झरना निर्देशित ‘ए मेरो हजुर ३’को छायाँकन अमेरिकामा

अमेरिका । निर्देशक एवं अभिनेत्री झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनका लागि नायक अनमोल केसी अमेरिका आइपुगेका छन् ।

उनलाई अमेरिकाको डीसी महानगरस्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नवनायिका सुहाना थापा, अभिनेत्री, निर्मात्री तथा यस चलचित्रकी निर्देशक झरना थापा तथा निर्माता सुनिलकुमार थापाले स्वागत गरेका थिए ।

संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाँकन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो समय सम्म चलचित्र उद्योगमा काम गरि सक्नु भएकी अग्रज झरना थापा संग काम गर्न निकै सहज भएको बताए ।

साथै आफूले मेहनत साथ काम गरि रहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मन पराउनु हुने सबैलाई माया गरि दिनु हुन् अनुरोध समेत गरेका छन् ।

यसै गरि प्रथम चलचित्र खेल्ने अवसर पाएकी निर्माता सुनिल कुमार थापा तथा निर्देशक झरना थापा कि सुपुत्री सुहाना थापाले अमेरिकामा छायाँकन गर्न पाउदा निकै उत्साहित भएको बताइन । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका छ ।

चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नव नायिका सुहाना थापा केही दिन अगाडि अमेरिका आएका हुन् ।

साथै अनमोल संग काम गर्न पाउदा भाग्यमानी रहेको भन्दै अहिले सम्म भएको काममा आफू सन्तुष्ट भएको बताईन ।

यसै गरि निर्देशक झरना थापाले अमेरिकाको डीसी क्षेत्र ,न्यू योर्क तथा मायामीमा चलचित्रको अन्तिम छायाँकन गरिने बताइन । उनले अगाडी भनिन ,चलचित्रलाई चैत्र २९ गतेबाट प्रदर्शन गर्ने लक्ष्य रहको बताउदै आउने चलचित्रलाई पहिला जस्तै माया गरि दिनु हुन् सबै दर्शकलाई अनुरोध गरेकी छिन् ।

निर्माता सुनिल कुमार थापाले अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताउदै यो चलचित्र समय मै प्रदर्शन गर्ने बताए । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले निकै चर्चामा छ ।

सम्वन्धित समाचार

Leave a Comment