‘छक्का पञ्जा–३’ काे सक्सेस पार्टीमा माग्नेदेखि मदनबहादुरसम्मकाे नृत्य (फोटो / भिडियाे)

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’को टिमले सक्सेस पार्टी गरेको छ। घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्रले ५१ दिन मनाएको उपलक्षमा एक कार्यक्रम गर्दै सो पार्टी गरेको हो ।

 

 

कार्यक्रममा रेडकार्पेट विछ्याएर अतिथिको स्वागत गरिएको थियो । चलचित्र टिमले चलचित्रलाई साथ र सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै रात्री भोजको व्यबस्थासमेत गरिएको थियो । कार्यक्रममा अहिलेका चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटीले ‘छक्का पञ्जा’को निकै चर्चित गीत सुर्के थैली खै गाए ।

 

 

गीतमा दिपक राज गिरी र दिपा श्री निरौलासँगै जितु नेपाल, केदार घिमिरे तथा अतिथि चर्चित हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, नीर शाह, बसुन्धरा भूषाल लगायतका कलाकारले नृत्य गरेका थिए ।

भिडियाे

सम्वन्धित समाचार

Leave a Comment