महान वैज्ञानिक हकिङको मृत्युको ६ महिनापछि बाहिरियो उनका डरलाग्दा भविष्यवाणी !

संसारकै सबैभन्दा महान भौतिकशास्त्री मानिएका वैज्ञानिक स्टिफन हकिङको मृत्युको ६ महिनापछि प्रकाशित भएको उनको एक पुस्तकले विज्ञानजगतलाई हल्लाइदिएको छ । ‘ब्रिफ आन्सर्स टु द बिग क्वेश्चन्स’नामक यो पुस्तकमा यतिसम्म डरलाग्दा भविष्यवाणी गरिएका छन् कि पूरै संसार त्रसित बनेको छ । हकिङले यो पुस्तकमा पृथ्वी र मानव जातिकै विनाशको भविष्यवाणी गरेका छन् ।

हकिङले भयानक जलवायु परिवर्तनदेखि एलियन (अर्को ग्रहका प्राणी)को आक्रमणसम्मका भयानक भविष्यवाणी गरेका छन् । उनले पुस्तकमा यी सबै भविष्यवाणी सत्य हुने दावी समेत गरेका छन् । हकिङले गरेको सबैभन्दा भयानक भविष्यवाणी हो पृथ्वीको विनाश । हकिङले अहिलेसम्मका भौतिकशास्त्रीले गरेको अनुमान भन्दा निकै फरक तरिकाले पृथ्वीको अन्त्य हुने भविष्यवाणी गरेका छन् । उनले पृथ्वीको अन्त्य कुनै अन्तरिक्ष दुर्घटनामा हुने भविष्यवाणी गरेका छन् । मानव जातिले पत्तै नपाइ एकाएक पृथ्वीको विनाश हुने उनले दावी गरेका छन् ।

उनले लेखेका छन् ‘अन्तरिक्ष जति शान्त देखिन्छ त्यति शान्छ छैन । त्यहाँ ठूलो उथलपुथल मच्चिएको छ । त्यहाँ कैयौं ताराहरु अर्को तारालाई निल्छन् । कस्मिक किरणले पलभरमै कुनै ग्रहलाई बर्बाद बनाउन सक्छन् । अन्तरिक्षमा विशाल उल्कापिण्डहरु तीव्र गतिमा यताउता दौडिरहेका छन् । यदि यी कुनै पनि शक्तिको सामाना पृथ्वीले गर्नुपर्यो भने पृथ्वीको विनाश हुनेछ ।’ स्टिफनका अनुसार ६.६ करोड वर्ष पहिले पनि यस्तो दुर्घटना भएको थियो र पृथ्वीमा सबथोक बर्बाद भएको थियो । यस्तै दुर्घटना अब फेरि हुनेछ र भएरै छाड्नेछ । यो विज्ञानको कोरा कल्पना नभइ फिजिक्स नियममा आधारित भएको हकिङले बताएका छन् ।

हकिङले अर्को भविष्यवाणी गर्दै लेखेका छन् कि भविष्यमा मानव जातिले आफ्नै जेनेटिक एडिटिङ गरेर सुपरह्युमन (महामानव)को अर्को प्रजाति बनाउनेछन् । यो प्रविधिबाट मानिसले आफ्नो जीनमा एडिटिङ गरेर कुनै खास गुण वा शक्ति पाउन सक्छन् । उनीहरु खास खराबी छोड्न सक्न्ेछन् । कुनै पारिवारिक रोग निर्मूल गर्न सक्छन् । यसरी बन्ने प्रजाति यस्तो प्रजाति हुनेछ जसले आफैंले आफैंलाई अझै राम्रो तरिकाले डिजाइन गर्न सक्नेछन् । तर, आफैंलाई अझै राम्रो बनाउने यो होड निकै विनाशकारी हुनेछ ।

सम्वन्धित समाचार

Leave a Comment