मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज

काठमाडौं, फागुन २९ – सोमबार काठमाडौंमा भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका आफन्त बोकेर बंगलादेशबाट जहाज काठमाडौंका लागि उडेको छ ।४६ जना आफन्त र ७ जना सरकारी अधिकारी बोकेर यूएस बंगलाको विशेष विमान हजरत सहजलाल विमानस्थलबाट काठमाडौंका लागि उडेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यूनले जनाएको छ । सोमबार काठमाडौंमा भएको जहाज दुर्घटनामा ५० जनाको ज्यान गएको थियो । चालक दलका सदस्यबाहेक दुर्घटनामा २१ जना बंगलादेशी नागरिकको ज्यान गएको पुष्टि भएको छ ।

श्रोत : ujyaaloonline.com/news

सम्वन्धित समाचार

Leave a Comment