ओलीको प्रस्ताब किन ठाडै अस्वीकार गरे प्रचण्ड ले ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।

वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद राजपालाई दिने ओलीको प्रस्तावलाई माओवादी अध्यक्ष प्रचण्डले भने समर्थन गरेका छैनन् ।

प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्ड वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडानमा अडिक छन् ।

यसअघि ओली–प्रचण्डबीच उपराष्ट्रपतिबारे सहमति भएपनि राजपालाई सरकारमा सहभागी गारउन ओलीले अध्यक्ष ठाकुरलाई यस्तो प्रस्ताव गरेका हुन् ।

सम्वन्धित समाचार

Leave a Comment