पीएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेको गोल

एजेन्सी – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोपा डि फ्रेन्च लिगमा फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा पीएसजीले जिएसआइ पोन्टीभीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमार, केलियन एमबाप्प र जुलियन ड्राक्सलरले गोल गरे । एक गोल उपहार पाएको थियो ।२४औं मिनेटमा स्यलभेन जुलेको आत्मघाती गोलबाट अग्रता बनाएको पीएसजीले अरु गोलको लागि दोस्रो हाफको अन्तिम समय कुर्नुपरेको थियो ।७०औं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजीले २–० ले अघि बढ्यो । ७७औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ८७औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

सम्वन्धित समाचार

Leave a Comment