक्रममलाई अघि बढाउने समेत जानकारी दिइन । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा त्रृmयाशिल र अग्रज पत्रकारको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment