पोखरेलको ‘कति राम्री’ एल्बम सार्वजनिक

काठमाडौँ : ईश्वर पोखरेल (अविरल) काे ‘कति राम्री’ गीती एल्बम  सार्वजनिक भएकाे छ। उनले अस्ट्रेलियामा नै करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड  गराईकसकेका छन्। दुईवटा सोलो एल्बम  ‘शीतल’ र ‘अराइज’ पनि अस्ट्रेलियामा नै सार्वजनिक गरेका थिए।

अस्ट्रेलियाबाट सामुहिक गीती एल्बम ‘उडान’ २ वर्षअघि रिजिल गरेका थिए। उनी विदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका छन्। ‘केही गीतहरु (रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोच्छाै होला, कति बज्यो भनेर सोधम कि?) आदि दर्शक स्रोताले मनपराएका हुनाले उनलाई नयाँ एल्बम निकाल्ने रहर जागेको उनी बताउँछन्।

उनकाे पछिल्लो गीत ‘कती राम्री’ (सिङ्ल् ट्रयाक) का रचनाकार एकनारायण  भण्डारी हुन्। गीतमा संगीत आशिष अबिरलको रहेकाे छ। सुनिल क्षेत्रीको निर्देशनमा यो गीतमा रविन भुजेल र सारा स्रिपालीको अभिनय रहेको उनले बताए।‘कती राम्री’ गीतमा  नेपालको प्राकृतिक सौन्दर्यसँग आफ्नो प्रेमिकालाई दाँज्ने काेसिस गरिएको उनले स्पष्ट पारे।

सम्वन्धित समाचार

Leave a Comment