सुपरस्टार रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ ले चीनमा पनि मच्चाउने भयो धमाका , फिल्म चीनमा ५६,००० स्क्रिन्समा रिलिज गरिने

काठमाडौँ – सुपरस्टार रजनीकान्तको फिल्म ‘२.०’ चीनमा ५६,००० स्क्रिन्समा रिलिज गरिने भएको छ। भारतिय मिडियाका अनुसार लाइका प्रडक्सनले शंकरद्वारा निर्देशित फिल्म ‘२.०’ को चीनमा रिलिजको खबर पुष्टि गरेको छ। एचवाई मिडियाको सहयोगमा यो फिल्म ५६,००० स्क्रिन्समा रिलिज हुनेछ, जसमा कम से कम ४७, ००० स्क्रिन्समा थ्रीडीमा देखाइनेछ।

२.० मे २०१९ मा रिलिज हुनेछ र यो कुनै विदेशी भाषामा थ्रीडी प्रारूपमा सबैभन्दा धमाकेदार रिलिज हुनेछ।फिल्ममा अक्षय कुमार, एमी ज्याक्सन, आदील हुसैन र सुधांसु पाण्डे जस्ता स्टार प्रमुख भूमिकामा छन्।दक्षिण भारतीय चलचित्र उद्योगमा अक्षयको यो पहिलो फिल्म हो।फिल्ममा अक्षयसँगै एमी ज्याक्सन, आदील हुसैन र सुधांसु पाण्डे जस्ता स्टार प्रमुख भूमिकामा छन्।यो फिल्म ६०० करोड भारु बजेटमा तयार भएको थियो ।पहिलो सप्ताहान्तमा दुनियाँभरमा ४०० करोड रुपैयाँ कमाई गरेको बताइएको छ ।

सम्वन्धित समाचार

Leave a Comment