फिल्म ‘जिस्म २’ छायांकन हुदै, अर्चना पनेरूलाई पछि पार्ने सिन दिदै रेजिना ( तस्विरहरू सहित)

काठमाडौ/ चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को यति बेला धमाधम छायांकन भई रहेको छ । चलचित्रको छायांकन पोखरामा भइ रहेको छ । चलचित्र ‘जिस्म’को चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यसको चर्चा चलचित्र नगरीमा एकदमै भएको थियो । ‘जिस्म २’लाई राजु गिरिको निर्माण रहेको छ भने यस चलचित्रलाइ निर्देशक सुचिन्द्र परियारले निर्देशन गरेका छन् ।

राजु गिरीले अब ग्ल्यामर निर्देशकबाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए । सुरज कुँवरले छायांकन गरेको चलचित्र “जिस्म २”बाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दै छन् ।

रेजिना भण्डारी भन्छिन् चलचित्रलाई लिएर म एकदमै खुशी छु । अर्चना पनेरूलाई मात खुवाउनुको लागि आफु आएको बताइन् । चलचित्रमा अनिल राइको नृत्य,योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताउछन । चलचित्र ‘जिस्म’मा अर्चना पनेरुले दिएको दृश्य भन्दा नव अभिनेत्री रेजिना भण्डारीले अझै ग्ल्यामर दृश्य दिएकि छिन । चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ ।

सम्वन्धित समाचार

Leave a Comment