नेपालमा सुरु भयो विद्युतीय बस सेवा !

काठमाडौं, ६ कात्तिक । साझा यातायातले मंगलबारबाट विद्युतीय बस सेवा सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझा यातायातले सुरू गरेको उक्त बसको उद्घाटन गरेका हुन् ।साझा यातायातले चिनियाँ कम्पनी वीवाइडीको पाँचवटा बस सञ्चालनमा ल्याएको हो । विद्युतीय बस हाललाई काठमाडौं उपत्यकाको केही रूटमा सञ्चालन हुने छ । साझा यातायातले अहिलेलाई दुईवटा विद्युतीय बस काठमाडौं र तीनवटा लुम्बिनीमा चल्ने जानकारी दिएको छ ।

नेपालमा अहिलेसम्म डिजेलबाट चल्ने बस मात्र सञ्चालनमा रहेका छन् । विद्युतीय बस सञ्चालनमा आएमा यसले इन्धनको खपतलाई रोक्ने र वातावरण पनि प्रदूषित नहुने बताइएको छ ।

सम्वन्धित समाचार

Leave a Comment