च्याम्पियन्स लिगमा नेयमारको रेकर्ड, बने सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टार नेयमारले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन् । बुधबार राति लिभरपुललाई २–१ ले हराएको खेलमा नेयमारले समेत गोल गरेका थिए ।

उनको गोलले पिएसजीलाई महत्वपूर्ण जित दिलायो नै सँगै उनले व्यक्तिगत रेकर्ड समेत बनाउन सफल भएका छन् । उक्त गोलसँगै उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी बनेका छन् ।

लिभरपुल विरुद्धको गोल नेयमारले च्याम्पियन्स लिगमा गरेको ३१ औं गोल थियो । योसँगै उनले काकालाई पछि पारेका छन् । च्याम्पियन्स लिगमा काकाले ३० गोल गरेका थिए भने रोनाल्डोले २७ गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडीको सूचीः

सम्वन्धित समाचार

Leave a Comment