करौडौं लगानीमा चितवनमै मोटरसाइकल उत्पादन हुने, भारतीय र इटालियन कम्पनीले करोडौँ लगानी गर्दै

देशमा स्थिर सरकार बनेर लगानीको वातावरण बन्दै गएपछि चितवनमा उत्पादनमूलक उद्योगमा करोडौं रुपैयाँको नयाँ उद्योगहरु थपिने भएका छन् ।

उद्योग विभाग काठमाडौँले जनाएअनुसार पछिल्लो समयमा चितवनमा इटालियन र भारतीय उद्योगले लगानीमा चासो देखाएका छन् ।

चितवनमा आउने भारतीय र नेपालीको संयुक्त लगानीको विश्वकर्मा इन्जिनियरिङले एक करोड रुपैयाँ लगानीमा २५० टन नट बोल्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

चितवनमा ७५ लाख रुपैयाँ विदेशी लगानीको इटालिएन कम्पनी बेला इलेक्ट्रिक अटोले वार्षिक ४५० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्ने लक्ष्य लिएको छ । यसअघि नै तेस्ला एअर कन्डिसनले चितवनको रामपुरबाट उत्पादन गर्ने तयारी गरिसकेको छ ।

चितवन मात्र नभएर चितवनको छिमेकी जिल्ला नवलपरासीमा आउने गोयल ईस्पात भदौमा आएका उद्योग मध्ये सबै भन्दा ठूलो उद्योग हो ।

दुई अर्ब रुपैयाँ लगानीमा आउने उद्योगले विभिन्न किसिमका गरि वार्षिक एक लाख १० हजार टन पाइप उत्पादन गर्ने लक्ष्य लिएको छ । गोयल स्पातले जीआई र एमएस पाइपसँगै विद्युत पोललगायतका सामग्री उत्पादन गर्ने लक्ष्य लिएको छ।

नवलपरासीमा आउने टेन स्टिल उद्योगले २४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । उद्योगले मिल टि स्टील र स्टीलनेश स्टिल पाइप गरी वार्षिक १८ हजार टनभन्दा बढी फलामे पाइप उत्पादन गर्ने लक्ष्य लिएको छ ।

नवलपरासीमै आउने अर्को स्टिल उद्योगमा सिद्धार्थ पाइप्स प्रालि रहेको छ । २४ करोड रुपैयाँ लगानीमा आउन लागेको उद्योगले विभिन्न किसिमका १२ हजार ९६ टन पाइप उत्पादनको लक्ष्य लिएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार भदौ महिनामा देशभर गरेर १९ वटा उत्पादनमूलक ठूला उद्योगमा लगानीको प्रस्ताव आएको हो ।

साउनमा १२ वटा उत्पादनमूलक उद्योगमा ४ अर्ब ५७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्ने हो भने कुल लगानीको करिब ८० देखि ९० प्रतिशतसम्म उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता आएको @नारायणी अनलाइनले जनाएको छ।
@

सम्वन्धित समाचार

Leave a Comment