चाणक्य नीति – व्यावसायिक सफलताको सूत्र

बुटवल: कुनै पनि व्यवसायीक सफलताका निम्ति केही अनिवार्य आधारहरू हुन्छन्।

जसलाई व्यवसायीले अनिवार्य सूत्रका रूपमा अँगाल्न सक्ने हो भने व्यवसायीक सफलता सम्भव छ। केवल मूर्खता र महत्वकाँक्षाले मात्र व्यवसाय सम्भव छैन, सफलता त निकै टाढाको कुरा हो। आफ्नो स्वविवेक सँगै संसारभरिका सफल व्यक्तिको सिद्धान्तलाई सूत्रका रूपमा लिन सक्ने हो भने व्यावसायिक सफलता अझै सहज हुन् सक्छ।

१) बोली / व्यवहार

एउटा व्यवसायी वा व्यापारीका निम्ति उसको बोली अनि व्यवहारले सबैभन्दा ठुलो अर्थ राख्दछ। भनिन्छ नि जिब्रोको गरिमा मिठो बोलीमा हो बोलीको प्रभुत्वबाट एउटा व्यवसायीले आफू वा आफ्नू व्यवसाय प्रति सबै भन्दा धेरै आकर्षण केन्द्रित गर्न सक्छ।

२)प्रतिष्ठा

एउटा व्यवसायीका निम्ति आर्थिक फाइदा भन्दा पनि आफ्नु संस्थाको प्रतिष्ठाले बढी महत्व राख्दछ। त्यसकारण व्यवसायीले सधैँ फाइदा भन्दा संस्थाको प्रतिष्ठा मै केन्द्रित रहेर काम गर्नु जरुरी छ। जसबाट व्यवसायमा दिर्घकालिन सफलता सम्भव।

३) चलाखी / स्वविवेक

इमान्दारिता सबैभन्दा उत्तम सिद्धान्त हो। यद्यपि आजको व्यावसायिक जटिलता र व्यस्त दुनियाँका निम्ति इमान्दारीता मात्र पर्याप्त छैन।आजको दुनियाँमा परिस्थिति अनुरूप आफ्नू विवेक अथवा चलाखीको प्रयोग गर्न सक्ने व्यक्तिका निम्ति नै सफलता सम्भव छ।

४) गोपनीयता

सफलताका निम्ति एउटा व्यवसायीले व्यवहारिक रणनीति तय गर्नु अत्यावश्यक हुन्छ। उक्त रणनीतिको गोपनीयतालाई केन्द्रमा राखेर विवेकपूर्ण तरिकाले काम गर्न सक्नु पर्दछ। गोपनीयताको चुहावटले एउटा व्यवसायीलाई बर्बाद समेत गर्न सक्छ।

५) उदास र दुखी व्यक्ति सँगको दुरी

हरेक किसिमका सफलताका निम्ति सकारत्मत इक्षासक्तिको सबैभन्दा ठुलो भूमिका हुन्छ जहाँ आशाको दियो बलिरहनु आवश्यक हुन्छ। उदास र दुखी व्यक्तिमा निराशाको हाबी रहेको हुनाले सफलताका निम्ति उनीहरू बिचको दुरी बनाई रहनु आवश्यक छ। महान अर्थशास्त्री चाणक्यको व्यावसायिक सिद्धान्तमा आधारित यी सूत्रहरू आजको व्यवसायीक युगका निम्ति सबै भन्दा व्यवहारिक छन्।

यदि तपाईँ पनि कुनै प्रकारको व्यापार अथवा व्यवसाय गर्दै हुनुन्छ भने चाणक्यका यी सिदान्तलाइ सूत्रका रूपमा प्रयोग गरेर हेर्नुहोस्। अनिजा तपाईँ आफैले प्राप्त गर्नुहुने छ अनि त्यो नतिजा तपाईँ कै पक्षमा हुनेछ।

सम्वन्धित समाचार

Leave a Comment